निर्णय नं. ९९२४ - अख्तियारको दुरूपयोग गरी भ्रष्टाचार गरेको ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९२४ - अख्तियारको दुरूपयोग गरी भ्रष्टाचार गरेको । भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०१/२८ ४४७३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७४।१।२८ मुद्दा : अख्तियारको दुरूपयोग गरी भ्रष्टाचार गरेको । ०७१-NF-०००४ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २७ त्यौडटोल बस्ने राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखा कार्यालयका तत्कालीन प्रबन्धक श्रीकृष्ण श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : धनराज रानाको प्रतिवेदनले नेपाल सरकार प्रतितपत्र कारोबार कागजातकै आधारमा गरिने कारोबार भए पनि सो कारोबार गर्दा वाणिज्य बैंकहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले निर्धारण गरेको नीति, नियम, परिपत्रको पालना गर्नु नपर्ने गरी व्याख्या र विवेचना गर्न न्यायको दृष्टिकोणबाट नमिल्ने । प्रतितपत्रमा उल्लिखित सर्तको पालना नगरेको कारणबाट विदेशी मुद्राको कारोबार गर्दा नेपाल सरकारलाई प्राप्त हुनुपर्ने राजस्वलगायतको रकम प्राप्त नभई नेपाल सरकारलाई हानि नोक्सानी हुन गएमा त्यस्तो कार्यलाई भ्रष्टाचारजन्य कार्य मान्नु पर्ने र त्यस्तो कार्यमा संलग्न राष्ट्रसेवकलगायतका व्यक्तिहरू कानूनको दायराभित्र पर्ने नै देखिने । बैंकका कर्मचारीहरूले एल.सी. अनुसारका सामान आयात भए भएनन् भनी जाँच पड्ताल गर्ने आधारको रूपमा उक्त सामान आयात भएको भनी भन्सार कार्यालयका सम्बन्धित अधिकृतले दस्तखत गरी भन्सार कार्यालयको छाप लागेको वि.वि.नि.फा.नं. ४ लाई नै मान्नु पर्ने हुन्छ । तर उक्त वि.वि.नि.फा.नं. ४ मा लागेको भन्सार अधिकृतको दस्तखत र भन्सार कार्यालयको छापको आधिकारिकता र सत्यताको जाँच गरी उक्त दस्तखत एवं छाप किर्ते वा नक्कली हो होइन भनी यकिन गर्ने दायित्व नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरेको परिपत्रसमेतबाट बैंकमा कार्यरत कर्मचारीमा रहेको देखिँदा बैंकका कर्मचारीले वि.वि.नि.फा.नं. ४ को आधिकारिकता यकिन गर्नु नपर्ने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१०) अख्तियारको दुरूपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०६८।५।२८ मा मु.नं. २०६४-CR-०४३५, २०६४-CR-०४४५, २०६४-CR-०४३०, २०६४-CR-०४५२, २०६४-CR-०४५०, २०६४-CR-०४२४, २०६४-CR-०४४८, २०६४-CR-०४२८, २०६४-CR-०४३३, २०६४-CR-०४४४, २०६४-CR-०४३१, २०६४-CR-०४५३, २०६४-CR-०४५१ र २०६४-CR-०४३६ समेतका मुद्दामा अधिकृतको सहिछापसँग प्रतितपत्र खोल्ने व्यक्तिले पेस गरेको प्रज्ञापनपत्रमा लागेको सहिछाप भिडाउन सक्ने स्थिति नदेखिएको र भन्सार अधिकृतको सहिछाप शंकास्पद देखिएको अवस्थामा थप अनुसन्धान गर्नसक्ने भए तापनि सो अवस्था देखिन नआएकोमा यी प्रतिवादीहरूले मुख्य प्रतिवादीसँग मिली गैरकानूनी लाभ लिने हिसाबले नक्कली कागजात जानीजानी ग्रहण गरेको र पार्टीले बैंकमा प्रतितपत्र खोल्दा धरौटी राखेको २ प्रतिशत रकम फिर्ता दिएको भन्ने तथ्य स्थापित हुन सकेको अवस्था मिसिलबाट नदेखिएको साथै धरौटी रकम फिर्ता दिने सम्बन्धमा प्रतिवादीहरूसँग बैंकमा कार्यरत कर्मचारीहरूले यो यति रकम लिनु खानु गरी बैंकलाई आर्थिक रूपमा हानि नोक्सानी पुर्‍याई आफूहरूलाई गैरकानूनी लाभ पुर्‍याएको भन्ने कुरा प्रमाणित हुनसकेको नदेखिई सामान्य मानवीय त्रुटि वा सुझबुझको प्रयोगको प्रश्नलाई लिएर प्रतिवादीहरूले बद्‌नियतपूर्वक काम गरेको भन्न न्या