निर्णय नं. १५२९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५२९ - उत्प्रेषण भाग: २४ साल: २०३९ महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/०१/१४ २२४१ निर्णय नं. १५२९ ने.का.प. २०३९ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको रिट नं. १०७४ आदेश भएको मिति : २०३९।१।१४ मा निवेदक : ल.पु.न.पं.वडा नं.१४ जोम बहाल बस्ने गोविन्दबहादुर सिल्पकार विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने नरेन्द्रलक्ष्मी सिल्पकार ल.पु.न.पं.का बैठक बिषय : उत्प्रेषण (१) पक्ष बिपक्षले दावी गरेको कुराबाट तेरो मेरोको प्रश्न उपस्थित भएकोमा न.पं.ऐन, २०१९ को दफा ४९(२) बमोजिम तेरो मेरोमा उजुर गर्न अदालतमा जान सुनाउनु पर्नेमा सो बमोजिम नगरी वादी दावी खारेज गर्ने गरी गरेको निर्णय उक्त ऐनको अनुकूल देखिन नआएकोले उत्प्रेषणको आदेश जारी गरी ल.पु.न.पं.ले ०३७।१२।२ मा र ल.पु.न.पं.बैठकले ०३८।३।९।३ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) आदेश न्या.हरगोविन्द सिंह प्रधान १. विपक्षी बैठकले ०३७।१२।२४।२ को निर्णय सदर गर्ने गरी गरेको ०३८।३।९।३ को निर्णय बदर गरी पाउँ भनी दिएको नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा यस प्रकार छ : २. ल.पु.ओम बहाल टोलको पूर्व पश्चिम उत्तर मोहडा भएको २ नाले चार तल्ला लम्बाई फिट २० फुट १९ को मेरो घर भएको र सो देखि पूर्व पट्टी बलरामसँग किनेको विपक्षीको घर भएकोमा मेरो घरको पूर्व पट्टीको गार्हो मेरो एकलौटी भएको गार्होलाई आफ्नो गाहारो बनाई मेरो घरको गाहारो मिची सो गाहारोदेखि मेरो घरको छाना माथि १ फुट जति निजको घरको छाना पश्चिम पट्टी १ फुट निकाली बिना नक्साबाट घर बनाउन लागेको बिना नक्साबाट १ तल्ला थपी बनाउन लागेको घर रोक्का गरी पाउँ भन्ने समेत गोविन्दको उजुरी दर्खास्त परी जारी भएको म्याद भित्र ०३४।३।२४।६ को स्वीकृती अनुसार बिग्रेको झ्याल फेरि झिंगटीको छाना कर्कटपाताको छानो राखी बनाएका १ फुट जति निकाली बनाएको होइन भन्ने समेत व्यहोराको लिखितजवाफ परेको हुँदा यसमा वादीले बिना नक्साले घर बनाएको भन्ने समेत व्यहोराको उजुरी दर्खास्त दिई आफ्नो हक भोगको गाहारो भन्ने विपक्षीमा केही निस्सा प्रमाण पेश गर्न नसकेको र लिखितजवाफ अनुसार प्रतिवादीले ०३४।३।२४।६ मा इजाजत लिई झिंगटी छाना झिकी कर्कटपाता राखी झ्याल सम्म मर्मत गरी बनाएको भनी लिखितजवाफ पर्न आएको हुँदा वादी दावी अनुसारको गाहारो वादीको कायम गर्न सम्बन्धीत अदालतमा उजुर गर्न जानु पर्नेमा यस पञ्चायतमा उजुर दिनु भएकोले परेको उजुरी दर्खास्तबाट कारवाही गरी रहन नपर्ने गरी उजुरी दर्खास्त खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको ल.पु.न.पं.मुद्दा समितिको ०३७।१२।२४।२ को निर्णय पर्चा । ३ ओभरसियर जाँच्न पठाई नयाँ बनाएको ठहरे न.पं.ऐनको ५३ दफाले भत्काउनुपर्नेमा सो नबोली निर्णयगरेको गैरकानूनी हुँदा सुरुकोइन्साफ उल्टाइपाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन । ४. उक्त खारेज गर्ने गरी गरेको निर्णय पर्चा मनासिव भएकोले सदर गरी फैसला गरी दिएँ भन्ने समेत व्यहोराको नगर पञ्चायत बैठकको ०३८।३।९।३ को फैसला । ५. जुन विवाद उठेका गाहारोमा मेरो घरको धुरी अडेका छ निदाल अडेका छ चोटा तल्लामा पानी निदाल अडाई रोकेको छ । छेंडी तल्लामा विपक्षीको घर पछी बनाएको हुँदा सो किलासमा मेरो तर्फ जाने ढोका छ । छिंडी भई सो गाहारोमा विश्कर्मा देवता र गणेश देवताको मूर्तिहरु राखिएको छ । त्यस कारण मेरो एकलौटी किलासलाई विपक्षल