निर्णय नं. ९९०२ - नामसारी दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९०२ - नामसारी दर्ता बदर दर्ता भाग: ५९ साल: २०७४ महिना: फागुन अंक: ११ फैसला मिति :२०७३/०९/२५ ४२४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री मीरा खड्का फैसला मिति : २०७३।९।२५ २०६६-CI-०३५९ मुद्दाः नामसारी दर्ता बदर दर्ता पुनरावेदक / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२० बस्ने हेरादेवी ताम्राकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१५ बस्ने सुरेन्द्र तुलाधरसमेत सारभूत कानूनले सुरक्षित गरेको हक अधिकारको प्राप्ति उचित कार्यविधिको पालनामा निर्भर गर्दछ । मुद्दाको रोहमा कानूनमा उल्लिखित कार्यविधिको अनुशरण एवम् प्रयोग गर्ने दायित्व मुद्दाका पक्षमा रहने हुन्छ । उल्लिखित कार्यविधिको पालना नगरी त्यस्तो हक अधिकार दाबीको कुनै औचित्य रहँदैन । दाबी गर्नु मात्र अधिकारप्राप्तिको प्रयाप्त आधार हुन सक्दैन । औचित्य नै कायम हुन नसक्ने दाबीको तथ्यभित्र प्रवेश गरी अदालतले आफ्नो श्रम र स्रोत प्रयोग गर्नसमेत नमिल्ने । (प्रकरण नं.८) मुद्दाको सिलसिलामा जसले जुन कुरामा दाबी वा माग गरेको हुन्छ निजको मृत्युपश्चात् उक्त दाबीमा निजको हक पुग्ने दैयादारले आफ्नो हक पुग्ने सम्बन्ध कायम नगरेसम्म सो वस्तुमा स्वतः निजको हक सृजना हुन सक्दैन । देवानी मुद्दामा पक्षको निधन पछि निजको सम्पत्तिमा आफ्नो हक स्थापित गर्न चाहने पक्षले मुद्दा सकार गर्नु अनिवार्य हुने । (प्रकरण नं.९) मद्दा गर्ने पक्षको नै मृत्यु भइसकेपछि सो मुद्दाबाट सृजित हुने लाभ वा बेहोर्नु पर्ने दायित्व लिने व्यक्तिले मुद्दा सकार नगरेसम्म मुद्दाको तथ्यभित्र प्रवेश गरी निर्णयमा पुग्नुको अर्थ रहँदैन । यस्तो अवस्थामा अ.बं.१८५ क को कानूनी व्यवस्था आकर्षित हुने भन्ने होइन । अ.बं.६२(३) र ७० नं. को कानूनी व्यवस्थाले मुद्दाका पक्षको मृत्यु भएपछि निजको हकदारले उक्त मुद्दा सकार गर्नु नै पर्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता विश्वराज भट्टराई र हरिबहादुर खड्का अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अ.बं.६२(३) मुलुकी ऐन, अ.बं.७० पुनरावेदनमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला न्या.सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मेरी आमा धनमाया तुलाधरले वहाँकी आमा ज्ञानीमाया तुलाधरबाट शेषपछिको बकसपत्र पाउने भई दर्ता स्रेस्ता कायम भएको का.जि. नगर १२ कि.नं.१६० को क्षेत्रफल ०-१-३-३ जग्गा र सो जग्गामा बनेको घर तथा का.जि.साङ्ला गा.वि.स.वडा नं.६(घ) कि.नं.९२ को क्षेत्रफल ३-१३-३-० जग्गासमेतको घरजग्गा मलाई मिति २०४७।८।२० मा मालपोत कार्यालय डिल्लीबजारबाट र.नं.३२२८ख को शेषपछिको बकसपत्र लिखत रजिष्ट्रेशन पारित गरिदिनु भएकोले उहाँको मिति २०५९।१।१६ मा स्वर्गारोहण भएबाट लेखिएको घरजग्गा मैले दा.खा.दर्ता गरिपाउन मालपोत कार्यालय डिल्लीबजारमा मिति २०६२।४।२७ मा निवेदन प्रस्तुत गरेकीमा मालपोत कार्यालयबाट सो निवेदनउपर कारबाही हुने क्रममा मेरो शेषपछिको बकसपत्र लिखत र मोठ स्रेस्ता बुझ्दा मेरो शेषपछिको बकसपत्र लिखत सदर कायम रहेको अवस्थामा मैले शेषपछिको बकसपत्र पाएको घरजग्गामध्ये का.जि.नगर १२ कि.नं.१६० को क्षेत्रफल ०-१-३-३ को घरजग्गा विक्षीले र.नं