निर्णय नं. ९९१५ - डाँक लिलाम बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९१५ - डाँक लिलाम बदर भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०७/०५ ४३४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।७।५ ०७२-CI-१९०५ मुद्दाः डाँक लिलाम बदर पुनरावेदक / वादी : धनुषा जिल्ला, सबैला गा.वि.स. वडा नं.५ मा बस्ने रामेश्वर नायक विरूद्ध प्रत्यर्थी / प्रतिवादी : धनुषा जिल्ला, सबैला गा.वि.स. वडा नं.५ मा बस्ने विशेश्वर नायकसमेत सारवान् कानूनलाई कार्यविधि कानूनले डोर्याउने हो । कार्यविधि कानून र सारवान् कानून दुवैको प्रयोगमा पक्षले आफ्नो सहभागिताबाट चुक्नु हुँदैन । सारवान् कानून र कार्यविधि कानून एकको अभावमा अर्काको अस्तित्व नरहने हुँदा अदालतले कार्यविधि कानूनलाई कम मूल्याङ्कन गरी सारवान् कानूनलाई मात्र हेरी मुद्दाको कारबाही किनारा गर्न नमिल्ने । कार्यविधि प्राविधिक कुरा हो भनी मुद्दामा गुज्रेको तारिखलाई अनदेखा गर्ने हो भने यसले मुद्दाको काम कारबाहीमा गम्भीर असर पर्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो र अधिवक्ता प्रकाशबहादुर के.सी. प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता रामबन्धु शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : ने.का.प. २०६५, अंक ९, नि.नं.८००८ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री रामकृष्ण खनाल पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई फैसला न्या.हरिकृष्ण कार्की : यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई पुनरावेदन अदालत, जनकपुरको मिति २०७१।६।२६ को फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम वादीको दोहोर्याई पाउँ निवेदन परी मिति २०७३।२।९ मा निस्सा भई पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- पुनरावेदन अदालत, जनकपुरको मिति २०५६।६।४ को मिलापत्रबाट म वादीले आफ्नो हक अंशमा प्राप्त गरेको जि.ध. गा.वि.स. सबैला वडा नं. ९ कि.नं. ९२ को ०-४-२ र कि.नं. ३५६ को ०-९-१२ मध्ये दक्षिणबाट ०-५-१० जग्गा मैले आफ्नो नाउँमा दा.खा. नगराउँदै कि.नं. ३५९ को ०-९-१२ मध्ये दक्षिणबाट ०-५-१० विशेश्वर नायकले रामबाबुलाई लेखत गरी दिएको लेखत बदर मुद्दाबाट लेखत दर्ता बदर हुने ठहरी फैसला भई कि.नं. ३५९ कि.का. भई कि.नं. ४६२ को जग्गा रामबाबुका नाममा कायम भएको उक्त कि.नं. ४६२ को ०-५-१० जग्गामध्ये ०-३-० रामबाबुले विपिनकुमार महासेठलाई लेखत पारित गरी दिएकोमा पुनः कि.का. भई कि.नं. ४७९/४८० कायम भई कि.नं. ४७९ को ०-३-० जग्गाबाट पनि विपक्षी उमाशंकरले कि.नं. ४७९ को ०-३-१० मध्ये ०-३-२ लिलाम डाँक गराई लिई कि.नं. ७१९/७२० कायम भएको छ । विपक्षीहरूले मिलेमतो गरी कानूनविपरीत डाँक लिलाम गराएकाले मिति २०५५।४।८ को डाँक लिलाम बदर गरी उमाशंकरले संजय नायकलाई गरी दिएको लेखत र दर्तासमेत बदर गरिपाउँ भनी वादी रामेश्वर नायकले सुरू धनुषा जिल्ला अदालतमा दायर गरेको डाँक लिलाम बदर लिखत बदर दर्ता मुद्दामा प्रतिवादी तारेखमा रही मुद्दाको पुर्पक्ष गरी रहेको देखिएको र वादीलाई यस अदालतबाट तोकिएको मिति २०६७/१२/१७ को तारेख गुजारी ऐनले थाम्ने थमाउने म्यादसमेत व्यतित गरी बसेको तथा वादीको दाबीलाई प्रतिवादीले पूर्णरूपमा अस्वीकार गरेको देखिँदा प्रस्तुत मुद्दा दायर रहन नसकी अ.बं.१८५क नं. बमोजिम डिसमिस हुने ठहर्छ भन्ने सुरू धनुषा जिल्ला अदालतको मिति २