निर्णय नं. १५२६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५२६ - अंश भाग: २४ साल: २०३९ महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/०१/१४ २३३० निर्णय नं. १५२६ ने.का.प. २०३९ अङ्क १ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको दे.फू.नं. २५ फैसला भएको मिति : २०३९।१।१४ निवेदिका : जि.मोरङ्ग कञ्चनबारी गा.पं.वडा न.४ मा बस्ने श्री उमादेवी पोखरेल विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने लेखनाथ पोखरेल समेत मुद्दा : अंश (१) वादीको उमेर ३५ बर्ष नाघी सकेको र विवाह भएको २००३ सालबाट विवाह भएको १५ बर्ष समेत नाघी सकेको देखिन्छ । यस स्थितिमा वादी लोग्नेसँग बाट अंश पाउने अवस्था पुगी सकेको देखिएको र २०३२।१०।२६ का दिन घरबाट निकाला गरी दिएको भन्ने वादी दावी भएको देखिँदा वादीले लोग्नेबाट आफूले पाउने आफ्नो अंश भाग अंशबण्डाको १०, १०(क) र लोग्ने स्वास्नीको महलको ४ नं.र निजको लोग्ने जीवित छ भन्ने प्रतिवादीबाट प्रमाणित हुन नआएकोले प्रमाण ऐन, २०३१ को दफा ३२ बमोजिम समेत वादीले अंश भाग दाबी गर्न पाउन सक्ने देखिन्छ। (प्रकरण नं. १३) निवेदिका तर्फबाट : विद्वान व.अधिवक्ता श्री बासुदेव ढुङ्गाना, र विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला न्यायाधीश गजेन्द्रकेशरी बास्तोला १. डिभिजनबेञ्चबाट ०३६।१०।१४।२ मा भएको निर्णय फुलबेञ्चबाट दोहर्‍याई पाउँ भन्ने निवेदिकाको निवेदनमा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम उपर्युक्त मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई आए अनुरुप प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : ससुरा जिवनाथका ५ (पाँच) भाइ छोरामा प्रतिवादी लेखनाथ माहिला, साहिला मेरो लोग्ने मोहनप्रसाद, गुणराज, हरिकुमार तथा जेठा छोरा तोपनाथ हुन्। लोग्ने मोहनप्रसाद ४ सालमा परदेश जानु भएको आजसम्म बेपत्ता हुनुहुन्छ । सासु ससुरा तथा म समेत प्रतिवादी लेखनाथसँगै सगोलमा बसी आएको ०३२।१०।२६ मा घरेलु झगडा परी घरबाट निकाला गरी दिएकोले मेरो लोग्नेको १ भाग अंश दिनुहोस् भनी भन्दा मलाई थाहा नदिई श्रेस्ता मिलाई सकेको छु भनी प्रतिवादी लेखनाथ समेतले भनेको हुँदा खसम बेपत्ता हुनु भएकोले मुख्य दाम काम गर्ने ससुरा जिवनाथको लेखनाथ हुँदा निज लेखनाथबाट तायदाती लिई ५ भागको १ भाग मेरा पतिले पाउने अंश दिलाई जिम्मा लगाई पाउँ भन्ने समेत उमादेवीको फिरादपत्र । ३. वादीको लोग्ने बेपत्ता भए पनि आसामको अजन्ता ठाउँमा गोठ पाली बसेको छ । घरमा सगोलमा बस्न नसक्दा ०२४।८।३ मा परदेश जानेको समेत अंश गरी लिखत खडा गरी पास समेत गरेको छ । वादीको लोग्नेको भागको जग्गाको आयस्ता बाली वादीले मोहीहरुबाट बुझी भरपाई गरी दिएका छन् । ०२४ सालमा नै मानु छुट्टिई भिन्न भई बसेको हुँदा २०३२।१०।२६ मा घरबाट निकाला गरे भन्ने वादी दावी झुठ्ठा हो । मेरा उपर वादीको फिराद लाग्न नसक्ने हुँदा खारेज गरी पाउँ भन्ने समेत लेखनाथको प्रतिवादी । ४. परदेशमा गएको छोराहरुको भाग समेत बराबर मिलाई चल सम्पत्ति घरसारमा नै बुझी लिई बण्डापत्र खडा गरी पास भएको हो । वादीको लोग्नेको भागमा परेको जग्गाको बाली वादी उमादेवीले नै खाएकी छन्, निजको लोग्ने मोहनप्रसाद बेपत्ता भएको छैन, आसामको अजन्ता भन्ने ठाउँमा बसेको हुँदा वादीको फिराद लाग्न नसक्ने भन्ने समेत प्रतिवादी जिवनाथको प्रतिउत्तरपत्र । ५