निर्णय नं. ९९१७ - लिखत दाखेल खारेज बदर नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९१७ - लिखत दाखेल खारेज बदर नामसारी भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/११/२४ ४२४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७३।११।२४ ०६७-CI-०३४५ मुद्दा : लिखत दाखेल खारेज बदर नामसारी पुनरावेदक / वादी : स्याङ्जा जिल्ला, पेल्काचौर गा.वि.स.वडा नं.८ बस्ने मैते भन्‍ने टेकबहादुर गुरूङ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रूपन्देही जिल्ला, बुटवल नगरपालिका वडा नं.१० बस्ने कुलबहादुर गुरूङसमेत पैतृक सम्पत्तिमा अंश पाउने हक व्यक्तिको जन्मजात हकका रूपमा हाम्रो कानूनले स्वीकार गरेको छ । त्यसैले जहिलेसुकै र जुनसुकै अवस्थामा पनि अंश पाउने हकबाट अंशियारलाई वञ्‍चित गर्न नमिल्ने । अंशियार कायम भई अंश पाउने ठहरी पुनरावेदन तहबाट समेत फैसला भइसकेपछि पुनरावेदक वादीको अंशभाग लाग्ने सम्पत्तिलाई बेचबिखन हकहस्तान्तरण गरी पुनरावेदक वादीको अंशभागमा जानीजानी प्रत्यक्ष असर पार्ने उद्देश्यले लिएको स्पष्‍ट हुन्छ । त्यसैले यस्तो सम्पत्तिलाई आफ्नो नाममा दर्ता रहेकै आधारमा अंशियारको मन्जुरीबिना बेचबिखन तथा कुनै प्रकारले हकहस्तान्तरण गर्न नपाइने । अंशियारको अंश हक नै मार्ने दूषित मनसाय राखी जानीजानी थाहा हुँदाहुँदै हक हस्तान्तरण गरिएको कार्यलाई दूषित कार्यका रूपमा नै लिइन्छ । त्यस्तो दूषित कार्यबाट कसैको हक अधिकार समाप्‍त हुन पुग्ने भएमा सो दूषित कार्य बदर हुन जाने । (प्रकरण नं.३) अदालतबाट हक निश्‍चित भइसकेको फैसलालाई अस्तित्वहीन गराउने उद्देश्यले जानीजानी गरेको कार्य कदाचित उचित र न्यायोचित मान्‍न सकिँदैन । अंशहक कायम भइसकेका जग्गाहरू फैसला कार्यान्वयनका क्रममा सो प्रक्रियालाई प्रभाव पार्ने र वादीको अदालतबाट स्थापित हकाधिकारलाई वञ्‍चित गराउने उद्देश्य लिई गरेको कार्य दूषित व्यवहार भएको स्पष्‍ट हुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता वेनबहादुर पौडेल र विद्वान्‌ अधिवक्ता नारायणप्रसाद अधिकारी अवलम्बित नजिर : ने.का.प. २०७१, अंक १२, नि.नं.९३१७ ने.का.प. २०६०, नि.नं.७१६६, पृ.५८ ने.का.प. २०५२, अंक १०, नि.नं.६०९६, पृ.९२१ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय अतिरिक्त न्यायाधीश श्री इन्द्रमान कर्माचार्य पुनरावेदन तहमा फैसला गर्नेः- माननीय मुख्य न्यायाधीश श्री तर्कराज भट्ट माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाईँ फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- म विपक्षी पिताजी कुलबहादुरको जेठी श्रीमतीको छोरा हुँ । विपक्षी पिताजी र बेमातृ आमा ओमायाउपर स्याङ्जा जिल्ला अदालतमा अंश मुद्दा दायर गरी मेरो दाबीबमोजिम ५ अंशियार कायम भई फैसला भएकोले अंश भाग छुट्‍याई पाउँ भनी स्याङ्जा जिल्ला अदालतमा मिति २०५७/०१/२१ गते दरखास्त दिई बन्डा छुट्‌याउने प्रक्रिया अघि बढी राखेकोमा २०५७/०८/२२ गते झुक्यानमा पारी मालपोत कार्यालय रूपन्देहीबाट विवाह गरी गइसकेको बेमातृ नातापट्टिकी बहिनी टिका देवीलाई र.नं.४६३३ बाट रूपन्देही जिल्ला, पर्रोहा गा.वि.स. वडा नं.३(ख) मा पर्ने कि.नं.९४, ९५, २७१ र २७४ का पूरै क्षेत्रफल जग्गा रू.५,८०,०००।- मोल बिगो लेखाई हालैको बकसपत्र गरिदिएका रहेछन् । यसरी अंश जस्तो नैसर्गिक हक हिस्स