निर्णय नं. ९८८९ - अपहरण तथा शरीर बन्धक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८८९ - अपहरण तथा शरीर बन्धक भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १० फैसला मिति :२०७४/०५/०४ ५६१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।०५।०४ मुद्दाः- अपहरण तथा शरीर बन्धक ०७१-CR-१३८७ पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं. १३ मा घर भई हाल कारागार कार्यालय पर्सा वीरगञ्जमा कैदमा बसेको पन्नालाल सहनी विरूद्ध प्रत्यर्थी / वादी : अशोक अग्रवालको जाहेरीले नेपाल सरकार ०७१-CR-१५६८ पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं.१३ को हाल कारागार कार्यालय, पर्सा वीरगञ्जमा कैदमा रहेको कुनाल अग्रवाल विरूद्ध प्रत्यर्थी / वादी : अशोक कुमार अग्रवालको जाहेरीले नेपाल सरकार ०७१-CR-१६२१ पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा.नं.१४ हाल वडा नं.१३ घर भई कारागार कार्यालय पर्सामा कैदमा रहेको राजन बाबु बानिया विरूद्ध प्रत्यर्थी / वादी : अशोक अग्रवालको जाहेरीले नेपाल सरकार ०७३-CR-०१०९ पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं.१३ घर भई कारागार कार्यालय पर्सामा कैदमा रहेको सिकेन्दर यादव विरूद्ध प्रत्यर्थी / वादी : अशोक अग्रवालको जाहेरीले नेपाल सरकार अपहरण तथा शरीर बन्धक लिने अपराध संगठित तवरले हुने गरकोले त्यस्तो अपराधमा प्रायः एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको हुन्छ । यस्ता प्रकृतिको अपराधमा विभिन्न व्यक्तिहरूको विभिन्न भूमिका हुन सक्ने र मुख्य वारदात घटाउने स्थलमा वास्तविकरूपमा वारदातमा संलग्न व्यक्तिहरू भन्दा कम संख्यामा व्यक्तिहरू उपस्थित भई वारदात घटाएको हुने । तर यस्तो वारदातमा घटनास्थलमा नदेखिने व्यक्तिहरूको भूमिका गौण वा सहायक नहुने । निजहरूको भूमिका वारदात स्थलमा देखिने व्यक्तिहरूको जत्तिकै वा अझै महत्त्वपूर्ण हुने । (प्रकरण नं. १२) अपहरणसम्बन्धी अपराध मानवता विरूद्धको अपराध भएको र त्यस प्रकृतिको अपराधमा संलग्न व्यक्तिहरूको पृथकपृथक भूमिका रहने हुँदा वारदात स्थलबाट पक्राउ नपर्दैमा कसुरमा संलग्न रहेको छैन भनी निष्कर्षमा पुग्न नमिल्ने । अपहरित नाबालकलाई उद्धार गर्ने क्रममा भएको गोली हानाहानबाट दुईजनाको मृत्यु भई नाबालकको उद्धार गरी ल्याइएको तथ्य प्रहरी कर्मचारीहरूको बकपत्रबाट समर्थित भइरहेकोमा जाहेरवाला र पीडितको बकपत्र नहुँदैमा कसुर नै स्थापित नभएको भन्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता रामाशिष यादव र वैतनिक अधिवक्ता शोभा कार्की प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रमा पराजुली अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री अमृतबहादुर बस्नेत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर भई यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- मेरो नाति वर्ष ८ को श्‍लोक अग्रवाल मिति २०६९।१०।१३ को बेलुका ५ बजेतिर वीरगञ्ज १३ स्थित टाउन हल नजिक बालमन्दिरमा खेल्ने क्रममा हराएकोले उसको साथीहरू तथा आफ्ना आफन्त, साथी, नातेदारकहाँ सोधपुछ गर्दासमेत कहीँ कतै नरहेकोले हराएको हुँदा खोजतलास गरिपाउँ भन्‍नेसमेत व्यहोराको गोवर