निर्णय नं. ९८४४ - कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८४४ - कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग भाग: ५९ साल: २०७४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७३/०८/२९ ९४९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की फैसला मिति : २०७३।०८।२९ ०६९-CR-०८५२ मुद्दा: कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं. ८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका देवेन्द्र पुडासैनी विरूद्ध प्रत्यर्थी / वादी : कृष्णप्रसाद पुडासैनीको जाहेरीले नेपाल सरकार फौजदारी दायित्वको वर्गीकरणअन्तर्गत मनसाय सापेक्ष दायित्व (Mens Rea relative Liability) एक हो । जसमा आपराधिक कार्य (Actus Reus) र आपराधिक मनसाय (Mens Rea) दुवैको समायोजनमा हुने अपराधहरू मनसाय सापेक्ष दायित्व हुन् । तर निरपेक्ष दायित्व (Strict Liability) यसको अपवाद हो । आपराधिक मनसायबिना गरेको कार्य अपराध हुँदैन (Act alone does not amount to guilt, it must be accompanied by mens rea) भन्ने फौजदारी दायित्वको सर्वमान्य सिद्धान्तसमेत रहेको पाइन्छ । मानसिक विचलन भएको अथवा मानसिकरूपमा अस्वस्थ भएको व्यक्तिले गरेको आपराधिक कार्यमा आपराधिक दायित्वबाट उन्मुक्तिको प्रतिरक्षाको आधार बन्दछ । यसको कारण उसले गरेको कार्य या त उसले आफूले गरिरहेको छु भन्‍ने जानकारी राख्दैन या त आफूले गरेको कार्य गलत हो भन्‍ने जानकारी राख्दैन । यसैकारण स्वतन्त्र इच्छा (Free will) र स्वायत्त (Autonomy) सोचबाट निजले काम गरेको हुँदैन भन्‍ने मान्यता सर्वत्र स्वीकार्य विषय बनेको पाइने । विवेक प्रयोग गर्न सक्ने, आफूले गरेको कार्यको जिम्मेवारी बहन गर्न सक्ने व्यक्तिले पूर्वयोजना बनाई स्वतन्त्र इच्छाबाट, स्वायत्त किसिमको स्वेच्छापूर्वक गरेको आपराधिक कार्यमा मात्र दायित्ववान् बनाउन सकिने । (प्रकरण नं. ५) पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू विजयप्रसाद मिश्र, धर्मराज पौडेल र नवराज तिमिल्सिना प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता रामकुमार थापा अवलम्बित नजिर : ने.का.प. २०४५, अंक ७, नि.नं.३५३१ ने.का.प. २०४४, अंक १, नि.नं.२९७८ ने.का.प. २०४२, अंक ५, नि.नं.२३५५ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या.श्री विष्णुप्रसाद कोइराला पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टीका बहादुर हमाल माननीय न्यायाधीश श्री रामचन्द्र यादव फैसला न्या. हरिकृष्ण कार्की : पुनरावेदन अदालत, पाटनको मिति २०६९।८।१९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं.८ महाँकालस्थित पूर्व कृष्णप्रसाद पुडासैनीको घर, पश्‍चिम नरेश मानन्धरको घर र उत्तर दक्षिण बागमती खोला यति चार किल्लाभित्र रहेको कृष्णप्रसाद पुडासैनीको घरदेखि पश्‍चिम तर्फ २०० मिटर टाढा बागमती खोलाको पानी मिति २०६६/५/२३ गतेका दिन अं.११.३० बजेको समयमा देवेन्द्र पुडासैनीले दिव्यनी पुडासैनी र सारिका पुडासैनीलाई फालेको स्थान रहेको, दिव्यनी पुडासैनीको दाहिने हात भाँच्चिएको अवस्थामा मानिसहरूले उद्धार गरेको र सारिका पुडासैनीलाइ उक्त बागमती खोलाले बगाई हराई बेपत्ता भएको भन्‍ने घटना स्थल प्रकृति मुचुल्का । मिति २०६६/५/२३ गतेका दिन