निर्णय नं. ९९०३ - दर्ता फुटाई चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९०३ - दर्ता फुटाई चलन भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/०९/२१ ३५३० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७३।९।२१ ०६८-NF-०००४ विषयः दर्ता फुटाई चलन पुनरावेदक / वादी : जिल्ला सुनसरी, इटहरी न.पा. वडा नं. १ बस्ने गिरीधर भट्टराई विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला इटहरी न.पा. वडा नं. १ बस्ने घनश्याम भट्टराई वादी प्रतिवादीका बीच विवाद खडा हुनुपूर्व नै तयार भएका लिखत प्रमाणहरू प्रमाणमा लिन नमिल्ने हुँदैन । यदि त्यस्ता लिखत प्रमाणहरू प्रमाणमा नलाग्ने वा प्रमाणमा लिन नमिल्ने अवस्था छ भने फैसलामा के कति कारणले प्रमाणमा नलाग्ने वा प्रमाणमा लिन नमिल्ने भन्ने कुरा उल्लेख हुनुपर्ने । (प्रकरण नं.३) कसैले व्यक्त गरेको कुरा आफ्नो हितप्रतिकूल हुन जाने देखेर त्यस्तो कुरा व्यक्त गर्ने व्यक्तिलाई प्रतिवादी कायम गरी नालेस दिएकै कारणले त्यस्तो नालेस पर्नुभन्दा अघि नै व्यक्त गरेको कुरा प्रमाणमा लिन मिल्ने । सर्जमिनमा व्यहोरा लेखाउने व्यक्तिहरू वादी प्रतिवादीका बीचको सम्बन्धका बारेमा विशेष जानकारी भएका व्यक्ति भएकोले निजहरूले व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा २३ को उपदफा (४) मा उल्लेख भएबमोजिम कुनै व्यक्तिको कुनै व्यक्तिसँग सम्बन्ध छ वा छैन भन्ने कुराको विशेष जानकारी राख्ने व्यक्ति भएकोले निजको भनाइलाई प्रमाणमा लिन मिल्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ता कमलमणी निरौला अवलम्बित नजिर : ने.का.प. २०३७, नि.नं.१३४१, अंक २ ने.का.प. २०३१, नि.नं.८७५ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा २३(४) सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री कमलचन्द्र नेपाल पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री उद्धवप्रसाद बास्कोटा माननीय न्यायाधीश श्री गोविन्द कुमार श्रेष्ठ यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी फैसला न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(२) को देहाय (ख) बमोजिम पुनरावलोकनको निवेदन परी पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- बाजे खडानन्दका २ भाइ छोराहरूमध्ये जेठो मेरो पिता सदानन्द भट्टराई र कान्छा राधाकृष्ण भट्टराई विपक्षीका पिता भई म फिरादी र विपक्षीका नाउँमा जिल्ला सुनसरी इटहरी न.पा. वडा नं. १ बस्ने चेतकुमारी उपाध्याय नेपालबाट मिति २०३१।४।११ मा र.नं. ६८ को राजीनामा लिखत पारित गरी लिएको जिल्ला सुनसरी इटहरी न.पा. वडा नं. १(क) कि.नं. २४४ को ज.वि. ०-०-१८ घुर जग्गा संयुक्त नाममा दर्ता रही सो जग्गामा संयुक्तरूपमै २ तले पक्की घर निर्माण गरी बसोबास गरी आएको सो घर जग्गा विपक्षीले एकलौटी नामसारी गरी मेरो हक मेटाउने उद्देश्यले इटहरी न.पा. मा द.नं. ९२८४ मिति २०५७।२।१२ मा संयुक्त दर्तावाला मेरो भाइ बेपत्ता भए । निज गिरीधरको अन्य हकवाला छैनन् । मेरो नाउँमा एकलौटी नामसारीको लागि सिफारिस गरिपाउँ भनी निवेदन दिई इटहरी न.पा. बाट सर्जमिनसहितको सिफारिस लिई मालपोत कार्यालय सुनसरीमा निवेदन दिई सो कार्यालयबाट ३५ दिने सार्वजनिक सूचन