निर्णय नं. ९८८३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८८३ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १० फैसला मिति :२०७४/०९/१३ ३४१० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे फैसला मिति : २०७४।०९।१३ ०७३-NF-००२५ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जिल्ला नुवाकोट, गाउँ विकास समिति लज्याङ वडा नं. ६ घर भई हाल कारागार कार्यालय काठमाडौं अन्तर्गत केन्द्रीय महिला कारागारमा थुनामा रहेकी लाक्पा देकी लामा (शेर्पा) विरूद्ध विपक्षी वादी : छिरिङ लाबु लामाको जाहेरीले नेपाल सरकार अपराधीलाई दिइएको सजायबाट भविष्यमा समाजमा अरूले त्यस्तै प्रकृतिको कसुर नगरून् र समाज भयमुक्त रहोस् भन्ने दण्डको उद्देश्य भएपनि सजाय पाएको अभियुक्तले सजाय व्यतितपश्चात् समाजमा पुनर्स्थापित हुने अवस्थासमेत गराउनुपर्ने भन्ने दण्डको आधुनिक मान्यता स्थापित भएको पाइने । न्यायकर्ताले न्याय पार्ने उद्देश्य लिई सजायको मात्रा निर्धारण गर्नुपर्ने हुन्छ । यान्त्रिकरूपबाट अधिकतम सजाय गरेमा न्यायको उद्देश्य परास्त हुन जाने । अपमानित मनोदशामा रहेकी प्रतिवादीबाट घट्न गएको यस्तो वारदातमा अ.बं.१८८ बमोजिम ७ (सात) वर्ष सजाय हुन मानवीय र न्यायिक दृष्टिकोणबाट उपयुक्त हुने । (प्रकरण नं. ८) पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता रामप्रसाद ढुंगेल विपक्षी / वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गणेशबाबु अर्याल अवलम्बित नजिर : ने.का.प. २०६१, अंक ६, नि.नं.७३९९ सम्बद्ध कानून : मुलुकी ऐन, अ.बं.१८८ नं. सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री भोजराज शर्मा पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय यस अदालतमा फैसला गर्नेः मा.न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) बमोजिम पुनरावलोकनको अनुमतिका लागि परेको निवेदनमा यस अदालतबाट पुनरावलोकनको अनुमति प्राप्त भई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः- म जाहेरवाली मृतक सार्की लामाको कान्छी श्रीमती हुँ, प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) सार्की लामाको जेठी श्रीमती हुन् । निज काठमाडौं जिल्ला जोरपाटी ३ स्थित बस्दै आएकी थिइन् । म तथा श्रीमान् सार्की लामा काठमाडौं स्वयम्भू स्थितमा बस्दै आएका थियौं । श्रीमान् कहिले प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) को कोठामा जाने गर्नुहुन्थ्यो । जोरपाटीस्थित निज लाक्पा देकी लामा (शेर्पा) को कोठामा गएको अवस्थामा श्रीमान्लाई निज प्रतिवादीले कुटपिट गर्ने गर्दथे । मिति २०६८।१।२३ गतेका बेलुका श्रीमान् सार्की लामा जोरपाटीस्थित प्रतिवादीको कोठामा आउनुभएको थियो । सो बेलुका राति अ.२३.०० बजेतिर फोनमार्फत श्रीमान् तातो तेलले डढेर घाइते भएको र स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भनेपछि मसमेत तत्काल स्तुपा सामुदायिक अस्पतालमा आई हेर्दा श्रीमान् तेलले टाउकोसमेतमा जलेर घाइते अवस्थामा देखेँ । श्रीमान्सँग सोधपुछ गर्दा लाक्पा देकी लामा (शेर्पा) ले तातो तेल खन्याई दिएको हो भन्नुभयो । घटनाबारेमा बुझ्दा श्रीमान् र श्रीमान्को दिदी ठुली लामा र अक्कलमान मोक्तानसमेत निज लाक्पा देकी लामा (शेर्पा) को कोठामा गएका र लाक्पा देकी लामा (शेर्पा) ले खाने तेल तताएर श्रीमान् सार्की लामालाई टाउकोबाट खन