निर्णय नं. ४३१७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३१७ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/१२/२६ २५०९ निर्णय नं. ४३१७ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४४ सालको दे.पु.नं. ५७ फैसला भएको मिति : २०४७।१२।२६।३ मा पुनरावेदक/वादी : भोला शाह तेलीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.धनुषा सेताखेर गा.पं. वा.नं. ३ बस्ने जितन कापरकेवटसमेत मुद्दा : कर्तव्य ज्यान (१) चश्मदिद् व्यक्तिहरुको भनाइमा एकरुपता एवं विश्वास गर्ने दरिलो आधार (साविक पेज नं. ३२४) नदेखिँदा यस्ता चश्मदिद् व्यक्तिहरुको बकाईलाई भर गर्ने स्थिति नदेखिने । (प्रकरण नं. ३७) पुनरावेदकतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने फैसला न्या.त्रिलोकप्रताप राणा १. न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम म.क्षे.अ.को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनपत्रको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मिति २०४०।९।२० गते राती जि.ध. सतौखर गा.पं.वा.नं. ३ बस्ने राम औतार साहुलाई घाँटीमा काटी मारी दिएको छ भन्ने खबर प्राप्त हुन आएकोले लाश तथा घटनास्थल सुरक्षित साथ राखी कानुनी कारवाहीको लागि जाहेर गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी थाना सबैलाको पत्र । ३. मिति २०४०।९।२० गते राती मेरो दाजु राम औतारलाई श्यामदेव समेतका १४ जनाले कर्तव्य गरी मारेकोले जाहेर गर्न आएको छु तसर्थ निज अपराधीहरु उपर ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको भोला साह तेलीको जाहेरी दर्खास्त । ४. २०४०।९।२० गते सतौखर गा.पं. अन्तर्गत निरीक्षण गर्न गएकोले उक्त घटना भए सम्बन्धी केही जानकारी भएन भन्ने समेत व्यहोराको अखिलेश्वरप्रसाद मिझारको कागज । ५. २०४०।९।२० गतेको राती मर्ने राम औतारलाई हामीले मारेको होइन भन्ने समेत व्यहोराको प्र.विजु राय अमातले प्रहरीमा गरेको बयान कागज । ६. २०४०।९।२० गतेका दिन म घरमै छु रातमा खानपिन गरी सुतें राम औतार कर्तव्य गरी मरे भन्ने कुरा भोलिपल्ट थाहा पाएँ मैले मारेको होइन भन्ने समेत व्यहोराको जितन भन्ने रामप्रसाद राय अमातले प्रहरीमा गरेको बयान कागज । ७. २०४०।९।२० गते राती म आफ्नै घरमा नै थिएँ । रातमा राम औतार साहुलाई कर्तव्य गरी मारेछन भन्ने कुरा भोलिपल्ट थाहा पाएको भन्ेन समेत व्यहोराको रामशरण राय अमातले प्रहरीमा गरेको बयान कागज । ८. २०४०।९।२० को राती म शिव मन्दिरमा सुतेको थिएँ केही थाहा पाइन भोलिपल्ट राम औतारलाई कर्तव्य गरी मारेछन भन्ने कुरा थाहा पाएको हुँ भन्ने समेत व्यहोराको चालितर कापर केवटले प्रहरीमा गरेको बयान कागज । ९. २०४०।९।२० गते म आफ्नै घरमा थिएँ राम औतारलाई मारेको छैन भन्ने समेत व्यहोराको श्यामदेव राय अमातले प्रहरीमा गरेको बयान कागज । १०. उक्त घटना घट्नु अघि नै महेन्द्र महतो माछा खरिद गर्न गएको हुनुपर्छ सो दिन देखि आजसम्म निजलाई देखेको पनि छैन भन्ने समेत व्यहोराको रामकृपाल ठाकुरले प्रहरीमा गरेको बयान कागज । ११. २०४०।९।२० गते राती म भाइ र बाबु समेत ३ जना एकै ठाउँमा सुतेका थियौं बाबु छटपटाएको थाहा पाई हेर्दा सोन्फी कापर, राम सोभित समेतले बाबुलाई समाती राखेको देखि डरले हल्ला गर्दा आमा ढोका खोली आउनु भयो पछि काका पनि उठी आएपछि बाबुलाई मारी भाग्न लाग्दा गाउँका धेरै मानिसहरु आएका हुन भन्ने समेत व्यहोराको मृतक