निर्णय नं. ९९१४ - जग्गा खिचोला चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९१४ - जग्गा खिचोला चलन भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०७/०६ ६४७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।७।६ ०६८-CI-०२५७ मुद्दाः- जग्गा खिचोला चलन पुनरावेदक / प्रतिवादी : महोत्तरी जिल्ला, भगहा गा.वि.स.वडा नं.९ बस्ने टैटा बाँतरको छोरा भुल्ला बाँतरसमेत विरूद्ध प्रत्यर्थी / वादी : महोत्तरी जिल्ला, भगहा गा.वि.स. वडा नं.९ बस्ने स्व.रामशङ्कर पाठककी श्रीमती अम्बिकादेवी पाठक कुनै पनि जग्गामा व्यक्तिको हक हो होइन भन्ने कुरालाई हेर्ने मापदण्ड भनेको साबिकको हकको स्रोत, जसमा पहाडतर्फ भए पाखो जग्गामा मुखियामार्फत तिरो बुझाएको, खेत भए जिम्मावालद्वारा तिरो बुझाएको र तराइतर्फ जिमदारद्वारा तिरो बुझाएको देखिनु पर्छ । कुनै पनि जग्गाको साबिकको माटो मुरी, कोदाले, लगत दर्ता पोता, तिरो बुझाएको लगत रहेको देखिनु पर्छ । साबिक मुरी पाथी माना भन्नेलाई ०२१ सालपछि भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम ७ नं. फाँटवारी भरेको, सर्भे भएको ठाउँमा नापीको फिल्डबुकमा आफ्ना हकको स्रोतसमेत देखिने गरी दर्ता गराइएको देखिनुपर्छ । त्यसरी तराइतर्फ मधेस मालसवालबमोजिम र पहाडतर्फ साबिकको कानूनबमोजिम आआफ्नो जग्गाको लगत राखिएको देखिनु पर्ने । आफ्नो हक नै नभएको जग्गा भोग गर्दैमा सो जग्गामा पुनरावेदक प्रतिवादीहरूको हक स्थापित हुनसक्ने अवस्था नआउने । (प्रकरण नं.२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री बालमुकुन्द दवाडी पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर फैसला न्या.हरिकृष्ण कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदन अदालत, जनकपुरको मिति २०६७/०९/१९ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- म फिरादीको हक भोगको ऐलानी गाउँब्लकको सर्भे नापी नभएको जिल्ला महोत्तरी भंगहा गाउँ विकास समिति वडा नं. ९ को बेंचन बाँतरका जग्गादेखि पूर्व, विपक्षी टैटा बाँतरदेखि उत्तर-पूर्व रामपृत बाँतर र म फिरादीको नम्बरी जग्गादेखि दक्षिण, मधुसुदन सिंह राजपुत र साबित्री पुडासैनीको नम्बरी जग्गादेखि पश्‍चिम चन्दर बाँतर र बाटोदेखि उत्तरको करिब ०–२–० मा पहिले वादीको दलान र गोठघर थियो । पछि सो गोठघर उजारी सो जग्गामा तरकारी बाली लगाई आएको थिएँ । उक्त उल्लिखित जग्गामध्ये पश्‍चिम दक्षिणतर्फबाट ०–०–६ जग्गामा विपक्षीले जबरजस्ती घर बनाई लिएकोमा निज विपक्षीउपर २०६३ साल दे. नं. १७१४ को घर उठाई जग्गा चलन चलाई पाउँ भन्‍ने मुद्दा दायर गरी कार्यवाही अवस्थामा छ । सो मुद्दामा २०६४।१।१९ गतेका दिन नापनक्सा भइसकेको छ । नापनक्सा हुँदा मेरो दाबीको ०–२–० जग्गा ०–०–१३ कायम भएको छ । जसको नक्सा नम्बर ६, ७, ८ हो । विपक्षले घर बनाएको भनेको जग्गा न. नं. ७, ८ मा ०–०–५–१० जग्गा कायम भएको छ । दे.नं.१७१५ को मुद्दामा नापनक्सा गर्ने आदेश भइसकेपछि नापनक्सा डोर कर्मचारी जानुअगावै मिति ०६४।१।१० गतेका दिन दिउँसो ३ बजेको समयमा न. नं. ६ को ०–१–८–३ जग्गा विपक्षीले कब्जा गरी खिचोला गर्नु भएकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्‍ने वादीको फिराद पत्र । विपक्ष