निर्णय नं. ९९१० - जबरजस्ती करणी र अप्राकृतिक मैथुन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९१० - जबरजस्ती करणी र अप्राकृतिक मैथुन भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०७/२६ ४३०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री मीरा खडका फैसला मिति : २०७४।७।२६ ०७२-CR-०१३२ मुद्दाः जबरजस्ती करणी र अप्राकृतिक मैथुन पुनरावेदक / प्रतिवादी : जिल्ला मकवानपुर, हाँडीखोला गा.वि.स.वडा नं.६ बस्ने कृष्णबहादुर गौतमको छोरा लक्ष्मण गौतम विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम ३१(क-५) को जाहेरीले नेपाल सरकार वारदातको देखि जान्‍ने मात्र होइन, भोगीजान्‍ने साक्षी पीडित स्वयंले अदालतमा उपस्थित भई बकपत्र गरेको र सो बकपत्रले जाहेरी दरखास्तमा उल्लिखित व्यहोरालाई समर्थन गरेकोले त्यसले प्रमाणिक मूल्य पाउने कुरालाई नकार्न नमिल्ने । (प्रकरण नं.४) बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार सोको आधा सजाय ५ वर्ष ६ महिना कैद हुने ठहर गरी हाललाई फैसला भएको मितिले २ वर्षको लागि सजाय स्थगन गरेको तर्फ विचार गर्दा, प्रतिवादीलाई भएको उक्त सजाय कार्यान्वयन गर्न निजको उमेर पुगेको नदेखिएको, निज प्रतिवादी शिक्षोपार्जन गर्ने उमेरको भएको र अध्ययनरत रहेको समेत देखिएकोले उक्त बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ५०(२) बमोजिम प्रतिवादीलाई बाबुको जिम्मामा रहने गरी दुई वर्षको लागि स्थगन गरेको मिलेकै देखिने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता चञ्‍चला कैनी प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री दीपेन्द्र अधिकारी पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मिति २०७१।१।२३ गते १८:३० बजेको समयमा मेरो छिमेकी लक्ष्मण गौतम मेरो घरमा आएका थिए । मैले निजलाई मोमबत्ती ल्याइदेउ भनी पैसा दिएपछि निजले पैसा लिई साथमा मेरो छोरी वर्ष ४ की नाम परिवर्तित ३१(क-६) लाई साथमा लिई पसल गएकोमा धेरै बेरपछि फर्की आउँदा छोरी रूँदै आएकीले किन रोएको भनी सोध्दा लक्ष्मणले बाटोनजिक रहेको मकैबारीमा लगी योनिमा औंला हाली पछि जबरजस्ती करणी गरेको भनी बताएकी हुँदा कारबाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको नाम परिवर्तित ३१(क-५) को जाहेरी दरखास्त । जिल्ला मकवानपुर, हाँडीखोला गा.वि.स.वडा नं.६ मा रहेको कृष्णप्रसाद रेग्मीको मकै रहेको खेतमा नाम परिवर्तित ३१(क-६) लाई प्रतिवादी लक्ष्मण गौतमले जबरजस्ती करणी गरेको हो भन्‍नेसमेत व्यहोराको घटनास्थल मुचुल्का । मिति २०७१।१।२३ गते १८:३० बजेको समयमा मेरो छिमेकी लक्ष्मी गौतम मेरो घरमा आएका थिए । ममीले निजलाई मोमबत्ती ल्याइदेउ भनी पैसा दिएपछि निजले पैसा लिई मलाई पनि जाउँ भनी साथमा लिई पसल गई पसलमा सामान किनी फर्की आउँदा बाटो नजिक रहेको मकैबारीमा लगी योनिमा औंला हाली खेलाई आफ्नो पाइन्ट खोली लिङ्ग निकाली मेरो योनिमा घुसाएपछि मलाई पीडा भई रून लाग्दा मलाई फकाई घर नजिक पुर्‍याई दिए । म रूँदै आएकीले ममीले किन रोएको भनी सोध्दा लक्ष्मणले जबरजस्ती करणी गरेको भनी बताएकी हुँ भन्‍नेसमेत व्यहोराको पीडित नाम परिवर्तित ३१(क-६) ले गरेको कागज । नाम परिवर्तित ३१(क-६) को योनिको पछाडि भागबाट १ से.मि. लामो च्यातिएको घाउ रहेको