निर्णय नं. ९८७७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८७७ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/१२/२७ ५२६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की आदेश मिति : २०७३।१२।२७ ०६९-WO-०२२० मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : धनुषा जिल्ला, हंसपुर कठपुल्ला गा.वि.स. वडा नं.६ घर भई पशु विकास अधिकृत पदबाट अनिवार्य अवकाश प्राप्त जनकप्रसाद कामत विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंसमेत । निजामती कर्मचारीले एकपटक प्राप्त गरेको सेवा सुविधालाई सोको कुनै वैकल्पिक व्यवस्था नगरी निजलाई सोबाट वञ्चित गर्नु न्यायोचित हुँदैन । यदि यी निवेदक जस्ता कर्मचारी सो सातौं संशोधन हुनुभन्दा अघिल्लो दिन अवकाश पाएको भए अस्थायी सेवा अवधिसमेत जोडी निवृत्तिभरण पाउनेमा हाल झन् बढी सेवा गरेको अवस्थामा सो अस्थायी सेवा अवधि जोड्न नपाउने भन्ने हुँदैन । यस्तो भएमा कर्मचारीको सम्पत्तिसम्बन्धी हक र सामाजिक सुरक्षासम्बन्धी हकमा आघात पर्न जाने । नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा ४ को खण्ड (ग) मा खारेज भएको कुनै ऐनबमोजिम पाएको हासिल गरेको वा भोगेको कुनै हक सुविधा कर्तव्य वा दायित्वमा असर पर्ने छैन भन्ने उल्लेख भएबाट पनि नियमावलीमा भएको पछिल्लो संशोधनले कटौती गरेको अस्थायी सेवा अवधि नजोडिने भन्ने व्यवस्था यी निवेदकका हकमा लागू नहुने गरी व्याख्या गर्नुपर्ने हुन्छ । त्यसैले संशोधनपूर्व नियम १२३(१) (ख) को व्यवस्थाद्वारा दिइरहेको सुविधा वैकल्पिक व्यवस्थाविना नियमावलीमा पछि भएको संशोधनले निवेदक जस्ता कर्मचारीहरूको हकमा समेत कटौती गर्ने विधायिकाको मनसाय थियो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ६) सम्बन्धित कर्मचारीको स्वीकृतिविना सेवा सुविधामा प्रतिकूल असर पर्ने गरी परिवर्तन गर्न नपाइने भनी कानूनले नै व्यवस्था गरेको हुन्छ । तसर्थ यी निवेदक कार्यरत नै रहेको अवस्थामा अस्थायी सेवा अवधि जोडी निवृत्तिभरण प्रदान गरिने कानूनी व्यवस्थालाई निज कार्यरत नै रहेको अवस्थामा सो व्यवस्थालाई हटाई भएको संशोधनले यी निवेदकले पाउने सेवा सुविधाको हकमा प्रतिकूल असर पर्न जाने देखिएकोले निजको हकमा साबिक अस्थायी सेवा अवधि जोडी निवृत्तिभरण प्रदान गरिने व्यवस्था नै लागू हुने । (प्रकरण नं. ७) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव विपक्षीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी अवलम्बित नजिर : ने.का.प. २०१७, अंक ५, नि.नं.१०३ सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ को दफा ३३, ३७ निजामती सेवा नियमावली, २०५० को नियम १२३(१)(क) आदेश न्या. केदारप्रसाद चालिसे : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) तथा वर्तमान नेपालको संविधानको १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छः- मैले तत्कालीन श्री ५ को सरकार कृषि मन्त्रालय, पशु विकास तथा पशु स्वास्थ्य विभागको मिति २०४०/१२/०५ को निर्णयानुसार राजपत्रअनङ्कित प्रा.स. पदमा अस्थायी नियुक्ति पाई मिति २०५०/०२/०२ सम्म निरन्तर कामकाज गर्दै आएकोमा कृषि मन्त्रालय, कृषि विभाग, क्षेत्रीय कृषि विकास निर्देशनालयको मिति २०५०/०२/०३ को निर्णयअनुसार जिल्ला विकास कार्यालयतर्फको रिक्त पदमा १ वर्षको परीक्षणकाल रहने गरी स्थायी नियुक्ति पाएको हुँ । मिति २०६४/१०/०१ देख