निर्णय नं. ९९०९ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९०९ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/१२/०१ ४१७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७४।१२।१ ०७३-WO-१३२१ विषयः उत्प्रेषण / परमादेश निवेदक : Harold Macintosh को छोरा क्यानेडियन नागरिक भई ललितपुर महानगरपालिका वडा नं. २० स्थित Cafe Brazil Guest House and Coffee Shop मा डेरा गरी बस्ने हाल कारागार कार्यालय जगन्‍नाथदेवलमा भद्र बन्दी गृहमा कैदमा रहेको वर्ष ७५ को Earnest Fenwick Macintosh भन्‍ने E Fenwick Macintosh विरूद्ध विपक्षी : कारागार कार्यालय जगन्‍नाथदेवल, त्रिपुरेश्‍वर काठमाडौंसमेत कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१क) मा भएको सजाय छोट्‍याउन नसकिने नकारात्मक सूचीका अपराधहरूमा जबरजस्ती करणीको अपराध समावेश भएपनि सोही नियमको उपनियम (२क) को व्यवस्थाले ७० वर्ष उमेर पुगेका कैदीहरूलाई पचहत्तर प्रतिशत सजाय छोट्‍याउन उपनियम (१क) मा रहेको सूची आकर्षित हुनसक्ने अवस्था देखिएन । उपनियम (२क) ले नै ७० वर्ष पुगेका कैदीहरूलाई सजाय छुट दिँदा उपनियम (१क) लाई बाहेक गरेको हुँदा उमेरको आधारमा सजाय छोट्‍याउँदा उपनियम (१क) मा उल्लिखित अपराधमा सजाय पाएका कैदीहरूको हकमा समेत उपनियम (२क) आकर्षित हुने । (प्रकरण नं.६) सम्मानपूर्वक बाँच्न पाउने हकभित्र स्वस्थ्य जीवन र बिरामी भएको अवस्थामा उपयुक्त उपचार गर्न पाउने हक पनि अन्तरनिहित रहेको हुने । बाँच्न पाउने अधिकार हरेक व्यक्ति मानव भएर जन्मेको कारणले उसको अन्तरनिहित अधिकार हो । यो अधिकार प्रचलनार्थ नागरिक, अनागरिक वा अन्य कुनै आधारमा समेत विभेद गर्न नपाइने । (प्रकरण नं.७) विदेशी नागरिक भए पनि निजको उमेर कारागार नियमावलीमा उल्लेख भएको उमेर सिमा नाघेको देखिएको अवस्थामा सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ मा भएको व्यवस्थाको कारणले निजको सजाय छोट्याउन मिल्दैन भनी भन्नु न्यायोचित हुने नदेखिने । सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ले कारागार नियमावलीले प्रदान गरेको सुविधालाई सिमित गर्न सक्ने देखिँदैन । यी दुवैमा भएको व्यवस्था एक आपसमा विरोधाभाषपूर्ण रहेमा नियमावलीको व्यवस्थाले प्राथमिकता पाउने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता मोहनबहादुर बन्जारा विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता पदमराज पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : कारागार नियमावली, २०२० मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ जेष्ठ नागरिक ऐन, २०६३ आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्ने भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छः- म निवेदक क्यानेडियन नागरिक हाल ७५ वर्षमा चलिरहेको छु भने Blood and Skin Cancer को रोगबाट ग्रस्त भई कारागारमार्फत औषधोपचार गरिरहेको छु । म निवेदक मिति २०७१।४।२८ मा पर्यटकको रूपमा नेपाल आई ठमेललगायत ललितपुरको जावलाखेल स्थित Cafe Brazil Guest House मा रहँदा सेन्ट जेभियर्स स्कुलको सामाजिक सेवा केन्द्रमा जाने आउने गर्दथे । अछाम जिल्ला जमाल गाउँ गा.वि.स. वडा नं. ८ घर भई तत्काल सेन्ट जेभियर्स सामाजिक सेवा केन्द्र जावलाखेल ललितपुर बस्ने परिवर्तित नाम जावलाखेल (ग) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदक भएको अप्राकृतिक