निर्णय नं. ९८६१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८६१ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७३/०३/२१ ६८१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई फैसला मिति : २०७३।०३।२१ ०७१-CR-००८७ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. ३ घर भई हाल कारागार कार्यालय, भरतपुरमा थुनामा रहेको सञ्जु महतोसमेत विरूद्ध प्रत्यर्थी / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार ०७१-CR-००८८ पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. ३ घर भई हाल कारागार कार्यालय, भरतपुरमा थुनामा रहेको डोमा महतोको छोरा वर्ष ५३ को विक्रम महतोसमेत विरूद्ध प्रत्यर्थी / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार ०७१-CR-००८९ पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. ३ धोवाह घर भई हाल कारागार कार्यालय, भरतपुर, चितवनमा थुनामा रहेको जीवन महतोको छोरा वर्ष २९ को विक्रम महतोसमेत विरूद्ध प्रत्यर्थी / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार ०७१-CR-०१०० पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. २ बघौडा घर भई हाल कारागार कार्यालय, भरतपुर चितवनमा थुनामा रहेको विक्रम महतोकी छोरी वर्ष २५ की लक्ष्मी महतो विरूद्ध प्रत्यर्थी / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार ०७१-CR-०५२० पुनरावेदक / प्रतिवादी : भारत पश्चिम चम्पारण गोवरैयादोना थाना घर भई जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. २ मा डेरा भई हाल कारागार कार्यालय, भरतपुर, चितवनमा थुनामा रहेको जुगेश्वर महतो विरूद्ध प्रत्यर्थी / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार ०७१-CR-०३७२ पुनरावेदक / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. २ बघौडा बस्ने विक्रम महतोकी छोरी वर्ष २५ की लक्ष्मी महतोसमेत कसैलाई बोक्सी वा बोक्साको आरोप लगाउनु, सताउनु, अपहेलना, वा वहिष्करण गर्नु, आक्रमण गर्नु, सामाजिक बेइजति गर्नु वा मार्नु जघन्य अपराध हो । कसैलाई बोक्सा बोक्सीको आरोप लगाउनु मात्र पनि आरोपित व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रपूर्वक हिँड्डुल, कारोबार, व्यवसाय गर्न पाउने हकउपरको आक्रमण हो । यस दृष्टिबाट यो मानव अधिकारको गम्भीर उल्लङ्घनको प्रश्न हुन आउने । बोक्सी लगाएको भनी झारफुक गर्ने गराउने, बोक्सीको आरोप लगाई हिंसामा उत्रने वा त्यस्तो हिंसा हेरी ताली पिट्नेहरू बोक्सीको अस्तित्वमा विश्वास गर्छन् । बोक्सीउपर शारीरिक वा मानसिक हिंसामा उत्रनेहरू आफूहरूले बोक्सी भनी आरोप लगाइएका व्यक्तिहरू उपर अन्याय गरेको ठान्दैनन् बरू आफूले न्याय खोजेको र दैवी शक्तिको आडमा न्याय दिएको महसुस गर्छन् । यो मान्यता र अन्धविश्वासबाट समाजलाई बाहिर ननिकालेसम्म हामी यो समस्याबाट मुक्त हुन सक्दैनौं । त्यसको निम्ति सर्वप्रथम बोक्सी-बोक्सा हुँदैनन् भन्नेमा समाजलाई विश्वास दिलाउनु पर्ने । धामी झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसैको आडमा शोषण गरिरहेका छन् भन्ने पुरूष, महिला, बाल, युवा, प्रौढ सबैलाई बुझाउन जरूरी छ । बोक्सी प्रथाका विरूद्ध मात्र होइन त्यसको कारकको रूपमा रहेको धामी झाँक्री प्रथाको विरूद्ध नै हाम्रो राज्य, कानूनी प्रणाली र न्याय व्यवस्था उभिन सक्