निर्णय नं. ९८४७ - करारबमोजिमको रकम दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८४७ - करारबमोजिमको रकम दिलाई पाउँ भाग: ५९ साल: २०७४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०३/२६ १०९२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।०३।२६ ०७०-CI-०६९० मुद्दा : करारबमोजिमको रकम दिलाई पाउँ । पुनरावेदक प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१ लालदरवार बस्ने यशस्वी शमशेर ज.ब.रा. विरूद्ध विपक्षी वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वर ब्ल्यूस्टार अफिस कम्लेक्स स्थित भाईवर्स डेभलपर्स प्रा.लि. करार सम्झौताबमोजिमको लिखत भएपछि जग्गा पास हुन नसकेको स्थितिमा वादीले दिएको भुक्तानी फिर्ता माग गर्नु स्वाभाविकै रहेको देखिन्छ । यस्तो अवस्थामा जग्गा पारित गरी दिन उन्मुख पनि नहुने र रकम पनि लिने कार्यलाई न्यायोचित मान्न नमिल्ने । (प्रकरण नं. ५) आफूले करार सम्पन्न गर्न प्राथमिकतास्वरूप कुनै कार्य स्वीकार गरेको र सो सर्तबमोजिम आफूले कार्य सम्पन्न गरी अर्का पक्षलाई मुनासिब समयमा जानकारी नदिई मौन बसेको अवस्थामा त्यस्तो कार्यको फाइदा आफैले उठाउन पाउनुपर्छ भन्नु कानूनसँगत हुँदैन । यस्तो कार्यलाई अन्यायिक समृद्धिको फाइदाका सिद्धान्त (Doctrine of Unjust Enrichment) ले पनि समर्थन गर्दैन । यसरी प्रतिवादीले अग्रिम भुक्तानी लिएको अवस्थामा प्रारम्भिकरूपमा आफू करार पालन गर्ने अवस्थामा पुगेको भनी करार पालन गराउन अग्रसर नभएको र करारको म्याद समाप्त भई आपसी सहमतिको प्रक्रियासमेतका लागि पहल नगरे पछि अर्को पक्षबाट प्राप्त सुविधाको प्रतिफल आफैँले मात्र प्राप्त गर्नुपर्छ भन्नु पनि कानूनसङ्गत नहुने । (प्रकरण नं. ६) अग्रिम भुक्तानी लिएको रकमको आय शक्ति हुन्छ । त्यस्तो आयशक्ति (Earning Power) को भागिदार आफैँमात्र हुन्छ भन्नु न्यायको रोहमा उचित देखिँदैन । करारको म्याद समाप्त भएपछि सो कार्यान्वयन नभएको र आफूले लिएको नगदी फिर्ता नगरेको कारण कानूनी कारवाही अबलम्बन गर्नु परेको अवस्थामा मुनासिब रकम भराई दिने सम्बन्धमा अदालतसँग भएको अधिकार प्रयोग गरी १५ प्रतिशत थप रकम भराउने गरी सुरू अदालतबाट भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला अन्यथा देखिएन करार ऐन, २०५६ को दफा ८४ को उद्देश्य र मनसाय पनि यही हुने । (प्रकरण नं. ६) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता विमल ढकाल विपक्षी वादीको तर्फबाट : विद्वान् अधिवक्ता जयनारायण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री लिप्तबहादुर थापा पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री तेज बहादुर के.सी. माननीय न्यायाधीश श्री मिरा खड्का फैसला न्या. अनिलकुमार सिन्हा: न्याय प्रशासन ऐन, २०४८ दफा १२(क)(ख) बमोजिम दोहर्याई पाउँ निवेदन परी यस अदालतबाट मिति २०७०।८।२८।६ मा दोहोर्याई हेर्ने निस्सा प्रदान भई न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवम फैसला यस प्रकार छः- विपक्षीको पति स्व.विराज शमशेर ज.ब.रा. समेतको नाममा दर्ता रही हकदारहरूको नाममा नामसारी दा.खा. गर्न बाँकी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ को कि.नं. ५२७ का क्षेत्रफल ०-८-२-० जग्गा, विपक्षीको बुढी सासू र स्व.नरेन्द्रकुमारी राणाको नाउँमा दर्ता रहेको ऐ.ऐ.कि.नं. ५२८ को क्षेत्रफल ०-७-२-२ जग्गा र विपक्षी समेतको नाउँमा दर्ता रहेको