निर्णय नं. ४३१९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३१९ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०६/०७ २८३६ निर्णय नं. ४३१९ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४६ सालको रि.नं. ८५५ आदेश भएको मिति : २०४८।६।७।२ मा निवेदक : श्री ५ को सरकार गृहमन्त्रालयमा शा.अ.मा सेवारत उपेन्द्रप्रसाद अधिकारी विरुद्ध विपक्षी : लोकसेवा आयोग कमलपोखरी काठमाडौंसमेत विषय : उत्प्रेषण(साविक पेज नं. ३३६) (१) निजामती सेवा भित्र शाही सैनिकमा काम गरेको शाही सैनिक सेवालाई समावेश गरेको नपाइने । (प्रकरण नं. ३१) (२) सैनिक अधिकृतको पद गैर निजामती सरकारी पद हुने भनी लोकसेवा आयोग (कार्यविधि) ऐन, २०२० को दफा २ को खण्ड (ज) मा उल्लेख भएको र निजामती सेवा नियमावली, २०२१ लोकसेवा आयोग (कार्यविधि) ऐन, २०२० को अधीनमा रही लागू हुनेछ भनी नि.से.नि., २०२१ को नियम १.२(३) मा उल्लेख भएकोले सैनिक अधिकृत भई काम गरेको पदलाई निजामती पद एवं निजामती कर्मचारी मानी नेपाल निजामती सेवा ऐन अन्तर्गतको सेवा भित्र समावेश भएको र सो सेवामा कायम गरेको भन्ने स्थिति नदेखिने । (प्रकरण नं. ३१) (३) शाही सैनिकमा काम गरी बीचमा नोकरी टुटेका कुनै व्यक्ति लोकसेवा आयोगको खुला प्रतियोगितात्मक परीक्षामा उत्तीर्ण भई नेपाल प्रशासन सेवाको राजपत्राड्ढित पदमा नियुक्त भएका त्यस्ता व्यक्तिको शाही सैनिक भई काम गरी बीचमा टुटेको अवधि समेत जोडी ४ वर्ष भन्दा बढी हुन आउँछ भने त्यस्तो व्यक्ति बढुवाका लागि संभावित उम्मेदवार हुन सक्छ भनी नि.से.नि., २०२१ को नियम ३.३.८(क) मा व्यवस्था भएको समेत नदेखिँदा बढुवाको लागि निवेदकलाई उम्मेदवार नगराएको विपक्षी समिति एवं लोकसेवा आयोगको निर्णयलाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. ३१) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुड्डाना विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. निवेदकले २०३०।१०।२५ मा शाही नेपाली सेनाको सहायक सेनानी पदमा नियुक्ति पाई उपसेनानी एवं सहसेनानी पदमा मिति २०४२।२।१७ सम्म कार्यरत रही उक्त पदहरु सबै राजपत्रांकित तृतीय श्रेणीका हुन, त्यसपछि मिति ०४३।६।५ देखि हालको शाखा अधिकृत पदमा कार्यरत छु शाही सेनामा गरेको उक्त नोकरी पनि पेन्सन उपदान बढुवा सबैको लागि गणना हुने भनी निजामती किताबखानाले मलाई मिति ०४६।४।२ मा पत्र दिएको छ । ३. लोकसेवा आयोगले राजपत्रांकित द्वितीय श्रेणी सहायक सचिव पद २७ बढुवाबाट पूर्ति गर्ने कुरा सूचना नं. २७६।०४५ गोरखापत्रमा प्रकाशित गरेकोले र मेरो (साविक पेज नं. ३३७) नोकरी अवधि सो बढुवा हुने पदभन्दा एक तह तल्लो अर्थात राजपत्रांकित तृतीय श्रेणीमा ४ वर्षभन्दा बढी भएकोले निवेदक सामान्य उम्मेदवार हुन पाउने भनी सामान्य प्रशासन मन्त्रालयको मिति ०४५।३।२० को पत्रले समेत स्पष्ट परेकोले आफ्नो सबै विवरण साथ विपक्ष आयोग समक्ष दर्खास्त दिएको थिएँ । ४. मिति ०४६।५।७ को गोरखापत्रमा प्रकाशित नाममा सबभन्दा कम अंक २५५, ३९७ पाउने सम्मको नाम सिफारिश गरिएको रहेछ । मैले राजपत्रांकित तृतीय श्रेणीमा शाही नेपाली सेनामा ११ वर्ष ३ महीना २२ दिन र हालको शाखा अधिकृत पदमा ०४३।६।५ देखि ०४५ आषाढ मसान्त सम्म गरी राजपत्रांकित तृतीय श्रेणीको पदमा मेरो नोकरी १३ वर्ष १