निर्णय नं. ९८७४ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८७४ - अंश दर्ता भाग: ५९ साल: २०७४ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०७/२४ ५००१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे फैसला मिति : २०७३।०७।२४ ०६८-CI-१०३० मुद्दा : अंश दर्ता पुनरावेदक / वादी : उदयपुर जिल्ला, जोगिदह गा.वि.स. वडा नं. ८ बस्ने मेनसु कुमारी चौधरीसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : उदयपुर जिल्ला, जोगिदह गा.वि.स. वडा नं. ८ बस्ने सबुरलाल चौधरीसमेत कुनै अंशियारको निजी आर्जनको सम्पत्ति बन्डा गर्न कर लाग्दैन भनी व्याख्या गर्दा सोही मुलुकी ऐन, अंशबन्डा महलको १० नं. ले सिर्जना गरेको लोग्ने र बाबु आमाको दायित्वसमेतलाई विचार गर्नुपर्ने हुन्छ । अंशबन्डाको १० नं.को कानूनी व्यवस्थाबाट लोग्ने वा बाबु आमाले जुनसुकै व्यहोराबाट प्राप्त गरेको सम्पत्ति छोरा छोरी र श्रीमतीको लागि पैतृक सम्पत्ति मान्नु नै पर्ने हुन्छ । बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति निजका छोराहरूको लागि पैतृक सम्पत्ति भई अंशहक लाग्ने । (प्रकरण नं. ६) पुनरावेदक वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र विद्वान् अधिवक्ता खगेन्द्र राउत प्रत्यर्थी प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता अविनास कुमार प्याुकरेल अवलम्बित नजिर : ने.का.प. २०६४, अंक २, नि.नं.७८१४ सम्बद्ध कानून : मुलुकी ऐन, अंशबन्डाको १० नं., १८ नं. सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री यज्ञराज भट्ट पुनरावेदन तहमा फैसला गर्ने : मा.का.मु. मुख्य न्या. श्री लोकेन्द्र मल्लिक माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल फैसला न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- विपक्षीमध्येका सबुरलाल चौधरी हामी फिरादीहरूका बाजे तथा ससुरा, विपक्षी पल्टीदेवी सासु तथा बज्जै, विपक्षी अच्युतानन्द चौधरी देवर तथा काका नाताका तथा विपक्षी सचितानन्द पति तथा पिता नाताका मानिस हुन् । मूल अंशियार जम्मा ४ अंशियार हुन् । विपक्षी र हामीहरूको बीचमा अंशबन्डा भएको छैन । बन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति विपक्षीहरूकै जिम्मामा छ । विपक्षीमध्येका सचितानन्द चौधरी र म फिरादी कलावती चौधरीका बीचमा २०४८ सालमा विवाह भई १ छोरा र २ छोरीको जायजन्म भइसकेपछि विपक्षी पतिले मलाई हेला हेचो गरी मिति २०६०।८।१५ गते घरबाट निकाला गरी खान लाउन नदिएको र अंश माग गर्दा दिन इन्कार गरेको हुँदा विपक्षीहरूबाट तायदाती फाँटवारी लिई सम्पूर्ण सम्पत्तिको पहिला ४ अंश भाग लगाई ४ भागको १ भाग पति सचितानन्दको भागमा पर्ने सम्पत्तिलाई पुनः ५ भाग लगाई ४ भाग सम्पत्ति अंश छुट्टयाई पाउँ भन्ने फिराद दाबी । प्रतिवादीमध्येकी म पल्टीदेवी चौधरीले बकसपत्रबाट पाएको गाईघाट ३(क) कि.नं. ११६३ को ०-१-१७१/२ जग्गाबाहेक अन्य हामीहरूसँग भएका जग्गा र घरसमेत सम्पूर्ण सम्पत्ति ४ भाग लगाई सचितानन्दको १ भागबाट नरमगरम मिलाई छुट्टयाई लिएमा हाम्रो मन्जुरी छ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको प्रतिउत्तर जिकिर । वादी र प्रतिवादीहरूबीच नाता पुस्ता र अंशियार भएको कुरामा कुनै विवाद नदेखिएको र निजहरूबीच यस अघि अंशबन्डा भइसकेको भन्ने पनि मिसिल संलग्न प्रमाणहरूबाट देखिन नआएको अवस्था हुँदा पेस दाखिल हुन आएको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिमध्ये प्रतिवादी पल्टीदेवीले आफ्नो भाइ किसन चौधरीबाट बकसपत्रबाट प्राप्त गरेको जग्गामध्ये कि.नं. १