निर्णय नं. ९८९५ - अपहरण तथा कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८९५ - अपहरण तथा कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १० फैसला मिति :२०७४/०५/२७ २९८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।०५।२७ मुद्दाः- अपहरण तथा कर्तव्य ज्यान ०७१-CR-११३६ पुनरावेदक / प्रतिवादी : प्रमोद महतो कहारको श्रीमती जिल्ला बारा गा.वि.स. भगवानपुर वडा नं.१ घर भई हाल कारागार पर्सा वीरगञ्‍जमा थुनामा रहेकी रेणुदेवी कहार विरूद्ध प्रत्यर्थी / वादी : सियारामप्रसाद यादवको जाहेरीले नेपाल सरकार ०७१-CR-१३९६ पुनरावेदक / वादी : सियारामप्रसाद यादवको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बारा जिल्ला, भगवानपुर गा.वि.स.वडा नं.९ बस्ने रामचन्द्र कहारसमेत कुनै श्रृङ्खलाबद्ध वारदात भएको अवस्थामा कुनै एउटा कसुरमा सजाय ठहर गर्दैमा अन्य ऐनको प्रयोजन पूरा हुँदैन । प्रत्येक ऐनअनुसारको कसुर ठहर हुन्छ वा हुँदैन भनी अदालतले अभियोग दाबीअनुसारका सबै प्रश्नको निरूपण गर्नुपर्दछ । ठूलो सजाय हुने खत वा कसुर ठहर हुँदैमा अन्य कसुरका सम्बन्धमा सजाय ठहर गर्नबाट पन्छिन नमिल्ने । मुलुकी ऐन, दण्ड सजायको महलको ४१ नं. को व्यवस्था सजाय ठहर भइसकेपछि कैद ठेक्ने सम्बन्धमा अपनाउने विधि सम्बन्धित हुनसक्ने कैदको हद कायम गर्ने सम्मको व्यवस्था हो । ज्यान र अपहरण गरी दुवै कसुर ठहर गरिएको कारणबाट दण्ड सजायका महलको ४१ नं. विपरीत हुँदैन । ठहर भएको कैद असुल गर्ने (कैद ठेक्ने) सन्दर्भमा भने उक्त ४१ नं. मा रहेको प्रावधानको अनुशरण गरिनुपर्ने । (प्रकरण न. ५) पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली, विद्वान् अधिवक्ता शोभा कार्की प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् अधिवक्ता रामाशिषप्रसाद यादव अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा.न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल माननीय न्यायाधीश श्री सरिता शर्मा फैसला न्या. ईश्‍वरप्रसाद खतिवडा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतको क्षेत्राधिकारमा रहेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : मिति २०६७।११।३० गते बेलुका १७:०० बजेको समयमा जिल्ला बारा, भगवानपुर गा.वि.स. वडा नं. ९ बस्ने सियाराम प्रसाद यादवको छोरी वर्ष १ कि राधिकाकुमारी हराई बेपत्ता भएकोमा मिति २०६७।१२।१५ गतेका दिन जिल्ला बारा, हर्दिया गा.वि.स. वडा नं. १ स्थित थलही खोलामा मृतक राधिका कुमारीको लास सडी गली दुर्गन्धित अवस्थामा फेला परेको भन्ने व्यहोराको घटनास्थल लास जाँच मुचुल्का । जिल्ला बारा भगवानपुर गा.वि.स. वडा नं. ९ बस्ने प्रमोद महतो कहारको श्रीमती रेणुदेवी कहारको घर कोठाको खाटमुनि नयाँ माटोले खाल्टो पुरेको, खन्दा सजिलोसँग आउँने गरेको, भित्रबाट गन्ध आइरहेको, खाल्टो नजिकै खुर्पा १, विषादीको बट्टासमेत बरामद भएको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का । मिति २०६७।११।३० गतेका दिन म जाहेरवालाको छोरी वर्ष १ कि राधिका कुमारी आफ्नै घर आँगनमा खेलिरहेको अवस्थामा प्रतिवादी रेणुदेवीसमेतले मिली उठाई प्रतिवादी रामचन्द्र कहार, वृजकिशोर महतो, सीता देवी, रेणुदेवी र रामाज्ञाप्रसाद यादवसमेतको राय सल्लाहमा कर्तव्य गरी मारी मृतक लास खोलामा फाली दिएको अवस्थामा मिति २०६७।१२।१५ गते मृतक लास फेला परेकोले क