निर्णय नं. ९८९४ - दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८९४ - दर्ता बदर दर्ता भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १० फैसला मिति :२०७३/०९/२८ ४००४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति :२०७३।०९।२८ ०७२-CI-११४५ मुद्दाः- दर्ता बदर दर्ता पुनरावेदक / वादी : धनुषा जिल्ला, भरतपुर गा.वि.स.वडा नं. २ बस्ने भुपालबहादुर गुरूङ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयसमेत सरकार तथा यसका निकायहरूले नगर्नुपर्ने काम गरेको वा गर्नुपर्ने काम नगरेको कारणबाट कसैको हक हितमा नै असर पार्नु वा हक अधिकार खोस्नु न्यायोचित नहुने । एकपटक कुनै व्यक्तिका नाममा श्री ५ को सरकारको निकायले नै दाखिल खारेज गरिदिएको जग्गालाई हाल आएर पर्ती सरकारी जग्गा हो भनी भनेको आधारमा पर्ती सरकारी जग्गा मानी व्यक्तिलाई हकाधिकारबाट वञ्‍चित गर्दा व्यक्तिलाई अपूरणीय क्षति हुन जाने । श्री ५ को सरकार तथा यसको निकाय मालपोत र जग्गाको आवश्यक व्यवस्था गर्न अधिकारप्राप्‍त श्री ५ को सरकारको प्रतिनिधिका रूपमा रहने जिम्दार कचहरीले दाखेल खारेज तथा सकार गरिदिएको त्रुटिपूर्ण नै भएको भए पनि हाल आएर कसैको हक स्वामित्व नै खोसिने कार्य गर्नु न्यायोचित हुन नसक्ने । (प्रकरण नं. ७) पुनरावेदक / वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता उद्धव पुडासैनी अवलम्बित नजिर : ने.का.प. २०४५, नि.नं.३४३८, पृ.४०२ ने.का.प. २०५५, नि.नं.६५७९, पृ.४३६ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री हेमराज पन्त पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही मा. न्यायाधीश श्री कुमारप्रसाद पोखरेल फैसला न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहर्‍याई हेर्ने गरी यस अदालतबाट मिति २०७२/०८/२४ मा अनुमति प्राप्‍त भई पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- म फिरादीले जनकपुर नगरपालिका वडा नं.२ मा बस्ने डम्बर जङ्ग राणाको नाउँमा साबिकमा नम्बरी रहेको धनुषा जिल्ला, प्र.त. मौजे भरतपुरको साबिक कि.नं.२२ को ४-१६-१६ र कि.नं.२३ को २-१४-१५ समेत ७-११-११ जग्गा मालपोत बाँकीमा मिति २०२५/०१/२६ मा जिम्दार शेरबहादुरबाट बन्दोबस्तीमा सकार गरी ३८५०।- खर्च लगाई जग्गामा आली धुर बनाई २०२६ सालसम्मको मालपोत बुझाई तत्कालीन माल कार्यालयबाट दाखिल खारेजसमेत गरी भोगचलन गर्दै आएको जग्गा हो । साबिक दर्तावाला डम्बरजङ्ग राणाले मैले पोत बाँकीमा सकार गरेको उपर्युक्त जग्गाको जिम्दारले गरेको पजनी माल सवाल विपरीत भएकोले बदर गरिपाउँ भनी मिति २०२६/०८/०६ मा तत्कालीन अञ्‍चलाधीश कार्यालय, धनुषामा निवेदन दायर गरेकोमा त्यहाँबाट धनुषा मालमा पठाई धनुषा मालबाट अदालतमा जान भएको मिति २०२७/०५/३० को फैसलाउपर डम्मरजङ्ग राणाले प्रमुख जिल्ला अधिकारीसमक्ष पुनरावेदन गर्दा मालको निर्णय सदर हुने गरी फैसला भएको थियो । सोउपर मध्यमाञ्‍चल क्षेत्रीय अदालतमा पुनरावेदन पर्दा सुरूकै सदर हुने ठहरी मिति २०३१/०३/२६ मा फैसला भएको थियो । पछि वादी डम्बरजङ्ग राणा प्रतिवादी भुपालबहादुर गुरूङसमेत भई चलेको बेरीतको बन्दोबस्त बदर गरिपाउँ भन्‍ने मुद्दा तहतह हुँदै मध्यमाञ्‍चल क्षेत्रीय अदालतबाट मिति २०४४/०९/२३ मा वादी दाबी खारेज हुने ठहरी अन्तिम फैसला भयो । यसरी म फिरादीले मालपोत