निर्णय नं. ९८५० - अपुताली हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८५० - अपुताली हक कायम भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७३/०९/०७ ५३७८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे फैसला मिति : २०७३।०९।०७ ०७०-NF-०००६ मुद्दा : अपुताली हक कायम पुनरावलोकनकर्ता वादी : सप्तरी जिल्ला मानराजा गा.वि.स. वडा नं. ५ बस्ने कुसुमलाल यादवकी छोरी गुलजरिया देवी यादवनी विरूद्ध प्रत्यर्थी प्रतिवादी : ऐ.ऐ. वडा नं. ७ बस्ने वौवालाल यादवको मु.स. गर्ने गुन्जेश्वरी देवी यादव ननुवतीको मृत्यु भइसकेपश्चात् निजको नाममा रहेको सम्पत्तिमा निजकी छोरी वादी गुल्जरिया देवी यादवनीको स्वतः हक स्थापित भएको अवस्थामा निजले अपुतालीको महलको २० नं. ले तोकेको ३ वर्षभित्र नालिस नदिएकै आधारमा निजको हक समाप्त भई अन्य हकवालामा जाने भन्ने अवस्था नरहने । मुलुकी ऐन, अपुतालीको महलको २ नं. को कानूनी व्यवस्थाअनुसार मर्ने ननुवती देवी यादवको मृत्युपश्चात् निजकी छोरी पुनरावलोकनकर्ता / वादी गुल्जरिया देवी यादवनीको उक्त सम्पत्तिमा स्वतः हक स्थापित भएको अवस्थामा उक्त जग्गाको नामसारी नभएकै आधारमा आफ्नो नाममा नामसारी गर्ने हक प्रतिवादीलाई जुन कानूनले प्रदान गरेको छ, सोही कानूनी व्यवस्थाबमोजिम वादीको हकमा समेत समानरूपले नामसारी गर्न नपाउने भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ३) पुनरावलोकनकर्ता वादीको तर्फबाट : प्रत्यर्थी प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः- मा.न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा पुनरावेदन तहमा फैसला गर्नेः मा.मुख्य न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा यस अदालतमा फैसला गर्नेः मा.न्यायाधीश श्री बलराम के.सी. मा.न्यायाधीश श्री ताहिर अली अन्सारी फैसला न्या. गोपाल पराजुली : यस अदालतको मिति २०६६/११/१२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः म फिरादीकी आमा ननुवतिले प्रतिवादी वौवालाल यादवसमेतसँग मिति २०२१/१२/२४ मा अंशबन्डा छुट्याई भोग चलन गरिआएको सप्तरी जिल्ला, मानराजा गा.वि.स. वडा नं. ९(ख) कि.नं. २३ को ०-२-४१/२ र ऐ.ऐ. कि.नं. १४ को ०-२-१५ समेत ०-४-१९१/२ जग्गा मोल रू. १४,१३२ ।– पर्ने वौवलाल यादवले आफ्ना नाउँमा दर्ता गराई लिएकोले आमा ननुवतिको शेषपछि अपुताली पाउने म एक मात्र छोरी हुँ । आमा स्वर्गीय हुँदा हिन्दू विधिअनुसार आमाको सदगत गर्ने म वादी भएकोले अपुतालीको महलको २ नं. जग्गा पजनी महलको २(क) नं. बमोजिम वादीको नाउँमा हक कायम गरी सर्जमिन सिफारिस बदर, टिप्पणी आदेश बदर, दर्ता बदर गरी मेरा नाउँमा दर्तासमेत कायम गरिपाउँ भन्ने वादीको मिति २०५७/९/२५ को फिराद पत्र । मिति २०२१/१२/२४ मा र.नं. ३०४९ को पारित बन्डापत्रमा ननुवतिको अंशमा परेका जग्गा प्रतिवादीमध्येको वौवालाल यादवको मन्जुरी लिएर मात्र बेचबिखन गर्न पाउने सर्त अनुसार स्व. ननुवति वौवालाल यादवको नजिक रहेको पाइन्छ । वादीको फिराद अपुतालीको २० नं. को हदम्याद ३ वर्षभित्रको छैन । साथै वादीको फिराद लेखबाट ननुवति २०२१ सालमै भिन्न भएको हुँदा मउपरको दाबी खारेजयोग्य छ । वादीलाई टिप्पणी आदेश बदर गराउने हक छैन भन्नेसमेत व्यहोराको ६ जनाको संयुक्त प्रतिउत्तर पत्र । यसमा प्रतिवादीहरू झवर विश्व