निर्णय नं. ९९०० - सरकारी छाप दस्तखत किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९०० - सरकारी छाप दस्तखत किर्ते भाग: ५९ साल: २०७४ महिना: फागुन अंक: ११ फैसला मिति :२०७४/०६/२५ १००५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा फैसला मिति : २०७४।६।२५ ०७३-CR-०२६५ मुद्दाः- सरकारी छाप दस्तखत किर्ते पुनरावेदक / प्रतिवादी : जिल्ला धादिङ गा.वि.स. लापा वडा नं. ६ घर भई हाल काठमाडौं जिल्ला सामाखुसी बस्ने शान्तिमाया तामाङ विरूद्ध प्रत्यर्थी / वादी : अध्यागमन कार्यालयको पत्र जाहेरीले नेपाल सरकार फौजदारी मुद्दामा कुनै व्यक्तिले आफूले गरेको कार्यको मात्र दायित्व बहन गर्नुपर्ने भएकोले निजले गरेको कार्य प्रमाणबाट शंकारहित तवरले पुष्टि हुन आएको अवस्थामा मात्र सो कार्यको लागि कानूनमा तोकिएको सजाय निजले भोग्नु पर्ने । (प्रकरण नं.५) प्रमाण ऐन, २०३१ को दफा २५ ले दाबी प्रमाणित गर्ने भार वादी पक्षमा निहित गरेकोमा साक्षी प्रमाण पेस गरी दाबी प्रमाणित गराउनुको सट्टा प्रतिवादी लाभकर्ता भएको कारणबाट कसुरदार रहेको भन्ने जिकिर प्रत्यक्षतः प्रमाणित नभएको अवस्थामा लाभकर्ता भएको कारणले गर्दै नगरेको अपराधको दण्डको भागी बनाउन न्यायको रोहमा उचित हुन नसक्ने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता दिलकुमारी राई प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता संजिवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री महमद जुनैद आजाद पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री चण्डीराज ढकाल माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे फैसला न्या.ओमप्रकाश मिश्र: न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम यस अदालतबाट मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- मिति २०७०।६।१८ तदनुसार ४ अक्टोवर २०१३ का दिन उडान नं.९W ०२६४ बाट आएकी नेपाली राहदानी नं. ०५७५०३९९ बाहक शान्तिमाया तामाङको इन्ट्री रिफ्युज तथा श्रम स्टीकरमा शंका लागेको कारणले आवश्यक कारवाहीको लागि पत्रसाथ मानिस पठाइएको भन्नेसमेत व्यहोराको अध्यागमन कार्यालय त्रि.अ.वि.को पत्र । आवश्यक कारवाहीको लागि सक्कल कागजातसहित मानिस पठाइएको भन्ने व्यहोराको अध्यागमन विभागको पत्र । म यसभन्दा पहिले पनि विदेश गई आईसकेकी छु । दुबईमा मैले पहिला काम गरेको होटलले आर्टिस्टको भिसा पठाई दिएकोले म दिदी, दाजु, फुपूहरूसँग सरसल्लाह गर्न तथा रकम लिन दिल्ली गएकी थिएँ । सोही क्रममा दिल्लीमा बाहिर घुम्न जाँदा एकजना इण्डियन व्यक्तिसँग भेटघाट भई कुराकानी हुँदा निजले तिम्रो श्रम स्टीकर म यहीँबाट गराइदिन्छु तिमी नेपाल जानु पर्दैन भनेकोले मैले पनि नेपाल जानु आउनुभन्दा यहीँबाट गराउन मन्जुर भई निजलाई मेरो पासपोर्ट डकुमेन्टहरू तथा भा.रू.१७,०००।- समेत दिएकी थिएँ । निजले २५ दिनपछि मलाई अर्कै मान्छेसँग मेरो पासपोर्ट तथा डकुमेन्टहरू दिई पठाई निजले तपाइँको काम भयो, तपाइँ यहाँबाट टिकट काटी दुबई जानसक्नु हुन्छ भनेकाले मैले विश्वासमा परी त्यही टिकट काटी दुबई गएकोमा दुबई एरपोर्टमा तपाइँको आई टेष्ट म्याच गरेन तपाइँ नेपाल फर्कनुहोस् भनी मलाई त्यहाँबाट फर्काई दिएकोमा म दिल्ली हुँदै काठमाडौं एयरपोर्ट आउँदा अध्यागमन कार्यालयले तपाइँको श्रम स्टीकर शंकास्पद छ भनेपछि मात्र सो सम्बन्धमा थाहा पाएकी हुँ भन्ने व्यहोराको शान्त