निर्णय नं. ९९२६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९२६ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०५/१२ ४३४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७४।५।१२ ०७३-WO-०८६४ विषय : उत्प्रेषण / परमादेश निवेदक : सिद्धबाबा यातायात प्रा.लि. का तर्फबाट अख्तियार प्राप्‍त सञ्‍चालक अध्यक्ष भई आफ्नो हकमा समेत जिल्ला स्याङ्जा पुतली बजार नगरपालिका वडा नं. १२ बस्ने वर्ष ५२ को निर्मल कुमार श्रेष्‍ठ विरूद्ध विपक्षी : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार, काठमाडौंसमेत सिन्डिकेट प्रथाले स्वच्‍छ र प्रतिस्पर्धात्मक खुला अर्थ व्यवस्थालाई निषेधित गर्दछ । विश्‍व भूमण्डलीकरण (Globalization) को युगमा नेपालले समेत आर्थिक उदारीकरणको अर्थतन्त्र अङ्गीकार गरेको सन्दर्भमा उपभोक्तालाई बजार छनौटको अधिकार रहेको हुन्छ । जसअन्तर्गत स्वच्‍छ, गुणस्तरीय र प्रतिस्पर्धात्मक सेवा छनौटको अधिकार उपभोक्तालाई रहन्छ । यातायात सेवाअन्तर्गत पनि नयाँ, भरपर्दो, विश्‍वसनीय तथा गुणस्तरीय यातायातमा सवारी गर्न पाउनु वा पूरानो, जीर्णरूपमा रहेका र वातावरणमा नै असर पुर्‍याउने खालका सवारी साधन त्याग गरी नयाँ सवारी साधनमा यात्रा गर्ने पाउनु नागरिकको आफ्नो अधिकारको नै विषय रहेको हुन्छ । त्यसलाई पूराना, जीर्ण अवस्थामा रहेका गाडीहरू मात्र सञ्चालन गर्ने गरी सिन्डिकेट कार्टेलिङ्ग गर्ने अधिकार कसैलाई पनि नरहने । (प्रकरण नं.६) आजको प्रतिस्पर्धात्मक युगमा नयाँ, गुणस्तरीय र भरपर्दो यातायातका साधन खरिद गरी पेसा व्यवसाय गर्न पाउने नागरिकको नैसर्गिक हक नै रहेको अवस्थामा अन्यथा पुष्‍टि नभएसम्म यो वा त्यो बहानामा नयाँ यातायात दर्ता रोक्न कुनै सरकारी निकायलाई समेत छुट हुन सक्दैन । सर्वसुलभ, स्वच्‍छ र गुणस्तरीय प्रतिस्पर्धाका आधारमा सञ्चालन गर्ने सार्वजनिक यातायात सेवालाई संविधान र कानून प्रदत्त अधिकारलाई कुण्ठित गर्दै बजारलाई एकाधिकार कायम गरी उपभोक्तालाई जबरजस्ती सेवा लिन बाध्य पार्न सक्ने अधिकार कसैलाई नरहने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री चुडामणी पोखरेल र श्री विनोद शर्मा विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री विश्‍वराज कोइराला अवलम्बित नजिर : ने.का.प. २०६८, अङ्क ४, नि.नं.८५९८ सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ आदेश न्या. दीपकराज जोशी : नेपालको संविधानको धारा ४६ एवं १३३(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ : रिट निवेदन निवेदक सिद्धबाबा यातायात सेवा प्रा.लि. कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई अधिराज्य भरी खुल्ला प्रतिष्पर्धाका आधारमा यात्रुबाहक बस, मिनीबस, जीप, भ्यान, माइक्रोबससमेत लामो तथा छोटो दूरीका यातायात सेवा सञ्‍चालन गर्दै आएको छ । निवेदक प्रा.लि. गण्डकी अञ्‍चलका दुर्गम स्थानमा यात्रुहरूलाई भरपर्दो सर्वसुलभ उच्च गुणस्तरीय र आरामदायी थप यातायात सेवा प्रदान गर्न प्रतिगाडी रू. १९,२०,०००।– का दरले ७ सिटका बीस थान मारूती गाडीहरू खरिद गर्न बतास ब्रदर्श प्रा.लि. सम्झौता गरेको र उल्लिखित बीस थान गाडीहरू बतास ब्रदर्श प्रा.लि. पोखरामा तयारी अवस्थामा छन् । प्रकरण १ मा लेखिएका गाडीहरू निवेदक कम्पनीले गरेको सम्झौताबमोजिम तयारी भएकोले लिन आउनुहोस् भनी बतास ब्रदर्श प्रा.लि. ले बारम्बार ताकेता गरेकोले सो गाडीहरू यातायात व्यवस्था कार्यालय गण्डकी अञ्‍चल