निर्णय नं. ९९०७ - मोही लगत कट्टा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९०७ - मोही लगत कट्टा भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०१/२९ ३३९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७४।१।२९ ०७१-CI-१०३४ मुद्दाः- मोही लगत कट्टा पुनरावेदक / वादी : जिल्ला सुनसरी खनार गा.वि.स वडा नं. ९ हाल ऐ. इटहरी उ.म.न.पा. वडा नं. ११ बस्ने बिमली थरूनी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुनसरी खनार गा.वि.स वडा नं. ९ वस्ने कालुराम चौधरी मोहियानी हकको प्रमाणपत्र कानूनी प्रक्रिया पूरा गरी साधिकार निकायले प्रदान गर्ने भोगाधिकारको प्रमाण हो । यस्तो वैधानिक रूपमा तयार भएको कानूनी अस्तित्व राख्ने कागज प्रमाणलाई अन्यथा प्रमाणित नभएसम्म वैध विश्वासको आधारमा समेत रीतपूर्वक नै रहेको मान्नुपर्ने । अदालतले कानूनबमोजिम अनुमान गरेको कागज प्रमाणलाई अन्यथा भनी जुन पक्षले जिकिर लिन्छ प्रमाण ऐन, २०३१ को दफा २९ बमोजिम त्यसरी अन्यथा भनी जिकिर लिने पक्षले प्रमाण पेस गरी खण्डन गर्नुपर्ने । (प्रकरण नं.४) एकै परिवारभित्रको सन्तान हो भन्ने कुराका सम्बन्धमा ठोस प्रमाण पेस नभएको अवस्थामा निवेदनको पृष्ठभूमिमा भएको सिफारिसको मात्र आधारमा स्थापित गर्न नसकिने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता सीताराम कोइराला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा २९ सुरू निर्णय गर्ने अधिकारी:- श्री भूपालबहादुर निरौला भूमि सुधार कार्यालय, सुनसरी पुनरावेदन तहमा फैसला गर्नेः- मा. मु.न्यायाधीश डा.आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री भीम कुमार ओझा फैसला न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, विराटनगरको मिति २०७१/६/१ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :- मेरो नाम दर्ताको जिल्ला सुनसरी खनार गा.वि.स वडा नं. ९ कि.नं.१०४ को ०-५-५ जग्गाको मोही महलमा विपक्षी प्रतिवादी कालुराम माझीको नाम उल्लेख भए तापनि निजले भूमि सुधार लागू हुँदाका बखत १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशन गराई ३ नं. मोही प्रमाण पत्र प्राप्त गरी जग्गा जोत कमोद गरी जग्गाधनीलाई कुतबाली बुझाई भरपाई प्रमाणसमेत लिनुपर्नेमा सो प्रमाण केही नभएको र उक्त जग्गा साबिकदेखि नै साबिक जग्गाधनी र मैले खरिद गरी लिएपश्चात् म वादी जग्गाधनीले नै जोतभोग गरी आएको जग्गा हुँदा उक्त जग्गाबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)(ग) अनुसार मोही लगत कट्टा गरिपाउँ भन्ने व्यहोराको फिराद दाबी । वादी दाबीको जग्गा साबिकदेखि हालसम्म मैले मोहीमा जोती कमाई आएको जग्गा हो । दाबीको जग्गाको मोही प्रमाण पत्र प्राप्त गरी जग्गाधनीलाई सालबसाली कूतबालीसमेत बुझाई आएको हुँदा झुठ्ठा वादी दाबीबाट फुर्सद दिलाई पाउँ भन्ने व्यहोराको प्रतिउत्तर जिकिर । प्रतिवादीले मिति २०७०/०३/०९ गतेदेखि तोकी पाएको तारेख गुजारी थाम्ने थमाउने म्यादसमेत गुजारी वादी दाबी स्वीकार गरी बसेको हुँदा दाबीको जग्गाको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)(ग) बमोजिम मोही लगत कट्टा हुने र समयमा जानकारी नगराउने जग्गाधनीलाई सोही ऐनको दफा ३२(५) अनुसार रू.१००।- जरिवाना हुने ठहर्छ भन्ने व्यहोराको भूमिसुधार कार्यालय, सुनसरीको मिति २०७०।०८।१६ को निर्णय । मोहीको लगत कट्टा गरिपाउँ भन्ने वादी दाबीमा इन्कार रही दाबीको जग्गाको दर्तावाला मोही आफू भएको र जग्गा जोती