निर्णय नं. ९८३७ - अवहेलना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८३७ - अवहेलना भाग: ५९ साल: २०७४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७३/०६/०६ ३०८८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७३।०६।०६ ०७२-NF-०००१ विषयः अवहेलना निवेदिका / विपक्षी : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ५ बस्ने डा. सुधा शर्मा विरूद्ध विपक्षी / निवेदिका : बैतडी जिल्ला दशरथ चन्द नगरपालिका वडा नं.४ बस्ने यज्ञदेव भट्ट मूलतः पुरानो विज्ञापनअनुसार लिइएको परीक्षाको नतिजा प्रकाशन समयमै नहुनुमा निवेदिकाले जिम्मेवारीको पालना नगरेको कारण नै हो भनी मान्न मिल्दैन, यसबीचमा भएका प्रशासनिक संरचनामा भएका परिवर्तन र संरचना परिवर्तनअनुरूप भइरहने पदीय जिम्मेवारी हेरफेर पनि उत्तिकै जिम्मेवार देखिने । जुन निकायको काम कारवाहीबाट आफूलाई असर परेको हो, सो निकायलाई नै विपक्षी नबनाई लामो समयको अन्तरालमा सचिव पदमा बहाल रहेकै भरमा विवादित पदमा नतिजा प्रकाशन गर्ने जवाफदेहिता निवेदिकाकै हो भनी मान्न नसकिने । (प्रकरण नं. ६) लामो समयसम्म टुङ्गो नलागी अन्योलमा रहेको विषयमा छोटो समयको जिम्मेवारी बहन गरेको व्यक्ति एक्लैलाई मात्र सम्पूर्ण दोष दिनु न्यायोचित हुँदैन । निवेदिका सचिव पदमा रहँदाको अवधिमा अदालतको आदेशको अवज्ञा गर्ने गरी जानीजानी मनसायपूर्वक काम कारवाही गरेको कहीँकतैबाट नदेखिने । (प्रकरण नं. ७) अवहेलनाको प्रकृतिबाट कुनै निर्णय बदर गराउन प्रदान गरिने कानूनी उपचार भन्ने देखिँदैन । अदालतको निर्णय वा आदेशबमोजिम कारवाही भएको छ छैन, र नभएको भए किन नभएको हो भन्नेसम्म हेरिने । कुनै निकायबाट भए गरेका काम कारवाही त्रुटिपूर्ण भए सो बदर गराउन वा प्रचलन गराउनको लागि रीतपूर्वकको उपचारको मार्ग अवलम्बन गरी आउनुपर्ने । (प्रकरण नं. ९) निवेदिका विपक्षीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने विपक्षी निवेदिकाको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र शम्भु थापा तथा विद्वान् अधिवक्ता पदम गिरी अवलम्बित नजिर : ने.का.प. २०५५, अंक १०, नि.नं.६६०८ ने.का.प. २०६६, अंक ९, नि.नं.८२२६ ने.का.प. २०७१, अंक १, नि.नं.९१०५ सम्बद्ध कानून : संयुक्त इजलासमा फैसला गर्नेः मा.न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला न्या. सारदाप्रसाद घिमिरे : यस अदालत संयुक्त इजलासको मिति २०७०।९।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(क) र (ख) बमोजिम पुनरावलोकनको लागि परेको निवेदनमा पुनरावलोकनको अनुमति प्राप्त भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- लोक सेवा आयोगबाट मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सुर्खेतलाई अधिकार प्रत्यायोजन भएअनुसार मिति २०४६।११।२४ मा तथ्याङ्क सहायक (रा.प.अनं. प्रथम श्रेणी, प्राविधिक) तर्फ ९ पदको विज्ञापन भएको थियो । उक्त पदमा म निवेदिका उम्मेदवार हुन योग्य हुँदा कानूनका म्यादभित्रै मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सुर्खेतमा दरखास्त दिई मिति २०४७।१।२३ मा सम्पन्न अन्तर्वार्तामा सहभागी भएकोमा लामो समयसम्म नतिजा प्रकाशित नभएकोले सर्वोच्च अदालतमा संवत् २०६५ सालको WO-०५१० नं. को उत्प्रेषणयुक्त परमादेशको रिट निवेदन दर्ता गरेँ । सो निवेदनमा सर्वोच्च अदालतबाट मिति २०६६।३।२३ मा विज्