निर्णय नं. ९९१३ - अङ्ग भङ्ग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९१३ - अङ्ग भङ्ग भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०७/२६ ५५१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७४।७।२६ मुद्दा : अङ्ग भङ्ग ०६७-CR-०२२८ पुनरावेदक / वादी : सिंगमान लामाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्‍चोक मंगलटार गाउँ विकास समिति वडा नं. २ बस्‍ने बहादुरसिंह तामाङ ०६८-CR-१४२८ पुनरावेदक / प्रतिवादी : काभ्रे पलाञ्‍चोक जिल्ला मंगलटार गाउँ विकास समिति वडा नं. २ बस्‍ने इन्द्रबहादुर तामाङ विरूद्ध प्रत्यर्थी / वादी : सिंगमान लामाको जाहेरीले नेपाल सरकार कुटपिटबाट परेको घा चोटको सम्बन्धमा शरीरमा तत्कालै वा लामो समयमावधिसम्म वा जीवन भरी पर्ने शारीरिक मानसिक पीडालाई समेत अंगभंगको खतमा विचार गर्नुपर्ने हुन्छ । औषधि उपचारबाट कुटपिटको खत निको हुनसक्ने र निको भएको कारणले अंगभंगको खत नठहर्ने भन्‍ने होइन । निको भई काम लाग्नसक्ने अवस्था भएपनि अंगभंगको खत ठहर्न सक्‍ने देखिन्छ । वस्तुतः कुटपिटबाट व्यक्तिको शरीर अंगमा परेको घा चोटबाट तत्‍काल सो व्यक्तिलाई परेको शारीरिक मानसिक पीडालाई मध्यनजर राखी कुटपिटको कसुर सम्बन्धमा निष्कर्षमा पुग्नु पर्ने हुन्छ । निको भई काम लाग्ने भयो भन्दैमा अंगभंगको खत ठहर्दैन भनी व्याख्या गरिनु मुलुकी ऐन कुटपिटको महलको २ नं को कानूनी व्यवस्थाले मिल्ने नदेखिने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता सोमकान्त भण्डारी प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता देवीप्रसाद दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने: माननीय न्यायाधीश श्री केसवप्रसाद मैनाली माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ फैसला न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य, जिकिर एवम् फैसला यसप्रकार छः मिति २०५७।६।२३ गतेका दिन दिउसो इन्द्रबहादुर तामाङसमेतले लालमान तामाङलाई धारिलो हतियारले कुटपिट गरी घाइते बनाई हाल बनेपा अस्पतालमा भर्ना गराइएको भन्‍ने जानकारी प्रतिवेदन । मिति २०५७।६।२३ गतेका दिन दिउसो इन्द्रबहादुर तामाङ, बहादुरसिंह तामाङसमेतले मेरो भाइ लालमान तामाङ लामालाई धारिलो हतियारले काटी अंगभंग गराएको हुँदा निजहरू उपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको २०५७।६।२९ को सिंगमान लामाको जाहेरी । मिति २०५७।६।२३ गते वारदात हुँदा प्रयोग गरेको खुकुरी तथा तरबार बरामद गरेको मुचुल्का, घटनास्थलमा रगतका छिर्का दागहरू भेटिएको भन्‍ने घटनास्थल मुचुल्का । मिति २०५७।६।२३ गतेको दिन जाहेरवालाको भाइ लालमान लामालाई इन्द्रबहादुर तामाङ र बहादुर सिंह तामाङले हातमा तरबार तथा खुकुरीसमेत लिई हिर्काई लालमान तामाङलाई काटी घाइते बनाई अंगभंग गराएका हुन् भन्‍नेसमेत व्यहोराको मिति २०५७।७।१ गतेको तिमाल सिं वाइबाले गरेको कागज । मिति २०५७।६।२३ गतेका दिन दिउसो लालमान लामाले मलाई एक्‍कासी लाठी मुड्कीले हिर्काएकोले मैले सहन नसकी मेरो आफ्नो घरमा गई तरबार तथा खुकुरीसमेत लिई गुहार लगाउँदै निज लालमान लामालाई शरीरमा तरबारले हिर्काउँदा मेरो दाजु बहादुर सिंह तामाङ पनि आई मेरो हातमा भएको खुकुरी खोसी निज लालमान लामालाई प्रहार गरी घाइते बनाएपछि हामी दुवै दाजुभाइ भागी गएको अवस्थामा पछि मलाई प्रहरीले पक्राउ गरेको हो भन्‍नेसमेत व्यहोराको मिति २०५७।७।३ मा इन