निर्णय नं. ९८७३ - जग्गा दर्ता आदेशसमेत बदर गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८७३ - जग्गा दर्ता आदेशसमेत बदर गरिपाऊँ भाग: ५९ साल: २०७४ महिना: पौस अंक: ९ फैसला मिति :२०७४/०२/०९ ४०८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की फैसला मिति : २०७४।०२।०९ ०७१-CI-०१६८ मुद्दाः जग्गा दर्ता आदेशसमेत बदर गरिपाऊँ पुनरावेदक / प्रतिवादी : नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय, सडक विभाग, डिभिजन सडक कार्यालय, भरतपुर चितवन विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला चितवन, दारेचोक गाउँ विकास समिति वडा नं. ४ बस्ने भिमप्रसाद त्रिपाठीको मु.स. गर्ने सिताराम त्रिपाठी क्षेत्राधिकारको प्रश्‍न कानूनले व्यवस्थित गर्ने कुरा हो । अदालतसमेतका कुनै पनि निकायले कसैका लागि क्षेत्राधिकारको सिर्जना गर्न नमिल्ने । दर्ता भई जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएको सम्पत्ति र साबिकमा दर्ता थियो त्यसैले आफ्ना नाममा दर्ता हुनुपर्ने भन्‍ने पृथक कुरा हुन् । साबिकको दर्ताको जग्गा विवादित सम्पत्ति नै हो होइन भन्‍ने कुरा सबुद प्रमाणको मूल्याङ्कनको आधारमा बोल्नुपर्ने हुन्छ । सबुद प्रमाणको मूल्याङ्कन सुरू अधिकारक्षेत्रको विषय हुने । (प्रकरण नं. ३) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता खेमराज ज्ञवाली प्रत्यर्थी वादीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६१, अंक ४, नि.नं.७३७२ सम्बद्ध कानून : नागरिक अधिकार ऐन, २०१२ जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) न्याय प्रशासन ऐन, २०४८ को दफा ८(३) सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्यायाधीश श्री शम्भुबहादुर खड्‌का पुनरावेदन तहमा फैसला गर्ने : मा.का.मु.मुख्य न्या. श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री सरिता शर्मा फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा (१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः- म फिरादी बसोबास गरी आएको दारेचोक गाउँ विकास समिति, वडा नं. ४ मुग्लिन क्षेत्र साबिक जिल्ला धादिङ, २९/१ कुरिनअन्तर्गत पर्दथ्यो, साबिक कुरिनटारको मुखिया जगनिधी त्रिपाठी तथा बाबु गौरीकान्त मर्दा दामकाम गर्ने जिम्माको मोठभित्रको २००० सालदेखि म भिमप्रसादको तिरो भोगचलन गरी आएको पूर्व जगनिधी, पश्‍चिम उत्तर एवं मुरेखेत, दक्षिणको तारानिधी यति ४ किल्लाभित्रको चनौठे भन्‍ने खेत हो । सम्पूर्ण प्रमाण मालपोत कार्यालयमा र राजुराम सिलवाले गरेको फिरादमा प्रस्तुत गरिएको छ । साथै नन्दप्रसादले टेकनाथलाई २०१५।११।६ मा गरेको लिखतबाट पनि मेरो जग्गा भएको प्रष्ट छ । मेरो हकको जग्गामा चिनियाँ ठेकेदारले कुनै प्रकारको निर्माण नगरी ट्रक र अन्य गाडी तथा निर्माण सामाग्री राख्‍नको लागि टिनको छानो बनाई राख्दै आएको सो जग्गा २०६० सालतिर छाडी गएको हुन् । छाडी गएका काठहरू गाउँलेले उठाई लगेर मेरोतर्फबाट जग्गामा आवाद गुल्जार गरी घर निर्माण गरी चलन गरी आएको छु । २०४४/०४५ सालतिर ब्रिटिसहरू आई यो जग्गा हामीलाई प्रयोग गर्न देउ हामीले निर्माण गरेको घर जग्गा तिमीलाई नै छाडी जाने छौं भनेका हुनाले ब्रिटिसहरूले आफ्नै खर्च लगाई घर निर्माण गर्ने गरी आएको घरको पूर्वमा सडक कार्यालयलाई दिएको पश्‍चिमतिरको घर जग्गा ०४८/०४९ सालतिर हाल काउन्स्टेज भन्‍ने ठेकेदार उठी जाँदा गाउँलेहरूले घर भत्काई लान नपाई केही काठपात लगेकोमा हामीहरूले आफ्नो खर्च लगाई पुनः निर्माणसमेत गरी बिजुली मिटर राखी बसोबास भोग चलन गरी आएका छौं । पृथ्वीराजमार्ग सुरू गर्दा सामाग्र