निर्णय नं. ९८६२ - गैंडालाई गोली हानी घाइते बनाएको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८६२ - गैंडालाई गोली हानी घाइते बनाएको भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७३/१२/१३ ३२१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७३।१२।१३ मुद्दा : गैंडालाई गोली हानी घाइते बनाएको । ०६८-CR-१०६३ पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, मेघौली गाउँ विकास समिति वडा नं. ३ घर भई हाल कारागार कार्यालय भरतपुरमा थुनामा रहेका सुकबहादुर कुमालको छोरा रणबहादुर कुमाल विरूद्ध प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालको जाहेरीले नेपाल सरकार ०६८-CR-१०६४ पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी, नयाँ बेलहानी गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय भरतपुरमा थुनामा रहेका बाबुलाल लामाको छोरा होमबहादुर लामा विरूद्ध प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालको जाहेरीले नेपाल सरकार ०६८-CR-११३६ प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालको जाहेरीले नेपाल सरकार विरूद्ध पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी, नयाँ बेलहानी गाउँ विकास समिति वडा नं. २ बस्ने बाबुलाल लामाको छोरा होमबहादुर लामा ०६८-CR-११७३ पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी, नयाँ बेलहानी गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय भरतपुरमा थुनामा रहेका बाबुलाल लामाको छोरा होमबहादुर लामा विरूद्ध प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालको जाहेरीले नेपाल सरकार ०६८-CR-११९३ पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, मेघौली गाउँ विकास समिति वडा नं.३ घर भई हाल कारागार कार्यालय भरतपुरमा थुनामा रहेका सन्तबहादुर भन्ने पंकज कुमाल विरूद्ध प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालको जाहेरीले नेपाल सरकार लोपोन्मुख प्रजातिलाई संरक्षण गर्न गैंडा मार्ने घाइते पार्ने जस्ता कसुरलाई गम्भीर कसुर मानी सजायको व्यवस्था हाम्रो विद्यमान कानूनमा समेत कठोररूपमा रहेको छ । गैंडा मार्ने योजनामा संलग्नता भए तापनि हरेक व्यक्तिको आआफ्नो कसुरको भूमिका रहेको हुन्छ । ऐनले नै तजबिजी सजायको व्यवस्था गरेको छ । तजबिजी सजायको प्रयोग पनि कसुरको मात्राअनुसार वाञ्छनीय हुने । कैद र जरिवानाको तजबिजी सजाय गर्दा न्यायकर्ताले सदैव कसुरदारको कसुरको मात्रालाई ध्यान दिनुपर्ने हुन्छ । तजबिजी सजाय गर्दा अपराधमा संलग्न व्यक्तिको पूर्व आपराधिक क्रियाकलापलाई पनि विचार गर्नुपर्ने हुन्छ । विश्वबाट नै लोपोन्मुख हुने सम्भावना भएको गैंडा प्रजातिको शिकार गरी खागको व्यापार गर्ने समूहको नेटवर्क नै हुने गरेको छ । सबै कसुरदारले गरेको कार्यको समष्टिगत परिमाणबाट नै अपराधले पूर्णता पाउने हुँदा हरेक अपराधीको भूमिका गम्भिर प्रकृतिको मान्नुपर्ने । (प्रकरण नं.११) निकुञ्ज क्षेत्रभित्र गोली चलेको तथ्य पुष्टि भइरहेको अवस्था, गैंडा घाइते देखिएको भन्ने प्रतिवेदन र प्रतिवादीहरू भेला भई बसेको घरमा पक्राउ पर्दा बरामद भएका गैंडा मार्ने बन्दोबस्तीका सामानहरू बरामद भएका परिस्थितिजन्य प्रमाण र प्रतिवादीहरूको कसुर अपराधलाई स्वीकार गरी गरेको बयान कागजातबाट आरोपित कसुरमा प्रतिवादीहरूको संलग्नता थिएन भन्न नसकिने । (प्रकरण नं.१६) पुनरावेदक / प्रतिवादीको तर्फबाट : प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल अवलम्बित नजिर : सम्बद्ध कानून : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क), दफा २८ सुरू तहमा फैसला गर्नेः प्रमुख संरक्षण अधिकृत ड