निर्णय नं. ९८८२ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८८२ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: पौस अंक: ९ फैसला मिति :२०७४/०४/३२ ५८८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७४।०४।३२ ०७१-WO-०१८९ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : बाँके जिल्ला नेपालगञ्ज नगरपालिका वडा नं.८ बस्ने संदीप कुमार अग्रवाल विरूद्ध विपक्षी : बाँके जिल्ला नेपालगञ्ज नगरपालिका वडा नं.८ बस्ने प्रमोदकुमार अग्रवाल ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भन्ने न्यायको मान्य सिद्धान्त हो । न्याय ढिलो हुनु हुँदैन न्याय ढिलो हुँदा मुद्दाको पक्षहरूले न्याय प्राप्त गर्न सक्दैनन् र न्याय पाइहाले पनि ठूलो खर्च र कष्टका साथ मात्र न्याय प्राप्त भएको अनुभूति हुन जाने । अदालतले आफूले गरेको फैसला सजिलोसँग कार्यान्वयन पनि गरिदिनु पर्छ । फैसलाको छिटो, सरल र प्रभावकारी कार्यान्वयन नै न्यायपालिका र न्याय प्रदान गर्ने अदालतको मुख्य उद्देश्य रहेको हुन्छ । मुद्दा जित्‍ने पक्षको चाहाना, आकांक्षा र उद्देश्य नै यही हुने । (प्रकरण नं. ५) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्यामकृष्ण खरेल विपक्षीको तर्फबाट : विद्वान् अधिवक्तात्रय मधुर पाठक, सुरेशकुमार पौडेल र राकेशकुमार शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, दण्ड सजायको ४६ नं. जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८(ख) आदेश न्या. तेजबहादुर के.सी.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- वादी म निवेदक संदीप कुमार अग्रवाल प्रतिवादी विपक्षी प्रमोदकुमार अग्रवालसमेत भएको अंश मुद्दामा मन्जुदेवीको नामको कि.नं.१२२६ को जग्गाबाहेक फाँटवारीमा उल्लिखित अरू सम्पत्तिबाट ५ खण्डको १ खण्डबाट अविवाहित अंशियारहरूको कानूनबमोजिम विवाह खर्च पर सारी ७ खण्ड अंश वादीले पाउने ठहर्छ भनी श्री बाँके जिल्ला अदालतबाट मिति २०६५।५।२५ गते फैसला भएकोमा सो फैसलाउपर प्रतिवादी प्रमोदकुमार अग्रवालले श्री पुनरावेदन अदालत, नेपालगञ्जमा पुनरावेदनपत्र दर्ता गरेकोमा श्री बाँके जिल्ला अदालतको मिति २०६५।५।२५ गतेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भनी २०६७।२।२५ गते पुनरावेदन अदालत, नेपालगञ्जबाट फैसला भएको थियो । श्री बाँके जिल्ला अदालतको फैसलापश्‍चात् श्री पुनरावेदन अदालत, नेपालगञ्जमा मुद्दा चल्दाचल्दै बाजे रघुनाथप्रसाद अग्रवालको आफ्नो कालगतिले मिति २०६६।१०।२२ गते मृत्यु भइसकेकोले उल्लिखित फैसलासमेत अनुसार आफ्नो अंश भाग छुट्याई पाउन मैले श्री बाँके जिल्ला अदालतमा मिति २०६८।१।९ गते दरखास्त दिएको थिएँ । सो फैसलासमेत अनुसार अंश छुट्याई पाउन प्रतिवादी प्रमोदकुमार अग्रवालले मिति २०६७।१०।२७ गते, प्रतिवादी राजेन्द्रप्रसाद अग्रवालले मिति २०६८।१।९ गते तथा प्रतिवादी बिमलादेवी अग्रवालले २०६८।८।१५ गते श्री बाँके जिल्ला अदालतमा दरखास्त दिएका थिए । प्रतिवादी सत्येन्द्र कुमार अग्रवालले अंश छुट्याई पाउन दरखास्त दिएका थिएनन् । प्रतिवादी प्रमोदकुमार अग्रवालसँग २०६८।१२।१ गते चेकबाट रू.८,००,०००।- र मिति २०६९।१।१८ गते चेकबाट रू.२,००,०००।- समेत जम्मा रू.१०,००,०००।- (दश लाख) प्रतिवादी बिमलादेवी अग्रवालले बुझी लिइसकेको सोबापत तपसिलको घर जग्गामध्ये ४ भागको १ भाग बिमलादेवी अग्रवालको अंश हकको घरजग्गा प्रमोदकुमार अग्रवालले अंश हकमा राखी बन्डा छुट्याई निजकै नाममा दा.खा. दर्ता हुने गरी र सोबाहे