निर्णय नं. ४३२१ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३२१ - बन्दीप्रत्यक्षीकरण भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/२४ २५८१ निर्णय नं. ४३२१ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री कृष्णजङ्ग रायमाझी सम्वत् २०४८ सालको रि.नं. १३८० आदेश भएको मिति : २०४८।७।२४।१ मा निवेदक : का.न.पा.वार्ड नं. ५ मालिगाउँ बस्ने रक्षा सिंहको हकमा भारती सिंह विरुद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय वीरगंज पर्सासमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) पत्नी भई रहे बसेको देखिँदा निवेदिकालाई अपहरण गरी गैरकानुनी रुपमा राखेको भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुनिलचन्द्र पौडेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त जिकिर यस प्रकार रहेछ । (साविक पेज नं. ३४८) २. मेरी छोरी २०३२ सालमा जन्म भएको वर्ष १५ की नाबालिका रक्षा सिंह टंगाल विद्यालयमा ६ कक्षामा पढिरहेकीलाई २०४७ साल माघ २३ गते बिहान डेराबाट निस्केकी नफर्केपछि खोज तलास गर्दा फेला परिन सुत्ने कोठामा चिठ्ठी भेट्टाई हेर्दा मनोज श्रेष्ठ भन्ने व्यक्तिले सावित्री लामालाई लेखेको चिठ्ठीमा रक्षा सिंहको नाम भएकोले अनुसन्धान कारवाही गरी पाउँ भन्ने प्रहरी कार्यालय कमलपोखरी, प्रहरी नायब निरीक्षक हनुमानढोकामा जाहेरी गरेकी छु । मेरो नाबालिका छोरीलाई वीरगंज विर्ता बजार बस्ने मनोज श्रेष्ठले काठमाडौंबाट अपहरण गरी लगेकोले सम्बन्धित प्रहरी कार्यालयमा खोजतलास गरी पाउन कारवाही चलाइरहेकी छु, नारायणलाल श्रेष्ठका परिवारले हालसम्म बेपत्ता पारेका छन् । खोज्न जाँदा कहिले कहाँ छ कहिले कहाँ छ भनी निराधार जवाफ दिएकोले रनभुल्लमा परिरहेकी छु । विवाह नै भएको भए पनि कानुनले मान्यता पाउन सक्दैन । वीरगंजमा प्रहरीले पहिले नै तयार पारिरहेको कागजमा सहिछाप गराए के व्यहोरा थियो मलाई थाहा थिएन । विभिन्न निकायमा कारवाही जारी राखेकी छु । समय गुज्रदै जाँदा छोरीले गर्भधारण समेत गर्न सक्ने सम्भावना हुँदा कसले कुन अवस्थामा बन्दी बनाई राखेको छ बन्दी बनाएकी छोरी समेत लिई हाजिर हुन आउन भनी परमादेश सहित बन्दीप्रत्यक्षीकरणको रिट जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर । यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ३. रिट निवेदिकाको निवेदन परेकोले मनोज श्रेष्ठलाई उपस्थित गराउन भाजुरत्न प्रा.लि.मा पत्र पठाउँदा बिदामा बसेको भन्ने जवाफ आएको र फेला परेपछि कानुन बमोजिम हुने नै हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने जि.प्र.का.धनुषाको लिखितजवाफ । ४. मनोज श्रेष्ठ र रक्षा सिंहले हिन्दू परम्परा अनुसार विवाह गरेकोमा भारती सिंहको मञ्जूर भएको कागजको फोटोकपी यस कार्यालयमा पेश भएको र मनोज श्रेष्ठका दाजु र स्थानीय व्यक्तिको रोहवरमा हामीले राजीखुशी विवाह गरेका हौं भनेको र निज भारती सिंहकै रोहवरमा रक्षा सिंह र मनोज श्रेष्ठ आफ्नो घरतर्फ गएका हुन् प्रहरीले पहिले नै तयार पारेको कागजमा सही गराएको भन्ने कुरा झुठ्ठा हो । रक्षा सिंहलाई यस कार्यालयले थुनछेक गरेको नहुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने जि.प्र.का. पर्साको लिखितजवाफ । ५. म मनोज र रक्षा सिंहको बीच प्रेम भएकोले दुवै जनाले एक अर्काको जीवन साथी भई बस्ने उद्देश्यले ०४७।१०।