निर्णय नं. ९१८८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१८८ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०२/२५ २८६९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।२।२५।१ ०६६–CR–०८०२ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : सल्यान जिल्ला, खलङ्गा गा.वि.स.वडा नं.६ स्यानीपनेरी घर भै हाल कारागार कार्यालय, तुलसीपुरमा कैदमा रहेका चक्रबहादुर डाँगी विरूद्ध प्रत्यर्थी/वादी : भूपेन्द्र देवकोटाको जाहेरीले नेपाल सरकार § प्रतिवादीको कार्य निरन्तर नभई पहिले हातले घाँटी थिचेको पछि हँसिया झिकेर तार काटेको त्यसपछि मात्र मृतकको घाँटीमा बेरी कसेको देखिएको वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम निर्धारित तत्कालको आवेश प्रेरित हत्याको वर्गमा पर्न नसक्ने । (प्रकरण नं. ४) § वारदात हुँदा प्रतिवादी पूर्व रिसइबि लिई अथवा पूर्व मनसाय लिई मृतकको घरमा गएको अवस्था नदेखिएको, मृतकले नै बोलाएर यी प्रतिवादी मृतकको घरमा गएको देखिएको, निजले अनुसन्धानको क्रममा अनुसन्धान अधिकारीलाई सहयोग गरेको देखिएको, घटनाको वस्तुस्थिति, घटना घट्दाको समग्र परिस्थिति तथा वारदात हुँदा प्रतिवादीको उमेरसमेतलाई विचार गर्दा निज प्रतिवादीलाई ऐनबमोजिम हुने हदैसम्मको सजाय गर्दा चर्को हुने देखिएको र मुलुकी ऐन अ.बं.१८८ नं. बमोजिम १५ वर्ष कैद गर्दा न्यायको उद्देश्यसमेत परिपूर्ति हुने । (प्रकरण नं. ५) वादीको तर्फबाट : विद्वान्‍ वरिष्ठ अधिवक्ता लवकुमार मैनाली तथा अधिवक्ता त्रिलोक बस्नेत प्रतिवादीको तर्फबाट : विद्वान्‍ उपन्यायाधिवक्ता पुष्कर सापकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३), १४ नं. मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. सुरू तहमा फैसला गर्ने : मा.न्या.श्री मोहम्मद जुनैद आजाद पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री बीरसिंह महरा मा.न्या.श्री भीमबहादुर बोहरा फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत तुलसीपुर, दाङको मिति २०६६।१०।६ को फैसलाउपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‍ ‍ठहर यस प्रकार छ । म कामको सिलसिलामा काठमाडौं गएको अवस्थामा घरमा एक्लै भएकी मेरी श्रीमती तारिका देवकोटाको मिति २०६४।४।३२ गते राति मृत्यु भएको छ भनी दाजु उपेन्द्रले टेलिफोनबाट जानकारी दिनुभएअनुसार मिति २०६४।५।२ गते घरमा आईपुग्दा श्रीमतीको घाँटीमा पासो लागेको, नीलडामसमेत देखी मृत अवस्थामा देखी कसैले कर्तव्य गरी मारेको शङ्का लागेकाले पछि प्रतिवादी फेला परेमा पछि छुट्टै जाहेरी पेस गर्ने छु भन्नेसमेत व्यहोराको भूपेन्द्रबहादुर देवकोटाको मिति २०६४।५।३ गतेको जाहेरी दरखास्त । मिति २०६४।५।२ गतेको घटनास्थल तथा लास जाँच मुचुल्का मिसिल सामेल रहेको । म सरकारी कामले काठमाडौंमा भएको अवस्थामा मेरी जेठी श्रीमती तारिका देवकोटा मात्र एक्लै घरमा भएको अवस्थामा २०६४।४।३२ गते राति भान्सा कोठामा मृत अवस्थामा फेला परेकीले कसैले कर्तव्य गरी मारेको जस्तो लागी प्रहरीसमक्ष प्रारम्भिक जाहेरी दिएको र पछि खोजतलास गर्दै जाँदा सल्यान जिल्ला, खलङ्गा गा.वि.स.वडा नं.६ बस्ने चक्रबहादुर डाँगी घटना हुँदाका राति घरमा थियो भन्ने कुरा गाउँघरबाटै सुनी थाहा पाएको र घरभित्र हेर्दा श्रीमतीलाई मैले दिएको रू.५,०००।– नगद र २ तोलाको सुनको बाला, ४ आनाको मङ्गलसूत्र, ९ आनाको नौगेडी, ८ आनाको ल