निर्णय नं. ९८३० - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८३० - ज्यान मार्ने उद्योग भाग: ५९ साल: २०७४ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/११/०१ १४७८६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई फैसला मिति : २०७३।११।०१ ०६८-CR-०८०४ मुद्दा : ज्यान मार्ने उद्योग पुनरावेदक / वादी : बद्धो खातुनीको जाहेरी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुनसरी, सत्तेरझोरा गाउँ विकास समिति वडा नं. ६ बस्ने ऐजुव खाँ मियाँसमेत आपराधिक कार्य (Actus reus) लाई हामी परम्परागतरूपमा बुझ्न अभ्यस्त छौं । जबकी उद्योगको अपराध हुनको लागि हातहतियार नै प्रयोग हुन वा शारीरिक आक्रमण हुन अनिवार्य हुँदैन । तर यस्ता विवाद हामीसमक्ष आउँदा हाम्रो प्रथम दृष्टि के कस्तो हतियार प्रयोग भएको छ भन्ने; त्यस्तै गरी शरीरको के कुन भागमा चोट परेको छ भन्दा पनि चोट कति गम्भीर छ भन्नेतर्फ जान्छ । हतियार पनि महत्त्वपूर्ण होला, चोटको गाम्भीर्य पनि सान्दर्भिक होला तर घटनाक्रमको समग्रताको सन्दर्भमा के मनसाय राखी गर्न खोजिएको हो, के गरिसकिएको छ, के हुन बाकी छ, र सो कार्य इच्छित परिणामको के कति नजिक छ भन्ने कुरालाई पनि उत्तिकै महत्त्वका साथ हेरिनु पर्ने । (प्रकरण नं. १६) वस्तुतः मनसाय तत्त्व आपराधिक कार्यबाट नै खोजिने र हेरिने विषय हो; त्यसैले यो सँधै मुखरित अवस्थामा नहुन पनि सक्छ । कार्यको प्रकृति, सम्भावित परिणाम र सो परिणाम ल्याउन अभियुक्तले चालेको कदमहरूको समग्रतामा नै मनसाय तत्त्वको खोजी गरिनुपर्छ । अभियुक्तले आफ्नो कार्यको सम्भावित परिणाम यस्तो हुन सक्छ भन्ने जानकारी वा ज्ञान राखेको थियो वा थिएन; कार्यलाई हेरी यस्तो कार्यबाट यस्तो परिणाम निस्कन्छ भनी सामान्य समझको व्यक्तिले पनि भन्न सक्ने अवस्था अमुक वारदातमा थियो वा थिएन भन्ने यकिन गरिनुपर्छ । अर्थात्‌ प्रतिवादीले कसुर गर्ने मनसाय राखेको भन्ने स्पष्टरूपमा भन्न नसकिए पनि सम्भावित परिणामबारे जानकारी राखेको थियो वा सामान्य समझको व्यक्तिले यस्तो परिणामबारे जानकारी वा ज्ञान राख्दछ भन्न सकिने अवस्था थियो भने कसुरदारले मनसाय राखेको रहेछ भन्ने मान्नु पर्ने । (प्रकरण नं. २०) वस्तुतः उद्योगको कसुरमा आपराधिक कार्य (Actus reus) हुनको लागि “मर्नेसम्मको काम गरेको” हुनुपर्छ तर सो कार्य जे पनि हुन सक्छ, यसको सूची अनन्त बन्न सक्छ । त्यसैले उद्योगको कसुरमा के कार्य गर्‍यो भन्नेभन्दा पनि के कस्तो परिस्थितिमा के कति गम्भीर कार्य गर्‍यो र सो कार्य पूर्ण अपराधको कति नजिक छ भन्ने हेरिनु पर्ने । (प्रकरण नं. २३) पुनरावेदक / वादीको तर्फबाट : प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०३७, नि.नं.१३९२, पृ.१४८ ने.का.प. २०४३, नि.नं.२६१७, पृ.६९१ ने.का.प. २०४३, नि.नं.२८२६, पृ.८१० ने.का.प. २०४६, नि.नं.३८१४, पृ.९६८ ने.का.प. २०५१, नि.नं.४८९०, पृ.६२२ ने.का.प. २०५५, नि.नं.६६०९, पृ.२७५ ने.का.प. २०६५, नि.नं.७९३६, पृ.१४२ ने.का.प. २०६६, नि.नं.८१३६, पृ.३०८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्या.श्री माधवप्रसाद पोखरेल पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री जनार्दनबहादुर खड्का माननीय न्यायाधीश श्री रामचन्द्र यादव फैसला न्या.डा. आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र दायरी हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः मिति २०६३।४।२८ गते बिहान ७:३० बजेको समयमा सतेरझोर