निर्णय नं. ९९०६ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९०६ - ज्यान मार्ने उद्योग भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०१/०६ ४९८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।१।६ ०६८-CR-१३६३ मुद्दाः ज्यान मार्ने उद्योग पुनरावेदक / वादी : मीना राईको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : संखुवासभा जिल्ला मत्स्यपोखरी गा.वि.स. वडा नं. २ तथा हाल ऐ. जिल्ला दिदिङ गा.वि.स. वडा नं. ६ घर भई कारागार कार्यालय खाँदबारीमा थुनामा रहेका गणेश राई ज्यान मार्ने उद्योगको कसुर कायम हुनका लागि मार्ने नियतले प्रहार गरेको र उक्त प्रहारबाट मर्नेसम्मको कार्य भएको देखिने हुनुपर्दछ । यस आधारमा हेर्दा ज्यान मार्ने उद्योग मुद्दा ज्यान मर्नुअगाडिको अपूर्ण अपराधको सम्बन्धमा आकर्षित हुने । उद्योगको कार्य त्यस्तो अवस्था हो जुन कुनै तत्त्व वा वस्तुले बीचमा हस्तक्षेप वा बाधा खडा नगरेको भए त्यहाँ पूर्ण अपराध हुने निश्‍चित थियो । उद्योग अपराधको त्यस्तो चरण हो जहाँ मनसाय, सोअनुसारको तयारी र अपराधको लागि साधन र स्रोतको परिचालन गरिएको अवस्थामा समेत सोचेअनुसारको काम वा परिणाम निस्कीसकेको हुँदैन । उद्देश्यमूलक ढंगबाट गरिएको आपराधिक कार्यको निश्‍चित श्रृंखला जसमा अवरोधको अवस्थाको कारण ज्यान मर्न नपाएको अवस्था नै आपराधिक उद्योगको रूपमा रहने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्या. श्री गोपालप्रसाद बास्तोला सुरू तहमा फैसला गर्नेः- मा. मुख्य न्या. श्री गोविन्द कुमार उपाध्याय माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का फैसला न्या.दीपकराज जोशी : पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।१०।०३ को फैसलाउपर पुनरावेदक वादीको नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मिति २०६८।१।११ गते बिहान मेरो श्रीमती मीना राई घरमा भाँडाकुँडा सफा गर्दैको अवस्थामा गणेश राई के कहाँबाट आई भाँडाकुँडा लात्ताले हानी यत्रतत्र छरिदिएकोले किन यसो गरेको भन्दा पूर्वरिसइवी र मार्ने मनसायले आफूले बोकेको खुकुरी निकाली शरीरको विभिन्‍न भागमा काटी ज्यान मार्ने उद्योग गरेकोले घाउ जाँच गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको जाहेरवालाको श्रीमान् बुद्धिमान तामाङको मिति २०६८।१।१२ को निवेदन । मिति २०६८।१।११ गते बिहान म घरमा खाना पकाई मेरो श्रीमान्‌ बाल बच्चालाई खान दिई श्रीमान्‌ घरभित्र नै बसिरहेको अवस्थामा म भाँडाकुँडा माझी सरसफाई गरिरहेकी थिएँ । एक्‍कासी गणेश राई मैले भाँडा माझ्ने ठाउँमा आई भाँडा लात्ताले हिर्काई यहाँ मेरो जग्गा पर्छ भनी मलाई हप्काई दप्काई गर्दा मैले यसो नगर भन्दा निजले साथमा भिरेको खुकुरी निकाली मलाई प्रहार गरी म भाग्दा टाउकोको पछाडि कुमको बायाँ भाग पट्टिसम्म हानी काटी घाइते बनाई ज्यान मार्नेसम्मको कार्य गरेकोले विपक्षीलाई पक्राउ गरी कानूनबमोजिम विपक्षीलाई कारबाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको मीना राईको मिति २०६८।१।१२ को जाहेरी दरखास्त । जाहेरवाली मीना राई र म मत्स्यपोखरी-२ को ऐलानी जग्गामा घर बनाई केही वर्ष अगाडिदेखि छिमेक भई बसेक