निर्णय नं. ९८८५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८८५ - उत्प्रेषण भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १० फैसला मिति :२०७३/११/१२ ४४९१ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति २०७३।११।१२ ०७२-WF-०००२ विषय : उत्प्रेषण निवेदक : जिल्ला डोटी बर्छो गा.वि.स. वडा नं. ४ बस्ने नयनबहादुर नामजाली मगरसमेत विरूद्ध विपक्षी : जिल्ला वन कार्यालय, डोटी राज्यले व्यक्तिको निजी सम्पत्तिको उपयोगमा बन्देज लगाउँदा निश्चित कानूनी सीमा, प्रक्रिया, मापदण्ड र कार्यविधिहरूको परिधि (Ambit) भित्र रहेर गर्नु पर्दछ । त्यस्ता परिधि, आधार र सीमाहरू राज्यले कानूनद्वारा निर्धारण गरेको हुन्छ । त्यसैले राज्यले व्यक्तिको निजी सम्पत्तिको प्रयोग वा उपयोगमा रोक वा बन्देज लगाउँदासमेत कानूनले निर्दिष्ट गरेका आधार, सीमा तथा न्यायिक मूल्य र मान्यताभित्र रहेर गर्नुपर्ने । (प्रकरण नं. ५) राज्यले सार्वजनिक हितको लागि व्यक्तिको निजी सम्पत्तिमा समेत कानूनबमोजिम नियन्त्रण र नियमन गर्न सक्छ । सार्वजनिक हित भन्नाले कुनै खास व्यक्ति वा व्यक्तिहरूको व्यक्तिगत हितमा मात्र सीमित हुँदैन । सार्वजनिक हित बहुजनहिताय अर्थात् बहुसंख्यक सर्वसाधारण जनता वा जनसमुदायको वृहत्तर हितसँग सार्थक सम्बन्ध रहेको हुँदा राज्य यस्ता विषयमा बढी संवेदनशील हुनै पर्ने । (प्रकरण नं. ६) मानव जीवनका लागि स्वच्छ वातावरण अपरिहार्य हुन्छ । प्रदूषित वातावरणमा मानव जीवनको मात्र होइन समस्त प्राणी र वनस्पति जगतकै अस्तित्व खतरामा पर्दछ । यस स्थितिमा समस्त मानव जातिको बाँच्न पाउने हक नै समाप्त हुने । प्रदूषित वातावरणको असर कुनै व्यक्ति, समूह, समाज र देशभित्र मात्र सीमित नभई यसको प्रभाव, असर र दुष्परिणाम समस्त मानव, प्रकृति र यहाँका जीवजन्तुहरूमा पर्दछ । वातावरण संरक्षणको विषय कुनै राष्ट्रको सीमा वा राष्ट्रियताको परिधिभन्दा व्यापक आवश्यकतासँग सम्बन्धित छ । त्यसैले वातावरण संरक्षण गरिनु र हुनु आज समस्त विश्वकै साझा चिन्ता, चासो, सरोकार र हितको विषय हुने । (प्रकरण नं. ७) कुनै व्यक्तिको दर्ताको जग्गामा रहेका रूखहरू निजी सम्पत्ति भए तापनि रूख विरूवा जस्ता जैविक विविधता रहेको वस्तुहरूले सार्वजनिकरूपमा नै पर्यावरणलाई बचाई राख्न मद्दत दिइरहेको हुन्छ । तसर्थ यस्तो वस्तुको उपभोग, प्रयोग पर्यावरण र जैविक विविधतालाई क्षति नहुने गरी हुनु वाञ्छनीय हुने । (प्रकरण नं. ९) सम्मानपूर्वक बाँच्न पाउने हकको अर्थ It does not mean only animal existence, it means right to life with human dignity भन्ने भएकोले यस हकले सबै प्रकारको मौलिक एवं मानव अधिकारको उपभोग गर्दै प्रदूषणरहित स्वच्छ वातावरणमा बाँच्न पाउने हकसमेतलाई समेट्ने । (प्रकरण नं. ११) जैविक विविधता र वातावरण संरक्षणको लागि जुनसुकै क्षेत्र चाहे त्यो सार्वजनिक वन होस् वा निजी वन नै किन नहोस् तोकिएका वन पैदावारमा व्यापारिक प्रयोजनका लागि कटान एवम् ओसारपसारमा प्रतिबन्ध लगाउन सक्ने नै देखिने । (प्रकरण नं. १९) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता नन्दप्रसाद अधिकारी विपक्षीको तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता किरण पौडेल र सहन्यायाधिवक्ता रमा पराजुली अवलम्बित नजिर : स.अ.बुलेटिन, वर्ष १०, अङ्क १७, पूर्णाङ्क २२७, पुस १-१५, २०५८, पृ.९ ने.का.प. २०६३, अंक २, नि.नं.७६५७, पृ.२७० सम्बद्ध कानून : आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको