निर्णय नं. ९८५९ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८५९ - जालसाजी भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७३/०७/२४ ४३५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे फैसला मिति : २०७३।०७।२४ ०६८-CR-०९६२ मुद्दा : जालसाजी । पुनरावेदक / वादी : उदयपुर जिल्ला, जोगिदह गा.वि.स. वडा नं. ८ बस्ने मेनसु कुमारी चौधरीसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : उदयपुर जिल्ला, जोगिदह गा.वि.स. वडा नं. ८ बस्ने सबुरलाल चौधरीसमेत साक्षी हुनु र कारणी हुनुमा तात्त्विक अन्तर पर्दछ । साक्षीको हैसियत अर्काले गरेको व्यवहारको प्रमाणित गर्छ भने कारणीको हैसियत व्यवहारको कर्ता बन्नु हो । तसर्थ घरको मुख्य व्यक्ति साक्षीसम्म बसी गरेको व्यवहारलाई लेनदेन व्यवहारको ८ नं.अन्तर्गत कारणीले गरेको मान्न मिलेन । अंश बन्डाको १९ नं. को प्रयोग छोरा वा स्वास्नी हुने अर्थात् बाबुको हकमा प्रयोग हुने हो । बाबुबाहेकका घरको मुख्यलाई उक्त अंशबन्डाको १९ नं. आकर्षित हुन सक्ने देखिँदैन । सो अंशबन्डाको १९ नं. मा पनि बाबु स्वयम् नै कारणी भएर व्यवहार गरेको हुनुपर्ने । लेनदेन व्यवहारको १० नं. अनुसार सगोलमा रहेका वादीहरूलाई साक्षी नराखी निजहरूको मन्जुरीको लिखतसमेत नगराई रजिष्ट्रेशन पारित गरिएको राजीनामा लिखतबाट वादीहरूको हक गएको देखिएको अवस्थामा किर्ते कागजको १८ नं. बमोजिम म्यादभित्र नै दायर भएको फिरादलाई अन्यथा मान्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, विद्वान अधिवक्ता खगेन्द्र राउत प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता अविनास कुमार प्याकुरेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री यज्ञराज भट्ट पुनरावेदन तहमा फैसला गर्ने : मा.का.मु. मुख्य न्या. श्री लोकेन्द्र मल्लिक माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल फैसला न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- विपक्षीहरू र हामीबीचमा अंशबन्डा हुन बाँकी छ । बन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति विपक्षीको जिम्मामा रहेकोमा बन्डा गरी सम्पत्ति पनि नदिएको र अंशसमेत नदिएको हुँदा विपक्षीसमेत उपर अंश मुद्दा दिई विचाराधीन अवस्थामा छ । हाम्रोसमेत अंश हक लाग्ने जिल्ला उदयपुर गा.वि.स. गाइघाट वडा नं. ६(क) कि.नं. ८३ को ज.वि. ०-२-० ऐ. ऐ. ८६ को ज.वि. ०-३-० समेत जम्मा ज.वि. ०-५-० जग्गाको थैली रू.५,००,०००।- राखी विपक्षी सासु पल्टीदेवी चौधरी ऋणी विपक्षी हंसाकुमारी चौधरी धनी बनी मालपोत कार्यालय, उदयपुरबाट र.नं. ३८३४ मिति २०६५।१।१२ गते जालसाजी तवरबाट राजीनामा लिखत रजिष्ट्रेसन पारित गराई दा.खा. समेत गरी सो कार्य प्रकाशमा नल्याई गुपचुप राखी हाम्रो हक मेट्ने उद्देश्यले अंश हकबाट वञ्चित गराउने उद्देश्यले जालसाज गरेको हुँदा विपक्षीहरूलाई सजाय गरी जालसाजबाट गरेको लिखत बदर गरिपाउँ भन्ने फिराद दाबी । लेनदेन व्यवहारको १० नं. को हद म्यादभित्र फिराद दायर नभई हदम्याद नाघी फिराद दायर भएको हुँदा खारेज गरिपाउँ भन्ने प्रतिवादी हंसाकुमारी चौधरीको प्रतिउत्तर पत्र । घरको मुख्य व्यक्तिको मन्जुरीले घर खर्च गर्नबापत भनी उक्त जग्गा बिक्री गरेको देखिँदा उक्त जग्गा प्रतिवादी पल्टीदेवी चौधरीको नाउँमा भएकै कारण निज प्रतिवादी पल्टीदेवी नामबाट प्रतिवादी हंसाकुमारी चौधरीको नाममा