निर्णय नं. ९८३३ - नाता कायम गरिपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८३३ - नाता कायम गरिपाऊँ भाग: ५९ साल: २०७४ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/०१/१७ १०९२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।०१।१७ ०७३-CI-०१३१ मुद्दा : नाता कायम गरिपाऊँ निवेदक / प्रतिवादी : कास्की जिल्ला, लेखनाथ नगरपालिका वडा नं. २ बस्ने चुडामणि लामिछानेको छोरा नारायणमणी लामिछाने विरूद्ध प्रत्यर्थी / वादी : धादिङ जिल्ला मुरली भञ्ज्याङ गाउँ विकास समिति वडा नं. ३ घर भई हाल मुस्ताङ जिल्ला स्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा शिक्षक पदमा कार्यरत सरिता श्रेष्ठ पत्नी हो भनी स्वीकारेको साक्षी राखी गरिएको कागजले विवाहको कानूनी मान्यता नै हुन्छ भन्ने पनि होइन तर उक्त कागजले वैवाहिक सम्बन्धमा रहेको आत्मिय र सामाजिक सम्बन्धको स्वीकारोक्ति गरेको छ । विवाह दर्ता गर्नुपर्ने कानून रहे तापनि नेपालमा हालसम्म व्यक्तिगत घटना दर्ता ऐनको प्रभावकारिता नरहेको अवस्थामा प्रेम विवाह सामाजिक साँस्कृतिक विवाहलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. २) नियुक्तिको फारम भर्दा पतिको नाम नराखेको र नागरिकता लोग्नेको नामबाट किन नलिएको भन्ने प्रश्नमा महिलाले कुन थर लिने उसको स्वनिर्णयको अधिकार रहेको, महिला अधिकारसम्बन्धी महासन्धि (CEDAW) को धारा १६ ले पारिवारिक नामथर छान्ने व्यक्तिको व्यक्तिगत अधिकार हो (Right to choose a family name) भन्ने मान्यता स्थापना भएको अवस्थामा आफ्नो स्वतन्त्र पहिचान सहितको पारिवारिक जीवनको हक रहेको हुन्छ । तसर्थ, नागरिकतामा वा नियुक्तिको फारममा पतिको नाम उल्लेख नगर्नु वा पतिको नामबाट नागरिकता नलिनुको अर्थ श्रीमती होइन भन्ने पुष्टिको आधार हुन नसक्ने । (प्रकरण नं. ४) निवेदक / प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ता पूर्णचन्द्र पौडेल प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय विष्णुमाया भुसाल, ईश्वरीप्रसाद भट्टराई र वैतनिक अधिवक्ता नारायणप्रसाद देवकोटा अवलम्बित नजिर : ने.का.प. २०४६, अंक ११, नि.नं.३९८५ सम्बद्ध कानून : सुरू फैसला गर्नेः माननीय न्यायाधीश श्री अजयराज उपाध्याय पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रेमराज कार्की माननीय न्यायाधीश श्री युवराज सुवेदी फैसला न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकार भित्रको हुँदा संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मेरो माइतिघर धादिङ जिल्लाको मुरलीभञ्याङ गाउँ विकास समितिको वडा नम्बर ३ मा पर्दछ । विपक्षी नारायणमणी लामिछानेको धादिङ जिल्ला घरेलु तथा साना उद्योग विकास शाखा कार्यालयमा कार्यरत हुँदा २०५६ साल चैत्र महिनाको १५ गतेदेखि चिनजान भएको हो । परस्पर चिनजानको अवस्थामा विपक्षीले पहिलो श्रीमतीसँग ५-६ वर्ष अगाडि सम्बन्ध विच्छेद भएको भनी विश्वासमा पारेकोले हाम्रो बीचमा प्रेम सम्बन्ध भई २०५७।११।०६ देखि पटकपटक शारीरिक सम्बन्ध हुँदै आयो । विपक्षी सरूवा भई गएको सबै जिल्लामा म गएको छु । सबै ठाउँमा हामीले श्रीमान् श्रीमतीको रूपमा परिचय दिँदै आएका थियौं । विपक्षी तनहुँमा सरूवा भएपछि दमौलीमा पटकपटक हाम्रोबीचमा श्रीमान् श्रीमतीको रूपमा सम्बन्ध रहँदै आएको र नागरिकता निकाली सकेकाले २०६५।४।१६ मा मलाई श्रीमती हो भनी आफ्नै बहिनी ज्वाई चन्द्र भट्ट र तुलबहादुर क्षेत्री तथा मे