निर्णय नं. ९८२५ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८२५ - परमादेश भाग: ५९ साल: २०७४ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/१२/१० ८००५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति :२०७१।१२।१० ०६७-wo-०५१० मुद्दा : परमादेश निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खु स्थित गोरक्ष पीठका विरक्त स्वामी सम्बुद्धसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, काठमाडौंसमेत धर्म संस्कृति व्यक्ति एवं समाजको पहिचान हो । धर्म संस्कृतिद्वारा समाज निर्देशित र नियन्त्रितसमेत हुन्छ । मानवले जन्मसँगै धर्म संस्कृतिलाई जीवनको अभिन्न अङ्गको रूपमा ग्रहण गरी आएको हुन्छ । धर्म संस्कृतिको धरोहरका रूपमा धार्मिक स्थल, धार्मिक गुठीहरू रहेका छन् । यी सम्पदा र सभ्यताको संरक्षण नितान्त आवश्यक हुन जान्छ । परम्परादेखि चलि आएको प्रचलन, सम्पदा र सभ्यता व्यक्तिको जीवनको अधिकार (right to life) कै रूपमा रहन जाने हुन्छ साँस्कृतिक, धार्मिक सम्पदाले इतिहास बोलिरहेका समेत हुन्छन् । यसबाट नै व्यक्ति एवं समाज अपनत्व, जिम्मेवारी, उत्तरदायित्व, नैतिकता, मानवीयता जस्ता तत्त्वले युक्त हुन जान्छ । धर्म, सम्पदा सभ्यताको संरक्षणबाट समाज अझ परिस्कृत हुन जान्छ । यसले समाजलाई संयमित एवं मर्यादित बनाउन मद्दत गर्ने । (प्रकरण नं. ४) नेपाल एक बहुजातिय, बहुभाषिक, वहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त राष्ट्र भएको र सबै धर्मालम्वीहरू, भाषा भाषीहरू एक आपसमा मिलेर बसिरहेको देश हो । अनेकतामा एकताको रूपमा छरिएर रहेका धार्मिक, भाषिक, साँस्कृतिक समूह नै नेपालको पहिचान हुँदा यी समूह बीचको विवादको कल्पना पनि गर्न सकिँदैन । निवेदकले के र कुन अवस्थामा कस्तो प्रकारको निकायको माग गर्नु भएको हो सो विशिष्ट (Specific) रूपमा उल्लेख नगरी सामान्यरूपमा मात्रै माग दाबी लिएको देखिन्छ । अदालतले सार्वजनिक सरोकारका नाममा कल्पना गरिएका कुरा तथा बौद्धिक बहसका कुराहरूमा प्रवेश गर्न सक्दैन । निवेदकको अस्पष्ट मागका आधारमा विभिन्न जातजाति तथा भाषा भाषीका बीचमा लडाइँ हुन्छ भन्ने अनुमानका आधारमा रिट जारी गर्न नसकिने । (प्रकरण नं. ९) निवेदकको तर्फबाट : विपक्षीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०४९, अंक ८, नि.नं.४५९८ ने.का.प. २०६१, अंक ७, नि.नं.७४०४ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधानको धारा २३ प्राचीन स्मारक संरक्षण ऐन, २०१३ स्थानीय स्वायत्त शासन ऐन, २०५५ गुठी संस्थान ऐन, २०३३ स्थानीय प्रशासन भन, २०२८ आदेश न्या. गोपाल पराजुली : नेपाल अन्तरिम संविधान २०६३ को धारा ३२ तथा धारा १०७ अनुसार यस अदालतको असाधारण अधिकार क्षेत्रअनुसार दायर भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- निवेदकमध्येको म विरक्त स्वामी सम्बुद्ध देव गोरक्ष पीठको सन्त एवं लोपोन्मुख विश्व देवस्व प्रतिनिधिसमेत हुँ । विगत १५ वर्षदेखि यस पीठको संरक्षकसमेत रहेको छु । योगी नरहरिनाथ यस संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । यो स्थान श्री श्री श्री गोरखनाथ श्री भवानी नेपालको अनुष्ठान निकाय हो । संस्थाको प्रतिक श्री श्री श्री गोरखनाथ श्री भवानी नेपालले समस्त नेपालको प्रतिनिधित्व गर्दछ । त्यसै निवेदकमध्ये म पुष्पराज दास घिमिरे शिख धर्म समाजको महन्त हुँ । म गुरू नानक उदासी अखडासँग आबद्ध रहेको छु । त्यस्तै निवेदकमध्ये नमन उपाध्याय जैन साधु हुँ । विगत