निर्णय नं. ९८९० - अपहरण तथा कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८९० - अपहरण तथा कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १० फैसला मिति :२०७४/०३/१९ ३२६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७४।०३।१९ मुद्दाः अपहरण तथा कर्तव्य ज्यान ०७१-CR-०९४१ पुनरावेदक / प्रतिवादी : जिल्ला सुनसरी इनरूवा नगरपालिका वडा नं. १ घर भई हाल कारागार कार्यालय मोरङ विराटनगरमा थुनामा रहेको सञ्जयकुमार पोद्दार विरूद्ध प्रत्यर्थी / वादी : भुवनेश्वर यादवको जाहेरीले नेपाल सरकार ०६९-CR-०४९८ पुनरावेदक / वादी : भुवनेश्वर यादवको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुनसरी इनरूवा नगरपालिका वडा नं.१ बस्ने सञ्जय कुमार पोद्दार वारदातमा नेपालबाट नाबालकलाई अपहरण गरी भारत पुर्याई भारतमा नै रहेको अवस्थामा ज्यान मारेकोले कर्तव्य गरी ज्यान मारेको कसुरमा समेत बहिर्क्षेत्रीय क्षेत्राधिकार लागू हुने अवस्था रहने भएकोले नेपालकै अदालतको बहिर्क्षेत्रीय क्षेत्राधिकार (Extraterritorial jurisdiction) लागू हुने । (प्रकरण नं. ६) अभियोग दाबीअनुसारको कसुरगरेबापत हुने सजायबारे विवेचना नगरी अधिकतम सजाय हुने कसुरसम्मको सजाय हुने भनी ठहर गर्नुलाई कानूनअनुरूपको निर्णयको संज्ञा दिन सकिँदैन । धेरै कसुरबापत भएको सजायको हद तोक्ने सम्बन्धमा प्रचलित कानूनबमोजिम सजाय गाभिन सक्ने हुँदा कसुरदारले आरोपित कसुरहरू गरे नगरेको कुरा ठहर गर्नु न्यायकर्ताको कर्तव्य हुन आउने । (प्रकरण नं. ७) कर्तव्य ज्यानको कसुरमा जन्म कैदको सजाय भइसकेको र दण्ड सजायको ८ र ४१ नं. बमोजिम सानो खतको कैद खापिने भएकोले अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३, ७ र ९ नं. बमोजिमको कैद सजाय थप गरिरहन नपर्ने । (प्रकरण नं. ८) पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता सुरेश महतो प्रत्यर्थी / वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी पुनरावेदन तहमा फैसला गर्नेः मा.मुख्य न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री गिरिराज पौड्याल फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, विराटनगरको मिति २०६९/२/३० को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मिति २०६७।३।१९ गते बेलुकी अं. ३,४ बजेको समयमा मेरो नाति वर्ष ७ को निरन्जन यादवलाई ट्याक्टरमा खेत जोत्न लागेको छ कुन खेत जोत्ने हो हजुरआमालाई सोधेर आइज भनी निजको आमाले पठाएकोमा हजुरआमा खेतबाट फर्की आउँदा नाति खोई भनी निजलाई सोध्दा मैले देखिन भनेपछि खोजतलास गर्दै जाँदा बाटोमा सेतो सर्ट, क्याप टोपी, फुल पाइन्ट लगाएको अं. २०-३० वर्षजतिको अपरिचित पुरूष मानिसले निरन्जन यादवलाई साइकलमा राखी लगेको भन्ने थाहा पाई बुझ्दै जाँदा भारत सुपोल जिल्ला मोतीपुर पञ्चायत हरिपुर गाउँमा एकजना मृत बालकको लास छ भन्ने कुरा थाहा पाई सो स्थानमा गई हेर्दा मेरो नाति निरन्जन यादवको घाँटीमा धारिलो हतियारले रेटी विभत्स हत्या गरेको हुँदा अपराधीहरू पत्ता लगाई हदैसम्मको कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको भुवनेश्वर यादवको जाहेरी दर्खास्त । जिल्ला सुनसरी इनरूवा न.पा.१ स्थित जिल्ला स्वास्थ्य कार्यालय, सुनसरीको शवगृहको स्लाइडमा उत्तानो अवस्थामा रहेको मृतक निरन्जन यादवको लासलाई ओल्टाई पल्टाई हेर्दा दुवै कानबाट रगत निस्की सुकेको