निर्णय नं. ९८३१ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८३१ - अंश चलन भाग: ५९ साल: २०७४ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/०१/२९ ६३५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।०१।२९ ०७१-CI-१४७८ मुद्दा : - अंश चलन पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला, शंकरपुर गाउँ विकास समिति वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं. १० गोल्फुटार बस्ने शर्मिला मुक्तान विरूद्ध प्रत्यर्थी / वादी : सर्लाही जिल्ला, शंकरपुर गाउँ विकास समिति वडा नं. ५ बस्ने अनिता लामा मुक्तानसमेत वस्तुतः भोगबन्धकीको लिखतले स्वामित्ववालाको स्वामित्व समाप्त गर्दैन । भोगबन्धकीवाला साहुले असामीको ऋण चुक्ता नगरेसम्म लिखतअनुसारको सम्पत्तिमा भोगाधिकारको हैसियतसम्म राख्ने हुँदा सम्पत्तिको स्वामित्वलाई निस्तेज पार्दैन । मुलुकी ऐन, लेनदेन व्यवहारको ३ नं. अनुसार भोगबन्धकी लेखाई लिएकोमा लिखत भएका मितिले २ वर्षभित्र अचल सम्पत्ति चलन गर्नुपर्छ वा चलन गर्न नदिए चलन चलाई माग्न नालिस गर्नुपर्छ । सो म्यादभित्र नालिस नदिए बन्धकी लिखत कपाली सरह हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइने । (प्रकरण नं. ३) लेनदेनसम्बन्धी विषयमा सम्बन्धित साहुले नालिस लिई अदालत प्रवेश गरेको अवस्थामा सोही मुद्दाको रोहबाट बुझ्नु पर्ने प्रमाण बुझी निर्णय गर्नुपर्ने हुन्छ । साहुको उजुर नपर्दै ऋण बन्डा लाग्ने वा नलाग्ने भनी निष्कर्षमा पुग्न कानूनसम्मत र व्यवहारिकसमेत नहुने । (प्रकरण नं. ५) पुनरावेदक / प्रतिवादीको तर्फबाट : प्रत्यर्थी / वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री कैलाश के.सी. पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको पुनरावेदन परी पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मूल पुरूष विपक्षी गोपालबहादुर मुक्तान निज गोपालबहादुर मुक्तानको दुई श्रीमतीमा जेठी म वादी अमिता लामा कान्छी प्रतिवादी शर्मिला मोक्तान हुन् । अमितातर्फ एक छोरी म वादी अमृता र शर्मिलातर्फ एक नाबालक छोरी गरिमा भई हामी वादी प्रतिवादी जम्मा ५ अंशियार छौं । म वादी अमृताको हालसम्म विवाह भएको छैन । हामी वादी प्रतिवादीबीच हालसम्म कानूनबमोजिम अंशबन्डा भएको छैन । विपक्षीले अंश नदिएकोले सम्पूर्ण अंश हक लाग्ने श्री सम्पत्ति विपक्षीहरूकै जिम्मा हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी म वादीमध्येका अमृताको विवाह खर्च छुट्टाई सम्पूर्ण श्री सम्पत्तिलाई ५ भाग लगाई ५ भागमध्ये २ भाग अंश पाउँ भन्नेसमेत व्यहोराको फिराद पत्र । सगोलका मूल व्यक्ति सासु चन्द्रमाया मुक्तान हुनुहुन्छ । मेरो नाउँमा सगोलको सम्पत्ति केही पनि छैन । विपक्षी मेरो सल्लाह नमानी आफूखुसी मबाट अलग बस्न थालेकीले मेरो घर व्यवहार चलाउन मुस्किल भएको हुँदा २०४९ सालमा म गोपालले शर्मिलासँग विवाह गरेको हुँ । म गोपालको समान पुस्तामा मेरो आमा चन्द्रमाया हुनुहुन्छ । अंश भाग लगाउनु पर्ने सम्पत्ति आमाको जिम्मामा नै छ । मेरो भागमा आउने सम्पत्तिबाट मात्रै विवाह खर्च पर सारी अन्य सम्पत्तिबाट मात्रै अंश पाउने हुन भन्नेसमेत व्यहोराको प्रतिवादी गोपालबहादुर मुक्तानको प्रतिउत्तर पत्र । घरको मुख्न व्यक्ति चन्द्रमाया हुनु