निर्णय नं. ९८५८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८५८ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७३/१०/०२ ५९८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की फैसला मिति : २०७३।१०।०२ ०६८-CR-०५५४ मुद्दाः- कर्तव्य ज्यान । पुनरावेदक वादी : दुर्गाप्रसाद काफ्लेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : कालिकोट जिल्ला, ओदानक गा.वि.स. वडा नं.२ बस्ने स्यानु सिंहको छोरा हिक्मत सिंहसमेत प्रतिवादीहरू उपरको कसुर प्रमाणित हुन यो यो प्रतिवादीहरूको यस्तो यस्तो संलग्नतामा यसरी वारदात हुन गएको हो भनी स्पष्ट रूपले देखिनुपर्ने हुन्छ । संकलित प्रमाणहरू एक आपसमा समर्थित रही शंकारहित देखिनु पर्दछ । यस्तो नदेखिई संकलित प्रमाणहरू परस्पर विरोधाभाषपूर्ण देखिई प्रतिवादीहरूले कसुर गरेको हो भन्ने ठोस प्रमाणको अभाव भएमा कसुरदार ठहर्याउन नमिल्ने । जाहेरी दरखास्त आफैमा कुनै स्वतन्त्र प्रमाण नभएकोले अन्य प्रमाणहरूबाट पुष्टि नभएसम्म जाहेरी दरखास्तको कुनै प्रमाणिक मूल्य नहुने । राजनीतिक मतभेद रहँदैमा मार्नेसम्मको मनसाय नै रहन जान्छ भनेर भन्न मिल्दैन । यस्तो प्रतिवादीहरू उपरको कसुर वादीले निसन्देह रूपमा प्रमाणित गर्न नसकेको अवस्थामा कसैको मनोगत अर्थात् शंकाका भरमा मात्र व्यक्त गरेका कुरालाई आधार बनाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं. ६) पुनरावेदक वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता दशरथ पंगेनी प्रत्यर्थी प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री डिल्लीरमण तिवारी पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री पवनकुमार शर्मा माननीय न्यायाधीश श्री विदुरविक्रम थापा आदेश न्या.हरिकृष्ण कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- मिति २०६६/०४/२२ गते बेलुका मेरो घरमा आगो बाल्न लागेको समयमा मातृका सिंह, नेत्र सिंह, कमल सिंह, मनोज भन्ने मनराज सिंह, हिक्मत सिंहसमेत १०/१५ जनाको जत्था आई बाहिर निस्की हामी तँलाई मार्न आएका हौं भनी ममाथि हमला गरेपछि मेरो श्रीमती रोइकराई गर्दा निजहरू घर बाहिर गएपछि म झ्यालबाट बाहिर निस्की भागी दाजु कुलानन्द काफ्लेको घरमा गएकोमा विपक्षीहरू पनि त्यही ठाउँमा आई दाजुलाई हानेपछि म र मेरो परिवार भागेपछि किन भगाइस् भनी बुबा महानन्द काफ्लेलाई कुटपिट गरी मारी लास बेपत्ता गरेका र भोलिपल्ट घटनास्थलमा जाँदा बुबाको टोपी र स्टकोट मात्र फेला परेको हो अन्यायीहरूलाई कारवाही गरिपाउँ भन्ने दुर्गाप्रसाद काफ्लेको जाहेरी दरखास्त । मिति २०६६/०४/२३ गते जिल्ला कालिकोट ओदानकु गा.वि.स. वडा नं.३ बस्ने मातृका सिंह समेतको १०/१५ जनाको जत्थाले मेरो श्रीमतीलाई कुटपिट गरी मेरो घरमा भएका सम्पूर्ण धनमाल लुटी लिएकोले क्षतिपूर्ति भराई अपराधीहरूलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको गान्टे सुनारको निवेदन । कालिकोट ओदानुक गा.वि.स. वडा नं.३ बस्ने मातृका सिंह समेतका १०/१५ जनाको जथ्थाले मिति २०६६/०४/२२ गते राति ९:३० बजेको समयमा म कुलानन्द काफ्लेको निधारमा चक्कु प्रहार गरी बाबा महानन्द काफ्लेलाई कुटपिट गरी बेपत्ता गराएकाले निज महानन्द काफ्ले हालसम्म फेला नपरेकाले निजको खोजतलास गरी अपराधीहरूलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको कुलानन्द काफ्ले कृष्णकला