निर्णय नं. ९८२७ - सञ्चालनमा नरहेको विद्यालय सञ्चालनमा रहेको भनी सरकारी अनुदानको रकम हिनामिना तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८२७ - सञ्चालनमा नरहेको विद्यालय सञ्चालनमा रहेको भनी सरकारी अनुदानको रकम हिनामिना तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको । भाग: ५९ साल: २०७४ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/१२/२२ ६०३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की फैसला मिति :२०७३।१२।२२ ०७२-CR-०७०३ मुद्दा : सञ्चालनमा नरहेको विद्यालय सञ्चालनमा रहेको भनी सरकारी अनुदानको रकम हिनामिना तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको । पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तर्फबाट अनुसन्धान अधिकृत रामकृष्ण सुवेदीको प्रतिवेदनले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सर्लाही, गा. वि. स. बसन्तपुर -४ स्थायी ठेगाना भई सुमित आदर्श विद्यामन्दिर-बसन्तपुर-४ को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा कार्यरत चन्देश्वर राय यादवसमेत भ्रष्टाचार हुनु र बेरूजु हुनु पृथकपृथक कुरा हुन् । भ्रष्टाचारमा व्यक्तिगत फाइदा लिने बद्नियत तत्त्वको विद्यमानता हुन्छ भने बेरूजुमा खर्च भएको रकम बिल भरपाईद्वारा पुष्टि भएको हुँदैन । भ्रष्टाचारको कसुर स्थापित हुन सरकारी सम्पत्ति दुषित मनसायबाट खर्च गरी हानि नोक्सानी पुर्याउने नियत र त्यसबाट आफूले लिनु खानु गरेको भन्ने प्रष्टरूपमा देखिनु पर्ने । बेरूजु रकम स्रेस्तामा संलग्न हुन छुट गएका बिल भरपाई पछि पेस गरी रूजु हुन पनि सक्छ । बिल भरपाईद्वारा पुष्टि गराउन नसके बेरूजु भएको रकम खर्च गर्ने अख्तियारवालाले दाखिला गर्नु गराउनु पर्ने सम्मको दायित्व हुने । (प्रकरण नं. ७) पुनरावेदक / वादीको तर्फबाट : विद्वान्् सहन्यायाधिवक्ता राजेन्द्र भट्टराई प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : विद्वान्् अधिवक्ता पवनकुमार जयसवाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने :- अध्यक्ष मा.न्या. श्री मोहनरमण भट्टराई सदस्य मा.न्या.श्री पवन कुमार शर्मा सदस्य मा.न्या.श्री महेश प्रसाद पुडासैनी फैसला न्या. गोपाल पराजुली : विशेष अदालत, काठमाडौंको फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार रहेको छ :- सर्लाही जिल्लामा शैक्षिक वर्ष २०६५ पश्चात प्राथमिक तहमा सञ्चालन अनुमति लिई सञ्चालनमा नआएका विद्यालयमा सरकारी लगानीको दुरूपयोग उपर छानवीन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०७०।०९।१२ मा टोली खटाइएको । आयोगबाट खटिएको निरीक्षण टोलीले मिति २०७०।९।१६ मा पेस गरेको प्रतिवेदनमा सुमित आदर्श विद्यामन्दिर बसन्तपुर –४ ज्यादै दयनीय, नाजुक, भवन शौचालय डेक्स र बेन्च नरहेको अवस्थामा रहेको र वर्षौसम्म पढाई नभएको देखिएको, रामजानकी मा.वि.५०० मिटर दुरीमा रहेको, सबै मैदान देखिने भनी मिति २०७०।९।१६ मा प्रहरी निरीक्षक विरेन्द्र गोदार समेत ५ जनाको स्थलगत निरीक्षण प्रतिवेदन । चन्देश्वर रायको निजी घरमा रहेको भनिएको, हाल सञ्चालनमा नरहेको, भवन शौचालय नभएको,१३ वटा डेक्स बेन्च रहेको भनी लेखि आएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीको मिति २०७०।१२।९ को पत्र । क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको मिति २०७०।१२।९ को पत्रानुसार सञ्चालनमा रहेको देखियो तर त्यसै दिनमात्र प्रहरीको टोली पुगेकोले सञ्चालनमा आएको जस्तो देखिन्छ । विद्यार्थीलाई सोध्दा अन्य विद्यालय भएको स्वीकार गरेको, भत्किन लागेको निजी घर, अन्य टीमबाट पनि अनुगमन भैरहेकोल