निर्णय नं. ९८३६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८३६ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७३/०८/१६ ३४४४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई फैसला मिति : २०७३।०८।१६ ०७२-CF-०००६ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / वादी : रामेछाप राकाथुम गा.वि.स. वडा नं. १ बस्ने केदार माझी विरूद्ध विपक्षी / प्रतिवादी : कामसिंह माझीको जाहेरीले नेपाल सरकार कस्तो प्रकृतिको वारदातलाई भवितव्य मान्नुपर्ने हो त भन्ने सन्दर्भमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ५ नं. मा भएको व्यवस्थालाई समेत हेर्न सकिन्छ । उक्त व्यवस्थालाई हेर्दा "ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्लाजस्तो नदेखिएको कुनै काम गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ" भनी उल्लेख भएको र त्यसलाई सोही महलको ६ नं. मा थप स्पष्ट पार्दै देहाय १-५ सम्म एउटा कामको लागि सावधानीसँग हातहतियार उठाएकोमा केही व्यहोराले अर्कालाई लागेमा, होस नपुर्याई वा हेलचेक्र्याईं गरी कुनै काम गरी भवितव्य परेमा, रक्षा शिक्षाको क्रममा कुटपिट गर्दा भवितव्य परेकोमा भवितव्य हुनेजस्ता अवस्थाको बारेमा उल्लेख गरेको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थासमेतका आधारमा हेर्दा प्रस्तुत मुद्दाको वारदातमा प्रतिवादीद्वारा मृतकका टाउकामा प्रहार गरी मृतक भुइँमा ढलेपछि पनि पुनः पेटमा प्रहार गरी मृतकको मृत्यु भएको देखिएको र त्यसमा विवाद भएको अवस्था नदेखिएको हुँदा टाउकोमा भएको प्रहारले मृतक भुइँमा ढलेपछि पनि पुनः निज मृतकको पेटमा भएको प्रहारले प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय नभएको भनी पुष्टि गर्नसक्ने अवस्था नभएकाले त्यसलाई भवितव्य भनी भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. ९) अ.बं. १८८ मा उल्लिखित प्रावधान समेतका आधारमा कानूनबमोजिम सजाय गर्दा चर्को पर्ने भई कम सजायको राय व्यक्त गर्दा सामान्यतः अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गर्दा सो रायको पनि मनासिब आधार हुनुपर्ने भई अभिव्यक्त रायको पुष्ट्याईं (Justification) गर्नुपर्ने । (प्रकरण नं. ११) पुनरावेदक वादीको तर्फबाट : विपक्षी प्रतिवादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ताद्वय कृष्णजिवि घिमिरे र रेवतीराज त्रिपाठी अवलम्बित नजिर : ने.का.प. २०६१, नि.नं.७३९९ ने.का.प. २०६३, नि.नं.७७५२ ने.का.प. २०६९, नि.नं.८८५३ सम्बद्ध कानून : मुलुकी ऐन, अ.बं.१८८ नं. सुरू फैसला गर्नेः- मा.जि.न्या.श्री कैलास के.सी. पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री टिकाबहादुर हमाल मा.न्या. श्री मिहिरकुमार ठाकुर सर्वोच्च अदालतमा फैसला गर्नेः मा.न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ फैसला न्या. जगदीश शर्मा पौडेल : सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम घ बमोजिम पूर्ण इजलासको दायरीमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- रामेछाप जिल्ला काराथुम १ खैरनीस्थित पूर्व सिंचाई कुलो, पश्चिम सुनकोशी नदी, उत्तर मोटर बाटो र दक्षिण टोकलापुरको खेतको चार किल्लाभित्र टाउकोमा पछ्यौरा, कानमा टप, नाकमा बुलाकी, घाँटीमा पोतेसमेत लगाएकी महिला पूर्व खुट्टा, पश्चिम टाउको मृत अवस्थामा रहेको, निजले प्रयोग गरेको जाँड खाने बटुका, जाँड छान्ने झुल, प्लाष्टिकको बाल्टीन, डोको, नाम्लोसमेत सोही ठाउँमा रहेको भन्नेसमेत व्यहोराको घटनास्