निर्णय नं. ९८२६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८२६ - जबरजस्ती करणी भाग: ५९ साल: २०७४ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/०२/२३ ४७५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति :२०७३।०२।२३ ०७१-CR-०४३१ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : झापा जिल्ला गरामुनी गा.वि.स. वडा नं. ३ घर भई हाल जिल्ला कारागार कार्यालय झापामा थुनामा बस्ने ईश्वर ऋषिदेव विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार जबरजस्ती करणीको अपराध र यसको उद्योगका बीचमा मनसाय र कार्यको दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता पनि देखिँदैन । जबरजस्ती करणीको वारदात स्थापित हुन पीडित बालिकाको योनिको कन्याजाली च्यातिएको हुनुपर्दछ र योनिको भाग सुन्निएको हुनुपर्दछ भन्ने पूर्वसर्त हुँदैन । कन्याजाली च्यातिएको थियो र योनिको भाग पनि सुन्निएको थियो भने त्यसले केवल अपराध स्थापित गर्न थप पुष्टि हुन जाने । (प्रकरण नं. ७) पुनरावेदक प्रतिवादीलाई निजको लिङ्ग पीडित बालिकाको योनिभित्र प्रवेश नगरेको भन्ने मात्र आधारमा निजको क्रियालाई जबरजस्ती करणीको परिभाषाभित्र नपार्ने हो भने यस प्रकारका अमानवीय व्यवहारले छुट पाउने अवस्था सिर्जना हुन्छ । बालिकाको योनिसम्म लिङ्ग पुर्याई वीर्य स्खलन गराई आफ्नो यौन सन्तुष्टि लिने कार्यलाई केवल करणीको उद्योग मात्र हो भनी कायम गर्नु जबरजस्ती करणी सम्बन्धी कानूनी व्यवस्थाको भावना प्रतिकूल हुने । योनिमा लिङ्ग प्रवेश नगरेसम्म जबरजस्ती करणीको कसुर हुँदैन भनी व्याख्या विश्लेषण गर्ने हो भने यस्ता कलिला उमेरका बालिकामाथि हुने यौनजन्य अपराधबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आई समाजमा यस्ता घटनाले पश्रय पाउने अवस्था आउने । (प्रकरण नं. ८) पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान्् अधिवक्ता विकास दाहाल प्रत्यर्थी / वादीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६३, अंक २, नि.नं.७६५२ ने.का.प. २०६५, अंक १, नि.नं.७९२३ ने.का.प. २०६६, अंक ५, नि.नं.८१४२ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा ९ सुरू अदालतमा फैसला गर्ने :- मा.जिल्ला न्या.श्री शालीग्राम कोइराला पुनरावेदन अदालतमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई फैसला न्या. गोपाल पराजुली : पुनरावेदन अदालत, इलामको मिति २०६९।३।४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादी इश्वर ऋषिदेवको तर्फबाट यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः झापा जिल्ला गरामनी गा.वि.स.वडा नं. २ स्थित पूर्व रूपलाल लिम्बुको घर, पश्चिम नाला मुर्मुको घर, उत्तर चन्द्रबहादुर राईको घर, दक्षिण कुमारसिंह देवानको गहुँबारी यति चार किल्लाभित्र रहेको पवनलालको गहुँबारीको बीच भागमा भएको २ मिटर गोलाईको गहुँ पूरै माडीई नष्ट भएको, सोही स्थानमा राजु भन्ने ईश्वर ऋषिदेवले १३ वर्षकी परिवर्तित नाम “बि” लाई जबरजस्ती करणी गरेको, सोही घटनास्थलबाट कण्डम २ थान, घडिको टुक्रा चेन र पिन १ समेत बरामद भएको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । मिति २०६६।१०।२४ गते साझ ७.३० बजेको समयमा म जाहेरवालाको नाबालिका छोरी वर्ष १३ की पीडिता प्लाष्टिकको जर्किन बोकेर पानी लिन गएकीमा नआएकी हुँदा आफन्तसमेतको सहयोगमा गाउँ घरमा खोजतलास गर्दा फेला परिनन्। खोजतलास कै क्रममा मिति २०६६।१०।२५ गते लिम्बुनी थरकी वुढी महिलाले मलाई बोलाई गहुँबारीमा लगेपछि हेर्दा गहुँ पूरै