निर्णय नं. १५३० - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५३० - उत्प्रेषणको आदेश जारी गरि पाऊँ । भाग: २४ साल: २०३९ महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/०१/२८ २२१९ निर्णय नं. १५३० ने.का.प. २०३९ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको रिट नं. १७१२ आदेश भएको मिति : २०३९।१।२८ मा निवेदक : झापा जिल्ला अनारमुनी गा.पं.वडा नं.४ बस्ने मदनबहादुर बस्नेत विरुद्ध विपक्ष : ऐ.ऐ.बस्ने तुलसीराम कटेल, भूमिसुधार कार्यालय, झापा बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धि ऐन, २०२१ को दफा २५ (२) बमोजिम मोही हुनलाई ऐनको दफा ३४(१) अनुसार मोही र जग्गावालाको बीचमा तोकिए बमोजिमको लिखित कबुलियत हुनुपर्छ र दुवैको सहिछाप भएको कबुलियतको अर्को एक प्रतिलिपि स्थानीय पञ्चायतमा दाखिल गर्नु पर्ने अनिवार्यता छ । सो को अभावमा विवादको कि.नं.४८ को मोही विपक्षीलाई ठहर गरेको सो ऐन, ०२१ को दफा ३४(१) को त्रुटि भएको हुँदा सो हदसम्म भूमिसुधार कार्यालय झापाको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर हुने । (प्रकरण नं. १३) आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार कार्यालय झापाको मिति ०३७।११।१४।४ को निर्णय बदर गरी पाउँ भनी मिति ०३८।३।१८ मा दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर निम्न प्रकार छन् : २. मदनबहादुर बस्नेत दर्ता भएको अर्जुनधारा गा.पं.वडा नं.४ को कि.नं.४५ र ४८ मध्ये ज.बि.१–५–० जग्गाको साविक मोही गंगाप्रसादले छाड्दा विपक्षीले धान ८ मन २० शेर बुझाउने शर्तमा ०२५ सालदेखि कमाई गर्न दिनु भएकोले ०२८ सालसम्म शर्त बमोजिम बाली बुझाई आएँ। तर भरपाई दिने गरेका थिएनन् । २०२९ सालको बाली देखि हालसम्म बाली धरौट राखी आएको र ०२९/०३० सालको बाली गा.पं.बाट विपक्षीले बुझी लगिसकेका छन् । निजले ठेक्का बुझी लिई दिएको भरपाई गा.पं.मा छ बुझीपाउँ । गा.पं.को सरजमिन र सिफारिससमेत छन् सोसमेत बुझी उक्त जग्गामा मोहीहक कायम गरीपाउँ भन्नेसमेत व्यहोरा को विपक्षी तुलसीराम कटेलको विपक्षी भूमिसुधार कार्यालय झापामा निवेदन उजुरी रहेछ । ३. विपक्षीले उल्लिखित जमीन ०२५ सालदेखि कमाई आएको भनी उल्लेख गरेका छन् सो सरासर झुट्ठा हो । उक्त जग्गामा दर्तावाला मोही गंगाप्रसाद दाहालले छोडी बेपत्ता भएकाले सो जमीन आफैंले कमाई गरी भोगी आएको छु भन्ने समेत व्यहोराको रिट निवेदक वादी मोही होइनन् भनी प्रतिवादीले प्रतिउत्तर दिएको देखियो तर वादीलाई मोही मानी प्रतिवादीले २०२९ सालको बाली बुझी पञ्चायतको रोहवरमा ठेकमा बुझेको भरपाई गरी दिएको देखिँदा र तत्पश्चात साल सालैको बाली सम्बन्धीत गा.पं.र यस कार्यालयमा समेत जग्गाधनीले पाउने गरी धरौटी रहेको देखिँदा वादीलाई प्रतिवादीका मोही होइन भन्न नसकिने । साथै साविक मोही समेत छैनन् भनी यस कार्यालयमा निजै वादी प्रतिवादी भएको मि.नं.१५१/१८४ बाट समेत देखिँदा र मोहीले वादीको दावी गरेको उक्त जग्गा छोडी सकी मैले नै जोती कमाई आएको छु भन्ने प्रतिवादीको जिकिरबाट समेत साविक दर्तावाला मोही उक्त जग्गामा जोत्न छाडी सकेको भन्ने पुष्टि हुन आउँदा साविक मोही नभएका नाताबाट वादीले नै जोत्ने शर्त गरी उक्त जग्गा जोती रहेको देखिँदा वादीले दावी लिए बमोजिम अर्जुनधारा गा.पं.वार्ड नं.४ को कि.नं.४५ मध्ये पश्चिमतर्फबाट ज.वि.१–०–० र कि.न ४८ को पूर्वतर्फबाट ज.वि.०–५–० समेतको साविक मोहीको लगत कट्टा गरी वादी तुलसीराम कटेलका नाउँमा उक्त कित्त