निर्णय नं. ४३२२ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३२२ - अंश नामसारी भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/२६ २२१६ निर्णय नं. ४३२२ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४५ सालको दे.वि.नं. ४५ फैसला भएको मिति : २०४८।७।२६।३ मा पुनरावेदक/प्रतिवादी : रुपन्देही सिपना गा.पं. वार्ड नं. ८ बस्ने कृष्ण चमार विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने बर्खु चमार मुद्दा : अंश नामसारी (१) ७ नं. फाराम बाहेक अरु फाराम मैले (साविक पेज नं. ३५०) भरी पेश गरेको छु भनी प्रतिवादीले देखाउन नसकेको र अड्डाखानामा ०२२ सालमा नै दर्ता भइरहेको कागजमा कुनै कैफियत गरिएको भए त्यसतर्फ छुट्टै उजूर गर्न सक्नु पर्ने गर्न नसकेको त्यस्तो कागजलाई सद्दे कीर्तेमा सुनाउनु पर्ने कारण केही नदेखिने । (प्रकरण नं. १६) (२) सगोल मै रही कमाएकोमा सबैको श्रम सीपबाट कमाएको मान्नु पर्ने । (प्रकरण नं. १८) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. श्री ५ महाराजाधिराजबाट हुकुम बक्से बमोजिम इन्साफ जाँचको लागि पेश भएको मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ :– २. बालक चमारका २ छोरामा जेठा मेरा बाबु चुल्हाई र कान्छा विपक्षी कृपा चमार हुन । बाजे र बाबु आमा अघि नै परलोक हुनु भयो । हामी वादी प्रतिवादीहरु एकासगोलका अंशियार हो सबै श्रीसम्पत्ति विपक्षीकै नाउँमा छ । मेरो परिवारमा कलह झगडा भएकोले अब मेरो आधी अंश छुटाई दिनु होस् भन्दा हाक जवाफ दिनु भएकोले सम्पूर्ण सम्पत्तिबाट २ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्ने समेत फिराद दावी । ३. झाकारीको छोरा बालक र बालकको एक मात्र छोरा म हुँ । बाबु बाजेको पालाको कुनै अचल सम्पत्ति थिएन मैले आफ्नै कमाइबाट उखडा जग्गा आर्जन गरी मेरा नाउँमा दर्ता भएको छ । बालककै छोरा चुल्हाइ होइन मेरो अंशियारा नहुँदा मैले अंश दिनु पर्ने अवस्थै छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. बाबु बाजे म सानै उमेरका छँदा परलोक भएकोले काका कृपा चमारकै एकाघरसंग बसेको भतिजा नाताको अंशियार हुँदा म वादी र प्रतिवादी कृपा चमारका बीच काका भतिजा नाता कायम गरी अंश दिलाई पाउँ भन्ने समेत बर्खु चमारको बयान । ५. वादीको बाबु चुल्हाई भन्ने व्यक्ति बालकको छोरा होइन भन्ने समेत प्रतिवादीको साक्षी वाठारी यादवको बयान । ६. वादी प्रतिवादीका साक्षीहरुको बकपत्र भई मिसिल सामेल रहेछ । ७. वादीका साक्षीहरुको बकपत्र तथा नाता तर्फ कृपा चमारले ०२२ सालमा भरी भू.सु.मा दाखिल गरेको अनुसूची १ फाराम पनि प्रमाण लगाई पाउँ भनी पेश गरेको सो फाराम हेर्दा जग्गा कमाउनेको नाम थरमा कृपा चमार सो व्यक्तिको एकाघरको परिवारका सदस्यहरुको नाता र नामको प्रकरणमा भाइको छोरा बर्खु भनी उल्लेख भएको देखिन्छ र नागरिकताको प्रमाणपत्रमा समेत चुल्हीको छोरा भन्ने उल्लेख भएको पाइन्छ । यसबाट वादी मेरो अंश कुल मै नभएकोले अंशियारा नाता होइन भन्ने प्रति इन्कारी पुग्न सक्ने देखिएन । तसर्थ वादी प्रतिवादी बीच काका भतिजा नाता कायम भई प्रतिवादीबाट दाखिल भएको तायदात फाँटवारीबाट २ खण्डको १ खण्ड वादीले अंश समेत पाउने ठहर्छ भन्ने समेत शुरु रुपन्देही जिल्ला अदालतको ०४१।३।२२।५ को फैसला । ८. शुरु जिल्ला अदालतको फैसलामा चित्त नबुझेकोले बदर गरी पाउँ भन्ने प्रतिवादीको पुनरावेदनपत्र । ९. यसमा नाता सम्बन्ध विवाद देखिँदा सम्बन्धित गा.पं.को सरजमीन बुझी कार्य सम्पन्न भएपछि (साविक पेज