निर्णय नं. ९८३२ - करारबमोजिम रकम दिलाई भराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८३२ - करारबमोजिम रकम दिलाई भराई पाउँ भाग: ५९ साल: २०७४ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/०५/२३ ८८४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७३।५।२३ ०६९-RB-०००१ मुद्दाः करारबमोजिम रकम दिलाई भराई पाउँ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २९ स्थित होटल सेन्टर प्वाईन्टको सञ्चालक भई स्थायी बसोबास बागलुङ जिल्ला निसी गा.वि.स. वडा नं. ४ बस्ने बलबहादुर पुन विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ स्थित हिमालयन हेलिकप्टर प्रा.लि. को अख्तियारप्राप्त कार्यकारी अध्यक्ष रविकान्त अग्रवाल प्रतिवादीले विवादित लिखत करार होइन लेनदेनको लिखत हो भने पनि वादी प्रतिवादीबीचको सम्बन्ध हेलिकप्टर खरिद बिक्रीसँग सम्बन्धित रहेको र एक पटक सिर्जना भएका करारीय दायित्वहरूलाई नै परिपालना गर्ने गराउने प्रयोजनार्थ Agreement to Assume Obligation नामकरण गरिएको लिखतमा हस्ताक्षर भई तमसुक तयार गरेर साहुलाई दिने भनी सर्तसमेत उल्लेख भएको देखिएको हुँदा उक्त लिखतलाई करारीय कारोबारसँग असम्बन्धित स्वतन्त्र प्रकृतिको लेनदेनको लिखत मान्न मिल्ने नदेखिने । (प्रकरण नं.४) Novation Agreement एउटा त्रिपक्षीय सम्झौता हो जसबाट कुनै दुई पक्षबीच भएको सम्झौताका आधारमा सिर्जित दायित्व ती दुई पक्षको सहमतिमा ती दुई पक्षमध्ये एक पक्षको दायित्व सर्ने गरी एउटा नयाँ पक्ष सिर्जना भई नयाँ करार हुन्छ । जसअनुसार पहिलेको करारअन्तर्गतको दायित्व पछिल्लो करारमा समाविष्ट हुन आएको पक्षमा सरेको हुन्छ । करार गर्ने पक्षहरूले आआफ्नो दायित्वहरू पूरा गर्नुपर्छ, करारबमोजिम कुनै सुविधा पाइसकेपछि आफ्नो कर्तव्य र दायित्व पालना गर्नुबाट पन्छिने वा पन्छिने प्रयास गर्नु हुँदैन, यो करार कानूनको सामान्य सिद्धान्त नै हुने । (प्रकरण नं.४) दोस्रो र तेस्रो किस्ताबापतको रकम तिर्न बाँकी नै रहेको अवस्थामा पहिलो किस्ताको रकम नतिरेको अवस्थालाई विवादको सिर्जना भएको मिति मान्ने हो भने एकै करारअन्तर्गतका विभिन्न किस्ताको लागि फरक फरक मुद्दा दर्ता गर्नुपर्ने अवस्था सिर्जना भई करार ऐन, २०५६ को दफा ८९(२) (ग) को व्याख्या संकुचित हुन जाने । कुनै पक्षबाट निश्चित किस्ता निश्चित समयमा नतिरेमा करारको उल्लङ्घन मानी निश्चित हदम्यादभित्र उपचार खोज्ने अधिकार अर्को पक्षलाई दिइएको रहेछ भने त्यस अवस्थामा उक्त किस्ता बर्खिलाफी हुनासाथ उपचार खोज्ने हदम्याद प्रारम्भ हुन सक्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता नारायणप्रसाद पराजुली अवलम्बित नजिर : ने.का.प. २०७३, अंक १, नि.नं.९५२७ सम्बद्ध कानून : करार ऐन, २०५६ को दफा ८९(२)(ग) सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री मेघनाथ भट्टराई पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री कुलरत्न भुर्तेल फैसला न्या. अनिलकुमार सिन्हा : पुनरावेदन अदालत, पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:– हिमालयन हेलिकप्टर प्रा.लि. को तर्फबाट कार्यकारी अध्यक्ष म रविकान्त अग्रवाल (प्रथम पक्ष