निर्णय नं. ९८६७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८६७ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०२/१६ ४९७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७४।०२।१६ ०७१-WO-०१५४ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : उदयपुर जिल्ला, पंचावती गाउँ विकास समिति वडा नं. २ घर भई हाल परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाली राजदुतावास नयाँ दिल्लीमा नेपाल परराष्ट्र सेवा, राजपत्र अनङ्कित प्रथम श्रेणी, तृतीय सचिव (नायब सुब्बासरह) पदमा कार्यरत बाबुराम सिग्द्यालसमेत विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंसमेत निश्चित समूह वा वर्गका कर्मचारीहरूका बीच हुने (आन्तरिक) प्रतिस्पर्धा र खुल्ला प्रतिस्पर्धाका बीच आधारभूतरूपमा नै भिन्नता रहन्छ । यस प्रकारको भिन्नतातर्फ विचार नगरी सबैको हकमा निजामती सेवा ऐन, २०४९ को दफा २२ (घ) र दफा २६ को व्यवस्था लागू हुन्छ भन्नु उचित नहुने । खुल्ला प्रतियोगिता र सेवा परिवर्तनका लागि गरिने आन्तरिक प्रतियोगिताको कुरामा गुणात्मकरूपमा पनि फरक अवस्था रहन्छ । खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ति भएका कर्मचारीले पहिले गरेको सेवालाई निरन्तरता दिएको अवस्थामा त्यसलाई बढुवा प्रयोजनका लागि सेवा अवधिको रूपमा गणना गर्न नमिल्ने भनी कुनै कानूनले निषेध गरेको देखिँदैन । कानूनले बन्देज नलगाएको अवस्था हुँदा निर्धारित प्रक्रियाअनुसार सेवा परिवर्तन गर्ने कर्मचारीहरूका हकमा आकर्षित हुने ऐनको दफा २२(घ) र दफा २६ अनुसारकै बन्देज खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्ति भएका कर्मचारीका हकमा पनि लागू हुन्छ भन्नु मनासिब नदेखिने । निजामती सेवा ऐनको दफा २४घ१क अनुसार गरिने बढुवा समयबद्ध पदोन्नती (Time bound promotion) सम्बन्धी व्यवस्था भएकाले यसलाई अन्य प्रकारको बढुवा प्रक्रियाभन्दा फरक अर्थमा कर्मचारीलाई लामो अवधि सेवा गरेबापत प्रोत्साहन स्वरूप गरिने बढुवाको रूपमा हेरिनु पर्ने । (प्रकरण नं. ६) पछिल्लो मितिमा बढुवा भयो भन्दैमा अनुचित र गैरकानूनी तवरबाट पहिले बढुवा हुनबाट वञ्चित गरिएको कुराको समुचित उपचार प्राप्त भएको सम्झन मिल्दैन । त्यसो गरिएमा निवेदकको वृत्ति विकासको वैद्य अपेक्षामा प्रतिकूल असर पर्न जाने अवस्था रहन्छ । समन्यायिक दृष्टिले हेर्दा पनि त्यस प्रकारको स्थिति कायम रहन दिनु उचित नहुने । (प्रकरण नं. ९) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिप्रसाद उप्रेती तथा विद्वान् अधिवक्ता नारायणप्रसाद पराजुली विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ को दफा २१(१) आदेश न्या. ईश्वरप्रसाद खतिवडा : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् ठहर आदेश यसप्रकार छः हामी निवेदकहरूको निजामती सेवामा प्रवेश निवेदक बाबुराम सिग्द्यालको मिति २०५९/४/२६, ओमकुमार भण्डारीको मिति २०६०/१/३० र भोजराज भुसालको मिति २०६०/२/१ मा भएको र समान तहको परीक्षामा सहभागी हुन पाउने कानूनी व्यवस्थाअनुसार खुला प्रतियोगिता मार्फत निवेदक बाबुराम सिग्द्याल मिति २०६६/८/१८ मा, ओमकुमार भण्डारी मिति २०६७/९/२९ मा र भोजराज भुसाल मिति २०६५/११/१५ मा परराष्ट्र सेवाको रा.प.अनं. प्रथम श्रेणीको पदमा नियुक्ति पाएको कुरामा विवाद छैन । यसैबीच आयोगद्