निर्णय नं. ९८७२ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८७२ - जबरजस्ती करणी भाग: ५९ साल: २०७४ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०८/१४ ३४७२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७३।०८।१४ ०६८-CR-०८६९ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : शेर बहादुरको छोरा जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. १५ घर भई हाल कारागार कार्यालय, मोरङमा थुनामा रहेको मुकुन्दे लिम्बु विरूद्ध प्रत्यर्थी वादी : एलिशा तामाङको जाहेरीले नेपाल सरकार कानूनमा प्रष्‍टरूपमा हाडनाताकी स्वास्नी मानिसको जबरजस्ती करणी गरेको कसुर ठहर भएमा हाडनातामा करणी गर्नेको महलमा लेखिएको सजायसमेत थपी सजाय हुने भनी व्यवस्था भएकोबाट विधायिकाले जबरजस्ती करणीसित जोडिएको हाडनाता करणीलाई अर्थात्‌ हाडनाताभित्रको स्वास्नी मानिसको जबरजस्ती करणीको कसुर हुँदा त्यसलाई जबरजस्ती करणीको मूल कसुर मानी हाडनातातर्फ थप सजायको व्यवस्था गरेको प्रष्‍ट हुने । हाडनातामा करणी भएको तर जबरजस्ती करणीको कसुर नभएको अवस्था र हाडनाताकी स्वास्नी मानिसको जबरजस्ती करणी भएको कसुरको अवस्था र प्रकृति नै फरक भएको हुँदा जबरजस्ती करणीको कसुरमा पीडित हाडनाताकी स्वास्नी मानिस भएमा जबरजस्ती करणीतर्फ छुट्टै र हाडनातातर्फ छुट्टै मुद्दा दायर हुनुपर्छ भन्ने कानूनको उद्देश्य र मनसायसमेत रहेको देखिँदैन । त्यस्तो अवस्थामा जबरजस्ती करणीको महलको २ नं.को मनसाय जबरजस्ती करणीको कसुरमा अनुसन्धान हुँदाखेरी नै हाडनातातर्फको सजायसमेत थपी अभियोग लगाउनुपर्ने । (प्रकरण नं. ४) पुनरावेदक प्रतिवादीको तर्फबाट : प्रत्यर्थी वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. सुरू फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री कोषकुमार नेम्वाङ पुनरावेदन तहमा फैसला गर्नेः मा.न्यायाधीश श्री जनार्दनबहादुर खड्का मा.न्यायाधीश श्री सत्यराज गुरूङ फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- म जाहेरवाला र मेरो श्रीमती धरान न.पा. वडा नं. ८ स्थित धनकुटे रोडमा डेरा गरी बस्दै आएको र मेरी छोरी पीडित एलिशा तामाङ, सासु, साला मुकुन्दे लिम्बु भन्‍ने मउसेर लिम्बु धरान न.पा. वडा नं. १५ स्थित बगरकोटमा रहेको घरमा बस्दै आएकोमा मिति २०६५।३।२९ को रात्रीको समयमा मेरो छोरी वर्ष १५ की एलिशा तामाङ घरमै सुती निदाई रहेको अवस्थामा प्रतिवादी मुकुन्दे लिम्बुले जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको च्याङ्वा तामाङको जाहेरी दरखास्त । जिल्ला सुनसरी धरान न.पा. वडा नं. १५ स्थित नगरकोटमा रहेको जाहेरवालाको घरभित्रका कोठामा प्रतिवादी मुकुन्दे लिम्बुले पीडित एलिशालाई जबरजस्ती करणी गरेको भन्‍ने घटनास्थल मुचुल्का । मेरो बुबा जाहेरवाला र आमा धरान न.पा. वडा नं. ८ स्थित बस्ने गर्नुहुन्छ । केही समय अगाडिदेखि म धरान न.पा. वडा नं. १५ बगरकोटस्थित मावली घरमा बस्दै आएको थिएँ । मिति २०६५।३।२९ का राति म सुती निदाइरहेको अवस्थामा मामा मुकुन्दे लिम्बुले मादक पदार्थ सेवन गरेर आई ममाथि चढेको अवस्थामा मैले थाहा पाई विरोध गर्दा मलाई चाउचाउ किनिदिने, सिनेमा हेराउनेसमेत भन्दै फकाउँदै २ पटकसम्म जबरजस्ती करणी गरेका हुन् भन्‍नेसमेत व्यहोराको पीडित एलिशा मोक्तान