निर्णय नं. ९८२८ - कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८२८ - कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग भाग: ५९ साल: २०७४ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/०९/०३ ३२४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री दीपककुमार कार्की फैसला मिति : २०७३।०९।०३ ०७१-CR-०६१८ मुद्दाः कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग पुनरावेदक प्रतिवादी : जिल्ला सर्लाही गा.वि.स. जमुनिया वडा नं. ७ घर भई हाल रामेछाप जिल्ला कारागार कार्यालयमा थुनामा रहेको कृष्ण भन्ने किसनन्दन राय यादव विरूद्ध प्रत्यर्थी वादी : जिल्ला सर्लाही गा.वि.स. जमुनिया वडा नं. ५ बस्ने सोनेलाल रायसमेतको जाहेरीले नेपाल सरकार मुख्यतः फौजदारी वारदातमा घटनाबारे थाहा पाउने र देख्ने व्यक्ति, पीडित, घाइते र प्रतिवादी नै हुन्छन् । ज्यान अपराधको वारदातमा पीडित घाइते यदाकदा मात्र हुने गर्छन्, घटनाबारे यथार्थ जानकारी हुने व्यक्ति त प्रतिवादी र निजहरूसँगै रहेका व्यक्ति नै हुन्छन् । घटनाको सम्बन्धमा निजहरूले कस्तो अवस्था र परिस्थितिमा उक्त घटना घटेको भनी उल्लेख गरेका हुन्छन्, त्यतीलाई मात्र सुक्ष्म तरिकाले केलाएर विश्लेषण गरी हेर्नुपर्ने । (प्रकरण नं. ५) घाइते पीडित व्यक्तिको मौकाको र अदालतसमक्ष गरेको बकपत्रको व्यहोरालाई महत्त्वपूर्णरूपमा लिनुपर्ने हुन्छ । प्रतिवादीको मौकाको बयानलाई उसैको पक्ष र विरूद्धमा जती महत्त्वपूर्णरूपमा हेरिन्छ मौकाको घाइते व्यक्तिको भनाईलाई पनि कसुर पुष्टि गर्न प्रमाण प्रयोजनको लागि प्रतिवादीकै विरूद्धमा प्रतिवादीको भनाई भन्दा कम महत्त्वको रूपमा लिन नहुने । (प्रकरण नं. ७) पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ता नारायणप्रसाद देवकोटा तथा विद्वान्‌ अधिवक्ता रामप्रसाद ढुंगेल प्रत्यर्थी / वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री माधवप्रसाद पोखरेल पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री तेजबहादुर के.सी. मा.न्या.श्री द्वारिकामान जोशी फैसला न्या. दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, जनकपुरको मिति २०७०।२।२८ को फैसलाउपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः जिल्ला सर्लाही जमुनिया गा.वि.स. वडा नं. ५ बस्ने रामप्रसाद रायलाई गोली हानी घाइते बनाएकोमा उपचारार्थ मृत्यु भएको र मृतकको लास सर्लाही जिल्ला अस्पताल मलंगवाको मुर्दा घरमा राखिएको लास जाँच मुचुल्का । मेरो दाजु नाता पर्ने रामप्रसाद रायको लास सदगदको लागि जिम्मा बुझी पाउँ भन्ने व्यहोराको सोनेलाल रायको निवेदन । मिति २०६४।५।१ गते बेलुका अं. १८:०० बजेको समयमा जिल्ला सर्लाही जमुनिया गा.वि.स. वडा नं. ५ बस्ने रामप्रसाद रायलाई र ऐ.ऐ. बस्ने रामवृक्ष रायसमेतलाई गोली हानी घाइते बनाएकोमा घाइते मध्येका रामप्रसाद रायको उपचारका क्रममा मृत्यु भएको र घाइते रामवृक्ष यादवलाई काठमाडौं लगिएको र सो घटनामा जिल्ला सर्लाही जमुनिया गा.वि.स. वडा नं. ५ बस्ने उदय राय, किसनन्दन राय र चेतनकुमार रायसमेत संलग्न रहेको भन्ने प्रहरी सञ्चार । मृतकको मृत्युको कारण “External bleeding due to gun shoot injury” भन्ने शव परीक्षण प्रतिवेदन । मिति २०६४।५।१ गते बेलुका अं. १८:०० बजेको समयमा जिल्ला सर्लाही जमुनिया गा.वि.स. वडा नं. ५ बस्ने उदय राय, ऐ. वडा नं. ७ बस्ने किसनन्दन राय र वडा नं. ६ बस्ने चेतनकुमार रायसमेतले मेरो भाई रामप्रसाद रायलाई र ऐ.ऐ. बस्